चितवन कारागारका कैदीबन्दीले भोटेकोशी बाढीपीडितका लागि जुटाए राहत

चितवन कारागारका कैदीबन्दीले भोटेकोशी बाढीपीडितका लागि जुटाए राहत

चितवन कारागारका कैदीबन्दीले भोटेकोशी बाढीपीडितका लागि जुटाए राहत

चितवन, भदौ २३ – चितवन कारागारमा रहेका कैदीबन्दीले भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि राहत सामग्री सहयोग गरेका छन् । कैदीबन्दीले आर्थिक सङ्कलनसँगै श्रमदान गरेर प्रभावित परिवारका लागि आवश्यक बन्दोबस्तीका सामग्री जुटाएका हुन् । सोमबार कारागार परिसरमा आयोजित कार्यक्रममा कैदीबन्दीले प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई राहत सामग्री हस्तान्तरण गरेका हुन् । कैदीबन्दीले डसना, ब्लाङ्केट, तन्ना, सिरानी, सिरानीको खोल, गम्छा, नङ्कटर, साबुन, दाँत माझ्ने ब्रस, मन्जन र काइयो गरी १२५ सेट सामग्री उपलब्ध गराएका छन् । राहत सामग्री खरिदका लागि कैदीबन्दीले व्यक्तिगत रूपमा १०० रुपैयाँदेखि २ हजार रुपैयाँसम्म सहयोग गरेका थिए । सङ्कलित रकमबाट ३ लाख ६७ हजार ३६ रुपैयाँ बराबरको सामग्री…
Read More
चितवनका चेपाङ समुदायले घरघरमै मनाए न्वागी

चितवनका चेपाङ समुदायले घरघरमै मनाए न्वागी

नारायणगढ (चितवन), भदौ २३ – चेपाङ समुदायल यसवर्ष छोनाम (न्वागी) घरघरमै मनाएका छन् । भोटेकोशी बाढी पहिरोका कारण देशलाई पीडा परेको भन्दै सो समुदायले आ–आप्mनो घरमा गच्छेअनुसार चाढ मनाए । विगतका वर्षहरुमा भने न्वागी सामूहिक रुपमा एकजुट भएर मनाइन्थ्यो । चेपाङ समुदायले न्गागीलाई आफ्नो प्रमुख सांस्कृतिक तथा धार्मिक पर्व मान्दै आएको छ । हरेक वर्ष भदौ २२ गते विशेष रूपमा मनाइने न्वागी यस वर्ष तडकभडक र औपचारिक कार्यक्रम नगरी परिवार र आफन्तबीच परम्परागत विधिअनुसार मनाइएको नेपाल चेपाङ सङघले जनाएको छ । सङ्घका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले विगतका वर्षमा सामूहिक न्वागी मनाइने गरे पनि यस वर्ष देशको अवस्थालाई ध्यानमा राख्दै औपचाचिरक…
Read More
सरकारलाई जेनजी फ्रन्टको १२ प्रश्न : आन्दोलनका पीडित र उपलब्धिका लाभार्थी किन फरक-फरक ?

सरकारलाई जेनजी फ्रन्टको १२ प्रश्न : आन्दोलनका पीडित र उपलब्धिका लाभार्थी किन फरक-फरक ?

काठमाडौं , भदौ २३- जेनजी आन्दोलनको पहिलो वार्षिकीका अवसरमा नेपाल जेनजी फ्रन्टले सरकार र राजनीतिक नेतृत्वमाथि प्रश्नैप्रश्न उठाउँदै बहसपत्र सार्वजनिक गरेको छ। फ्रन्टले आन्दोलनका क्रममा उठाइएका सुशासन, जवाफदेहिता, पारदर्शिता, संस्थागत सुधार र डिजिटल अधिकारका एजेन्डा एक वर्षपछि कहाँ पुगे भन्ने समीक्षा गर्नुपर्ने बताएको छ। मंगलबार सार्वजनिक बहसपत्रमा जेनजी आन्दोलनका क्रममा भएको १० बुँदे सम्झौताको कार्यान्वयनदेखि आन्दोलनकारीमाथिका मुद्दा, भूमिहीन तथा सुकुम्बासीको समस्या, संसद्को भूमिका, स्वास्थ्य बीमा, भदौ २३ र २४ का घटनाको छानबिन तथा सुरक्षा निकायको सुधारसम्मका विषय उठाइएको छ। फ्रन्टले आन्दोलनका क्रममा पक्राउ परेका तथा मुद्दा खेपिरहेका जेनजी आन्दोलनकारीको अवस्था सम्झौता कार्यान्वयनको प्रमुख प्रश्न भएको जनाएको छ। ‘जेनजी जेलमा, नेताहरू…
Read More
चितवनमा पहिरोको जोखिम घटाउन तुइन खोलाको ढिस्को भत्काइँदै

