बजारमा ग्यासको अभाव, लाइनमा उपभोक्ता

बजारमा ग्यासको अभाव, लाइनमा उपभोक्ता

बजारमा ग्यासको अभाव, लाइनमा उपभोक्ता

काठमाडौँ, साउन १५– देशका विभिन्न ठाउँमा खाना पकाउने एलपीजी ग्यासको अभाव देखिन थालेको छ । उपभोक्ताहरु ग्यास सप्लायर्सकहाँ लाइन लाग्न थालेका छन् । एक सिलिन्डर ग्याउ पाउन हप्ता दिनसम्म कुर्नपर्ने बाध्यता उपभोक्ताले भोग्नुपरेको छ । निगमले फागुन अन्तिमदेखि आधा सिलिन्डर ग्यास वितरण गरिरहेको थियो । असार अन्तिमदेखि भरी सिलिन्डर वितरण हुँदा उपभोक्ताबाट माग बढी हुन थाल्यो । मुख्यतः यही कारण साउन पहिलो हप्तादेखि बजारमा ग्यास पाउन मुस्किल परेको छ । बजारमा उपभोक्ताले ग्यास नपाइरहँदा नेपाल आयल निगमले भने कुनै अभाव नरहेको दाबी गर्दै आएको छ । बालाजु औद्योगिक क्षेत्रमा रहेको नेपाल ग्यासमा सेवाग्राहीको लाइन लामो देखिन्छ ।
Read More
मधेशी नेतासँग प्रधानमन्त्रीले भने- मलाई संघीयताविरोधी भनेर सपनामा पनि नसोच्नुहोला

मधेशी नेतासँग प्रधानमन्त्रीले भने- मलाई संघीयताविरोधी भनेर सपनामा पनि नसोच्नुहोला

१५ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आफूलाई संघीयताविरोधीको रुपमा नलिन मधेशकेन्द्रित दलका नेताहरूसँग अनुरोध गरेका छन् । सुनसरी घटना लगायतका विषयमा शुक्रबार प्रधानमन्त्री कार्यालयमा छलफल गर्दै उनले संघीयताप्रतिको प्रतिबद्धता गरेका हुन् । मधेसका नेताहरूले प्रदेशहरूलाई बलियो नबनाउँदा, सुरक्षा लगायतका जिम्मेवारी प्रदेशमा नहुँदा यस्ता घटनाहरू नियन्त्रणमा समस्या भएको कुरा उठाएपछि प्रधानमन्त्री शाहले संघीयता र प्रदेशको विषयमा बोलेका थिए । बैठकपछि राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोका अनुसार प्रधानमन्त्रीले आफूले बलगर संघीयता बनाउने भनेको स्मरण गराए । ‘मलाई संघीयताविरोधी सपनामा पनि नसोच्नुहोला । प्रदेश बलियो बनाउने हो । संरचनाहरूमा सुधार गर्ने कुरा मात्र गरेको हो’ प्रधानमन्त्रीको भनाई उद्त गर्दै महतोले भने,’हाम्रो…
Read More
क्यान्सर अस्पतालमा ३५० शैय्या निःशुल्क : जनशक्ति र श्रोत साधनको अभाव

क्यान्सर अस्पतालमा ३५० शैय्या निःशुल्क : जनशक्ति र श्रोत साधनको अभाव

चितवन , साउन १५- बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका ५०० शैय्या मध्ये ३५० निःशुल्क रहेको छ । अस्पतालका कार्यकारी निर्देशक डा उमेश नेपालका अनुसार ती निःशुल्क शैय्यामा बस्ने बिरामीलाई खानाको पनि सुबिधा रहेको छ । उनले भने, “हाम्रो अस्पतालमा साधारण शैय्यामा तीन पटकको खानासहित निःशुल्क सेवा दिइँदै आएको छ । बिरामीलाई बिहान, दिउँसो र बेलुका अस्पतालले खाना खुवाउँदै आएको छ ।” तीन वर्षअघिबाट अस्पतालले शैय्या निःशुल्क गरेको हो । क्याविन, पेइङ् वार्ड, पोष्टप, एचडियु, आइसियु र डे केयरमा आउने बिरामीसँग अस्पतालले न्यून शुल्क लिइरहेको छ । अस्पतालमा भारतीय सीमा क्षेत्र र नेपाल भरबाट बिरामी उपचार गर्न अस्पतालमा आउने गर्दछन् ।…
Read More
चितवनको चौविसकोठीबाट आज बेलुका बृहत सद्भाव र्‍याली निकालिँदै, सहभागि हुन सबैमा अपिल

