शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने

शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने

शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने

काठमाडौँ, साउन १३ – सुनसरी घटनालगायत विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले आह्वान गर्नुभएको सर्वदलीय बैठकमा शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य भएकामा जोड दिइएको छ । बैठकमा सभापति लामिछानेले विषम परिस्थितिमा राजनीतिक आग्रह–पूर्वाग्रहलाई थाती राखेर राष्ट्र हितका खातिर सबै राजनीतिक दल एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो । बैठकपछि सञ्चारकर्मीसँग उहाँले बैठक प्रमुख दलका शीर्ष नेताहरूबाट मार्गदर्शन पाउन तथा देशमा असहज परिस्थिति उत्पन्न भएका बेला राजनीतिक दलहरू जिम्मेवार भएर एक ठाउँमा उभिनुपर्ने र आवश्यकअनुसार सामूहिक रूपमा सरकारलाई ध्यानाकर्षण गराउन आह्वान गरिएको बताउनुभयो । उहाँले राजनीतिक रूपमा लड्ने मैदान आ–आफ्ना भए पनि यस्तो विषयमा आरोप–प्रत्यारोप नगरी…
Read More
गुरु पूर्णिमाका अवसरमा महाबुद्ध महाविहारमा ८५ स्थविरलाई पञ्चदान, दीपंकर तथागत बुद्धको शोभायात्रा

गुरु पूर्णिमाका अवसरमा महाबुद्ध महाविहारमा ८५ स्थविरलाई पञ्चदान, दीपंकर तथागत बुद्धको शोभायात्रा

काठमाडौं, साउन १३ – महाबुद्ध महाविहार शाक्य गुठीको संयोजकत्व तथा महाबौद्ध टोल विकास तथा व्यवस्थापन समितिको आयोजनामा गुरु पूर्णिमाका अवसरमा ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको महाबुद्ध महाविहारमा विशेष पञ्चदान कार्यक्रम तथा दीपंकर तथागत बुद्धको शोभायात्रा गरिएको छ । महाबुद्ध महाविहार शाक्य गुठीद्वारा काठमाडौं उपत्यकाका विभिन्न महाविहार (बहाः–बही) मा रहेका ८५ जना श्रद्धेय शाक्य स्थविर तथा थायपाज्युहरूलाई पञ्चदान ग्रहण गरिएको हो । कार्यक्रममा दीपंकर तथागत बुद्ध तथा जीवित देवता श्री गणेश र श्री भैरवलाई विराजमान गराई शान्ति, स्वस्ति र जनकल्याणको कामनासहित पञ्चदान अर्पण गरिएको हो । बिहान ८ बजे पञ्चदान कार्यक्रम सुरु भएको थियो भने अपराह्न १२ः३० बजे दीपंकर तथागत बुद्धको…
Read More
बिपी कोइराला क्यान्सर अस्पतालमा केमो सेवामा चाप, बिरामी पाँच दिन पर्खिन बाध्य

बिपी कोइराला क्यान्सर अस्पतालमा केमो सेवामा चाप, बिरामी पाँच दिन पर्खिन बाध्य

चितवन, साउन १३– बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा शय्या र जनशक्तिका अभाव भएपछि क्यान्सरका कोषिका मार्ने महत्त्वपूर्ण औषधि केमो लगाउन बिरामीलाई पाँचदिनसम्म पालो पर्खनुपर्ने अवस्था आएको छ । अस्पतालमा दैनिक करिव ३०० बिरामी केमोका लागि सेवा लिन आउने भए पनि करिव २०० लाई मात्र केमो दिन सकिएको छ । एक सय ५० शय्या केमोका लागि छुट्याइएको छ । केही बिरामीलाई केमो दिएपछि छोटो समयमा घर पठाउन सकिने भएकाले त्यही शय्यामा अर्को बिरामीलाई केमो दिने गरिएको छ । अस्पतालका मेडिकल अङ्कोलोजी विभागका प्रमुख डा गुरुशरण साहका अनुसार तोकिएका समयमा नै केमो दिँदा प्रभावकारी हुन्छ । उहाँले भन्नुभयो, “बिरामीको उच्च चापका कारण…
Read More
चितवन प्रशासनद्वारा आज राति ८ बजेदेखि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द