चितवनमा पहिरोको जोखिम घटाउन तुइन खोलाको ढिस्को भत्काइँदै

चितवन, भदौ २३ – नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा रहेको डाँडाको जोखिमपूर्ण ढिस्का आज पनि भत्काउन सुरु गरिएको छ । सवारीसाधन आंशिक रुपमा रोकेर सोमबारदेखि झार्न सुरु गरिएकोमा आज ‘व्याक ह्याम्बर’को प्रयोग गरेर ढिस्का खसालिँदै छ । डिभिजन सडक कार्यालय चितवनका इन्जिनियर अर्जुन घिमिरेका अनुसार आज बिहानदेखि सडक रोकिएको समयमा गलले झर्न लागेका ढिस्का झार्न थालिएको हो । सोमबार दिनभर गलको सहायताले ढिस्का झारिएको थियो । आजदेखि व्याक ह्याम्बरको सहायताले ढिस्का झारिने छ । छ वटा ती उपकरण परिचालन गरिँदै छ । आवश्यकताअनुसार व्याक ह्याम्बर थप्नका लागि तयारी गर्न निर्माण व्यवसायीलाई भनिएको घिमिरेले बताउनुभयो । प्राविधिक एवं मजदुरहरु पेटीको सहायताले भिरमा…
Read More
लगातार दुई दिन घटेको सुनको मूल्य आज बढेर ३ लाख ५ हजार नाघ्यो

लगातार दुई दिन घटेको सुनको मूल्य आज बढेर ३ लाख ५ हजार नाघ्यो

काठमाडौँ, भदौ २३- यो साता लगातार दुई दिन घटेको सुनको मूल्य आज (मंगलबार) बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन हजार ५ सय रुपैयाँले बढेको हो। योसँगै आजका लागि सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको छ । हिजो (सोमबार) सुन प्रतितोला तीन लाख एक हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य पनि बढेको छ। सोमबार प्रतितोला चार हजार ६ सय ९० रुपैयाँ रहेको चाँदी मंगलबार १०० रुपैयाँले बढेर प्रतितोला चार हजार ७ सय ९० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ।
Read More
चितवनमा डेढ महिनादेखि लाइसेन्स ट्रायल सेवा ठप्प, सर्वोच्चको आदेशपछि नयाँ टेन्डर प्रक्रिया अन्योलमा

चितवनमा डेढ महिनादेखि लाइसेन्स ट्रायल सेवा ठप्प, सर्वोच्चको आदेशपछि नयाँ टेन्डर प्रक्रिया अन्योलमा

चितवन,  भदौ २२ – चितवनमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक परीक्षा सेवा डेढ महिनादेखि ठप्प छ। भरतपुरस्थित यातायात व्यवस्था कार्यालयले भदौ १० गते सूचना जारी गर्दै ‘विशेष कारणवश’ चालक अनुमति पत्रको लिखित, प्रयोगात्मक तथा पुनःप्रयोगात्मक परीक्षा हाललाई स्थगित गरिएको जनाएको छ। तर, कार्यालयले औपचारिक सूचना जारी गर्नुअघि नै करिब डेढ महिनादेखि ट्रायल सेवा अवरुद्ध थियो। सेवा बन्द हुँदा नयाँ लाइसेन्स, वर्ग थप तथा पुनःप्रयोगात्मक परीक्षाका लागि आवेदन दिने सेवाग्राही प्रभावित भएका छन् । भरतपुरका रमेश भट्टले जिल्लामै ट्रायल सेन्टर हुँदाहुँदै सेवा बन्द भएपछि एक महिनादेखि लाइसेन्सका लागि पर्खिरहेको बताए । ‘जिल्लामै ट्रायल सेन्टर भएकाले बाहिर जानु नपर्ला…
Read More
भोटेकोशी बाढी परेर मृत्यु भएका चितवनका काफ्लेको सम्झनामा अक्षयकोष