चितवनको चौविसकोठीबाट आज बेलुका बृहत सद्भाव र्‍याली निकालिँदै, सहभागि हुन सबैमा अपिल

भरतपुर, साउन १५- चितवनमा आज बेलुका साढे ४ बजे बृहत सद्भाव र्‍याली निकालिँदै छ । सुनसरी घटनापछि मधेस प्रदेशका विभिन्न जिल्लाहरुमा प्रदर्शन भइरहेको अवस्थामा चितवनमा धार्मिक सहिष्णुता, शान्ति र राष्ट्रिय एकता कायम गर्न र्‍याली निकाल्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय चितवनको संयोजनमा निकालिने र्‍यालीमा विभिन्न राजनीतिक दल, सामाजिक एवम् धार्मिक संघसंस्था लगायतको सहभागीता रहने बताइएको छ । र्‍यालीमा सहभागी हुन सबैलाई अपिल पनि गरिएको छ । त्यसअघि आजै जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि र सामाजिक एवम् धार्मिक संघसंस्थाका प्रतिनिधिसँग प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले छलफल गर्दै छन् । जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न यी कार्यक्रम गर्न लागिएको हो । विश्व…
Read More
चितवन बन्दको कार्यक्रम फिर्ता लिएको हिन्दु महासंघको घोषणा (विज्ञप्तीसहित)

चितवन बन्दको कार्यक्रम फिर्ता लिएको हिन्दु महासंघको घोषणा (विज्ञप्तीसहित)

भरतपुर,साउन १५- विश्व हिन्दु महासंघ चितवनले आज (शुक्रबार) आह्वान गरेको चितवन बन्दको कार्यक्रम फिर्ता लिएको छ । महासंघले प्रेस विज्ञप्ति जारी गरी चितवन बन्दको कार्यक्रम फिर्ता लिएको जानकारी दिएको हो । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सम्बोधन र गृहमन्त्री र पिडित पक्षबीच भएको सहमतिले सकारात्मक सन्देश दिएकाले सरकारले गरेको सकारात्मक पहललाई स्वागत गर्दै चितवन बन्दको कार्यक्रम फिर्ता लिइएको महासंघको चितवन अध्यक्ष प्रेम गैरेले बताए । स्थानीय प्रशासन, राजनीतिक दल र व्यवसायीक संघसंस्थाले गरेको आग्रह समेतलाई मध्यनजर गरी बन्द फिर्ता लिइएको उनले स्पष्ट पारेका छन् । सुनसरी घटनापछि धार्मिक विवाद यतिबेला मधेस प्रदेशका विभिन्न जिल्लाहरुमा सल्किएको छ ।
Read More
वीरगञ्जमा आज साँझदेखि भोलि बिहानसम्म निषेधाज्ञा जारी

वीरगञ्जमा आज साँझदेखि भोलि बिहानसम्म निषेधाज्ञा जारी

काठमाडौं,साउन १४- जिल्ला प्रशासन कार्यालय वीरगञ्जले सुरक्षा अवस्थालाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिकाका तोकिएका क्षेत्रमा निषेधाज्ञा ९कफ्र्यु० जारी गरेको छ । बिहीबार प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेशअनुसार जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा आज साँझ ५ देखि भोलि शुक्रबार बिहान ६ बजेसम्म बजेसम्मका लागि निषेधाज्ञा लागू रहने हो । प्रशासनका अनुसार वीरगंज महानगरपालिकाको देहायका चार किल्ला भित्र पाँच जना भन्दा बढी मानिसहरु जम्मारभेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३क) बमोजिम निषेधाज्ञाको आदेश जारी गरिएको छ । उक्त आदेशको उद्देश्य शान्ति, सुरक्षा र सार्वजनिक सुव्यवस्था कायम राख्नु रहेको छ । प्रशासनले निषेधाज्ञाको पालना गर्न…
Read More
प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौं, साउन १४- प्रधानमन्त्री बालेन शाहले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । उनले आजै राष्ट्रका नाममा सम्बोधन गर्न लागेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ । सुनसरीमा घटेको घटनापछिको परिस्थितिमा प्रधानमन्त्री शाहले राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन् । अहिले सम्बोधनको तयारी भइरहेको छ ।
Read More
सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिरहामा चर्कियो ,  गोलबजारमा गोली लागेर एकजनाको मृत्यु

