त्रिभूवन विमानस्थलको सेवा र पूर्वाधारप्रति सांसदको आपत्ति, सुरक्षाकर्मीको व्यवहार सुधार्न माग
काठमाडौँ, साउन २१ – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद नीतिमा भण्डारीले त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलको अव्यवस्थित पूर्वाधार, सेवा शुल्क र सुरक्षाकर्मीको व्यवहारप्रति आपत्ति जनाएकी छिन्। विमानस्थलमा नागरिकले भोग्नुपरेका समस्याबारे बोल्दै उनले सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराइन्। बिहीवार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा सांसद भण्डारीले अन्तरराष्ट्रिय विमानस्थलमा आफन्त कुर्न जाने सर्वसाधारणबाट शुल्क लिने परिपाटीको आलोचना गरिन्। विकसित मुलुकहरूमा शुल्क तिरेर सुविधासम्पन्न लाउन्जमा बस्ने विकल्प हुने भए पनि नेपालमा न्यूनतम पूर्वाधारसमेत नभई शुल्क मात्र असुलिएको उनको तर्क छ। विमानस्थलमा कार्यरत निजी क्षेत्रका सुरक्षा गार्डहरूको व्यवहारप्रति पनि उनले प्रश्न उठाइन्। सुरक्षाकर्मीले आम नागरिकसँग गर्ने व्यवहार अत्यन्तै ‘निम्न स्तरको’ र ‘तुच्छ’ भएको भन्दै उनले नागरिकको…