भोटेकोशी बाढी परेर मृत्यु भएका चितवनका काफ्लेको सम्झनामा अक्षयकोष

चितवन, भदौ २२ – रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएका इन्जिनियर विमल काफ्लेको सम्झनामा अक्षयकोष स्थापना गरिएको छ । आज परेको १३औँ दिनको पुण्यतिथिका अवसरमा काफ्ले परिवारले उहाँ पढेको विद्यालयलाई अक्षयकोषबापत रु दुई लाख ५५ हजार ४२९ हस्तान्तरण गरेको हो । स्वर्गीय काफ्लेका बुबा महोदत्त काफ्ले र उहाँको परिवारले जनजीवन माध्यमिक विद्यालय माडीका प्रधानाध्यापक अमृता केसी र शिक्षक रामप्रसाद भण्डारीलाई सो रकम वराबरको चेक हस्तान्तरण गर्नुभएको हो । कक्षा १० सम्म विद्यालयमा प्रथम हुँदै आएका काफ्लेको सम्झनामा स्थापना गरिएको अक्षयकोषबाट विद्यालय प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कृत गर्ने गरी कोष स्थापना गर्न रकम हस्तान्तरण गरिएको बुबा महोदत्तले…
Read More
रसुवा बाढीका कारण चितवनको पर्यटकीय क्षेत्र सुनसान

रसुवा बाढीका कारण चितवनको पर्यटकीय क्षेत्र सुनसान

चितवन, भदौ २२– चितवनको पर्यटकीय क्षेत्र सौराहामा यतिबेला पर्यटकको आवागमन बढ्दै जाने बेला हो । विगतमा आन्तरिक तथा बाह्य पर्यटकहरु यो समयमा बढ्दै गएको तथ्यांक छ । तर यसपटक भने नगन्य मात्रामा पर्यटक सौराहामा भेटिन्छन् । अहिले होटलको अकुपेन्सी नै ५ प्रतिशत भन्दा कम छ । ‘अहिले हामीकहाँ पर्यटक नै छैन भन्दा फरक पर्दैन, सबैजसो होटलको अकुपेन्सी ५ प्रतिशत भन्दा कम छ’–क्षेत्रीय होटल संघ सौराहाका पूर्व अध्यक्ष सुमन घिमिरेले भने । घिमिरेले संचालन गरिरहेको जंगल सफारी लज होटलमा ३४ वटा कोठा छन् । अहिले केही कोठा बाहेक सबै खाली छन् । भएका बुकिङ पनि रद्द भइरहेका छन् । मुग्लिन–काठमाडौँ सडक…
Read More
कृष्णभिरमा सडक अवरुद्ध भएपछि भरतपुर–काठमाडौं हवाई उडान दोब्बर, दैनिक ११ वटासम्म उडान

कृष्णभिरमा सडक अवरुद्ध भएपछि भरतपुर–काठमाडौं हवाई उडान दोब्बर, दैनिक ११ वटासम्म उडान

चितवन , भदौ २२ – पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भासिएर अवरुद्ध भएपछि भरतपुर–काठमाडौँ हवाई यात्रुको चाप बढेको छ । यात्रुको चाप बढेसँगै भरतपुरबाट हुने उडान दोब्बरभन्दा बढी गरिएको छ ।भरतपुरबाट काठमाडौँका लागि बुद्ध एयरका जहाज सञ्चालन हुँदै आएका छन् । बुद्ध एयर भरतपुर कार्यालयका प्रमुख भक्तबहादुर बस्नेतका अनुसार सामान्य अवस्थामा दैनिक पाँच उडान हुँदै आएकोमा सडक असहज बनेसँगै उडान सङ्ख्या बढाएर दैनिक ९ देखि ११ वटासम्म पुर्‍याइएको छ । भरतपुर–काठमाडौँमा ‘एटिआर ७२’ जहाज सञ्चालन हुन्छ । यसले काठमाडौँबाट आउँदा ६५ देखि ७० र भरतपुरबाट काठमाडौँ जाँदा करिब ५० यात्रु बोक्ने गरेको छ । जहाजको क्षमता ७२ जना भए पनि…
Read More
भोटेकोशी बाढी : एक हजार ३५५ शव फेला, चार हजार ९९३ जना अझै सम्पर्कविहीन

भोटेकोशी बाढी : एक हजार ३५५ शव फेला, चार हजार ९९३ जना अझै सम्पर्कविहीन

काठमाडौँ, भदौ २२ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी ज्यान गुमाएका मध्ये हालसम्म एक हजार ३५५ जनाको शव फेला परेको जनाएको छ । प्राधिकरणका अनुसार फेला परेका शवमध्ये विभिन्न मानव अङ्गसमेत समावेश छन् । हालसम्म ९८ शवको सनाखत गरी आफन्तलाई बुझाइएको प्राधिकरणको तथ्याङ्क छ । प्राधिकरणका प्रवक्ता शान्ती महतले रसुवामा १६९, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, चितवनमा ३६३, नवलपरासी पूर्वमा २२२ र नवलपरासी पश्चिममा २२१ शव फेला परेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बाढीमा परी करिब चार हजार ९९६ जना सम्पर्कविहीन रहेको विवरण छ । रसुवा जिल्ला प्रशासन कार्यालयबाट करिब एक हजार…
Read More