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन सिरहामा चर्कियो , गोलबजारमा गोली लागेर एकजनाको मृत्यु

जनकपुर,साउन १४- सिरहाको गोलबजारमा गोली लागेर एकजनाको मृत्यु भएको छ । कर्फ्यू आदेशबीच दुई पक्षबीच झडप बढ्दै जाँदा यहाँको अवस्था तनावग्रस्त बनेको छ । सिरहाका सहायक सीडीओ चेतराज बरालका अनुसार मृत्यु हुने व्यक्ति गणेश यादव रहेको खुलेको छ । अहिले यस क्षेत्रमा सेना परिचालन गरिएको छ ।
Read More
चितवनको राप्तीमा ५ सय ७ परिवारलाई धुवाँरहित चुलो वितरण

चितवनको राप्तीमा ५ सय ७ परिवारलाई धुवाँरहित चुलो वितरण

चितवन, साउन १४- राप्ती नगरपालिकाका ५०७ परिवारलाई धुवाँरहित चुलो वितरण गरिएको छ । राप्ती नगरपालिकासँग सहकार्य गरी सपना भिलेज सोसियल इम्प्याक्टले सङ्ख्यामा धुवाँरहित चुलो वितरण गरेको इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले जानकारी दिनुभयो । नगरपालिकामा ४०५ र समुदायसँगको सहकार्यमा १०२ चुलो वितरण गरिएको उहाँले बताउनुभयो । विगत दुई वर्षदेखि सपना भिलेजले धुवाँरहित चुलो वितरण गर्दै स्वच्छ खाना पकाउने अभ्यासलाई प्रोत्साहन, दाउराको प्रयोगमा कमी तथा कार्बन उत्सर्जन घटाउने अभियान सञ्चालन गर्दै आएको छ । धुवाँरहित चुलोले स्वस्थ परिवार, हराभरा वन, स्वच्छ वातावरण र दिगो भविष्य निर्माणमा योगदान गर्ने अध्यक्ष गिरीले बताउनुभयो । संस्थाले यसअघि इच्छाकामना गाउँपालिका सहित कालिका, रत्ननगर र खैरहनी नगरपालिकामा…
Read More
जनकपुर बजार बन्द, गृहमन्त्रीको राजीनामा माग

जनकपुर बजार बन्द, गृहमन्त्रीको राजीनामा माग

जनकपुर, साउन १४– हिन्दू सम्राट सेनाको आह्वानमा जनकपुरधामको बजार बन्द गरिएको छ । जनकपुरधामका हिन्दू युवाहरूले जनकपुर बजार बन्द गराएका छन् । उनीहरुले प्रत्येक मुख्य चोकमा टायर बालेर प्रदर्शन गरेका छन् भने सुनसरी घटनाको विरोध गर्दै गृहमन्त्रीको राजीनामा पनि माग गरेका छन्। उनीहरुले हिन्दु राष्ट्र कायम गर हिन्दु मार्न पाइँदैन, मुस्लिम आयोग खारेज गर लगायतका नारा लगाउँदै जनकपुर बजार बन्द गराउँदै हिँडेका छन्। जनकपुरधामको सम्पूर्ण बजार अहिले ठप्प बनेको छ । प्रत्येक चोकमा ठूलो संख्यमा प्रहरी प्रशासन तथा सेना परिचालन गराइएको छ । बजार बन्दले सर्वसाधारणको दैनिक जीवनयापन प्रभावित बनेको छ। न्यूज बैंक
Read More