चितवन प्रशासनद्वारा आज राति ८ बजेदेखि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द

चितवन, साउन १२- जिल्ला प्रशासन कार्यालय, चितवनले मुग्लिन–नारायणगढ सडकखण्डमा सुख्खा पहिरोको जोखिम बढेपछि आज राति ८ : ०० बजेदेखि भोलि बिहान ५ :०० बजेसम्म सबै प्रकारका सवारीसाधनको आवागमन बन्द गर्ने निर्णय गरेको छ। प्रशासनले जारी गरेको सूचनाअनुसार मुग्लिन बजार नजिक नारायणगढतर्फ सुख्खा पहिरो खसिरहेकाले रातिको समयमा सवारी सञ्चालन गर्दा मानवीय जोखिम बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको हो। यस अवधिमा नारायणगढ–मुग्लिन सडकखण्डमा चल्ने सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिनेछ। प्रशासनले यात्रु तथा चालकलाई वैकल्पिक योजना बनाएर मात्र यात्रा गर्न र सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ। आवश्यक सूचना तथा समन्वयका लागि नेपाल प्रहरी (१००), सशस्त्र…
Read More
नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा, प्रशासनबाट नै असुरक्षित भएको दाबी

नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा, प्रशासनबाट नै असुरक्षित भएको दाबी

काठमाडौँ, साउन १२– असुरक्षा बढेको भन्दै नारायणी अस्पतालका चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन्। गत शनिबार अस्पतालमा चिकित्सकमाथि भएको आक्रमण तथा त्यसपछिको घटनामा प्रशासनले कारबाही गर्नुको साटो आफूहरूमाथि दुर्व्यवहार गरेपछि असुरक्षित महशुस गरी सामूहिक राजीनामा दिएको चिकित्सक डा. उदयनारायण सिंहले बताए। उनका अनुसार ६७ चिकित्सकले सामूहिकमा मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साहसमक्ष राजीनामा बुझाएका छन्। बाँकी चिकित्सकको हस्ताक्षर संकलन भइरहेको र सबैले राजीनामा दिने तयारीमा रहेको उनले बताए। ‘हामी माथि नै भएको आक्रमणलाई सेटल डाउन गरेर बिरामीको सेवामा फर्कने वातावरण बनोस् भनेर प्रहरी र प्रशासनसँग वार्तामा गएका थियौँ’, उनले भने, ‘तर त्यहाँ हामीलाई झन् दुई-तीन घण्टा थुनेर अपराधीलाई जसरी अपशब्द बोलेर दुर्व्यवहार…
Read More
चितवनका अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा बन्द, बिरामी मर्कामा

चितवनका अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा बन्द, बिरामी मर्कामा

चितवन, साउन १२– चिकित्सकहरुको आन्दोलनका कारण आज चितवनका सरकारी अस्पतालहरुमा आकस्मिक बाहेकका ओपीडीलगायतका सेवा बन्द भएको छ । जिल्लाको भरतपुर अस्पताल, रत्ननगर बकुलहर अस्पताल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललगायतमा ओपीडी सेवा बन्द गरिएको हो । भरतपुर अस्पतालमा विहानैदेखि बिरामीहरु उपचारका लागि टोकन लिएर बसेका थिए । तर पछि मात्रै ओपीडी सेवा बन्द बारेको सूचना टाँस गरिएपछि बिरामी मर्कामा परेका छन् । तनहुँबाट उपचारको लागि आएकी सीता वि.क. ओपीडी सेवा बन्द हुँदा समस्यामा परेको गुनासो गरिन् । ढाँड दुखेर उपचार गर्न आउँदा धेरै समयपछि मात्रै ओपीडी बन्द बारे जानकारी पाएको बताइन् । ‘हिजै जानकारी पाएको भए आज दुःख व्यहोर्न पर्थेन, अस्पताल…
Read More
अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन, साउन १२ – नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध सडक सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका–५ खहरे खोलामा आज बिहान ८ः३० बजे सुक्खा पहिरो खसेको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार पहिरो पन्छाएसँगै अहिले १ः१५ बजेबाट दुईतर्फी सवारी सञ्चालन गरिएको छ । यसअघि ११ः१५ बजे नै सडक एकतर्फी खुलाएर एम्बुलेन्स र मोटरसाइकल पार गराइएको थियो । पहिरो पन्छाउनका नारायणगढबाट लोडर, स्काभेटर र व्याक हु तथा मुग्लिनबाट पनि लोडर प्रयोग गरिएको थियो । त्यो ठाउँमा ४० मिटर माथिबाट ढुङ्गासहित सुक्खा पहिरो खसेको थियो । पहिरो पन्छाएसँगै सडकमा रोकिएका सवारीसाधन गन्तव्यतर्फ अघि…
Read More
पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध, दुई घण्टासम्म यातायात प्रभावित

पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध, दुई घण्टासम्म यातायात प्रभावित

चितवन, साउन १२– नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै पहिरो खस्दा यातायात आवागमन अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–७ स्थित सार्वजनिक शौचालय नजिक आज बिहान पहिरोबाट सडक अवरुद्ध भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार तत्काल पहिरो पन्छाउने काम थालिएको र यो कार्य कम्तीमा दुई घण्टा लाग्ने छ । रासस
Read More
राजस्व विभागले भन्योः असारको बिजुली खपतमा भ्याट लाग्दैन

राजस्व विभागले भन्योः असारको बिजुली खपतमा भ्याट लाग्दैन

काठमाडौँ,साउन ११- आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको विद्युत् सेवामा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धमा देखिएको अन्योल हटाउन सार्वजनिक सूचना जारी गर्दै प्रस्ट पारेको छ । विभागका अनुसार आर्थिक ऐन, २०८३ ले मूल्य अभिवृद्धि कर ऐन, २०५२ संशोधन गरी विद्युत् सेवा प्रदान गर्ने व्यक्तिले अन्तिम उपभोक्तालाई ५ प्रतिशत र अन्य उपभोक्ताको हकमा १३ प्रतिशत भ्याट लाग्ने व्यवस्था गरेको छ । विभागको सूचनामा २०८३ असार ३२ गतेसम्मको विद्युत् खपतको बिल २०८३ साउन १ गते वा त्यसपछि प्राप्त भए पनि साउन १ गतेअघिको खपतमा आर्थिक ऐन, २०८३ को अनुसूची १ समूह २ अन्तर्गत आवश्यक वस्तुका रूपमा विद्युत् शक्ति समावेश…
Read More
नारायणगढ–मुग्लिन सडकखण्डमा खस्ने पहिरो पन्छाउन तीन ठाँउमा विभिन्न उपकरण तयारी अवस्थामा

नारायणगढ–मुग्लिन सडकखण्डमा खस्ने पहिरो पन्छाउन तीन ठाँउमा विभिन्न उपकरण तयारी अवस्थामा

चितवन, साउन ११ – नारायणगढ–मुग्लिन सडकखण्डमा खस्ने पहिरो तत्काल पन्छाउन तीन स्थानमा एक्साभेटर, लोडर र ट्रिपरलगायतका उपकरण व्यवस्थापन गरिएको छ । बर्खामा हिलोसहितको पहिरो खस्न सक्ने भएकाले तत्कालै घटनास्थलमा पुग्ने गरी उपकरण राखिएको डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर अर्जुन घिमिरे जानकारी दिनुभयो । उहाँका अनुसार मुग्लिनमा एउटा लोडर छ भने सेती दोभानमा लोडर, एक्साभेटर, व्याक हु लोडर, ट्रिपर, टेलर र मिनी एक्साभेटर राखिएको छ । हालै मात्र ठेक्का लागेको तुईन खोलामा निर्माण कम्पनीले एक्साभेटर र लोडरको व्यवस्थापन गरेको छ । त्यस क्षेत्रमा पहिरो खस्नासाथ नजिकमा रहेका उपकरण पन्छाउन प्रयोग गरिने छ । तुईन खोलामा रहेका उपकरण भने सामान्य अवस्थामा त्यसै…
Read More