नेपाल नाई ट्रेड युनियन चितवनको अध्यक्षमा रिजन ठाकुर निर्वाचित

नेपाल नाई ट्रेड युनियन चितवनको अध्यक्षमा रिजन ठाकुर निर्वाचित

नेपाल नाई ट्रेड युनियन चितवनको अध्यक्षमा रिजन ठाकुर निर्वाचित

चितवन, भदौ ३०- नेपाल नाई ट्रेड युनियन चितवनको अध्यक्षमा रिजन ठाकुर निर्वाचित भएका छन् । मंगलबार भरतपुरमा भएको जिल्ला अधिवेशनले रिजनको नेतृत्वमा १३ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो । यस्तै उपाध्यक्षमा सन्तोष ठाकुर, सचिवमा मनोज ठाकुर, कोषाध्यक्षमा राम विलास ठाकुर र सहसचिवमा धर्मजित पासवान चयन हुनुभएको छ । यसैगरी सदस्यमा शिचन ठाकुर, बिजुली ठाकुर, असोक ठाकुर, अजय ठाकुर, सतेयम ठाकुर र रामअयोध्य ठाकुर चयन भएको जिल्ला सचिव मनोज ठाकुरले जानाकारी दिए । यस्तै सल्लाहाकारमा सुरेश ठाकुर, मनोज ठाकुर, जितेन्द्र ठाकुर र मुना ठाकुर चयन भएको बताइएको छ । अधिवेशनको उद्घाटन सत्रमा बोल्दै नेपाल नाई ट्रेड युनियनका केन्द्रीय अध्यक्ष गजेन्द्र…
Read More
१५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

१५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

चितवन, भदौ ३०– नेपाली कांग्रेस चितवनले १५औँ महाधिवेशनअन्तर्गत हुने वडा अधिवेशनको तयारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउन जिल्लाका ९८ वटै वडा कार्यसमितिलाई आवश्यक तयारीमा जुट्न आग्रह गरेको छ। जिल्ला सभापति राजेश्वर खनालद्वारा जारी विज्ञप्तिमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय, परिपत्र तथा केन्द्रीय निर्वाचन समितिको निर्देशनअनुसार आगामी असोज ३ र ४ गते वडा कार्यसमितिको अधिवेशन सम्पन्न हुने जानकारी दिइएको छ। जिल्ला कार्यसमितिले वडा अधिवेशन सफल बनाउन प्रत्येक वडा कार्यसमितिका सभापति, पदाधिकारी, सदस्य तथा पार्टीका नेता–कार्यकर्तालाई तत्काल बैठक आयोजना गरी आवश्यक तयारी, समन्वय र संगठनात्मक विषयमा छलफल गर्न आग्रह गरेको छ। विज्ञप्तिमा वडा अधिवेशनलाई नेपाली कांग्रेसको संगठनात्मक जीवनको महत्वपूर्ण आधार तथा लोकतान्त्रिक…
Read More
भरतपुर कार आगलागी घटनाबारे बोल्यो सीजी, भन्छ–अनुसन्धानमा पूर्ण सहयोग गर्नेछौँ

भरतपुर कार आगलागी घटनाबारे बोल्यो सीजी, भन्छ–अनुसन्धानमा पूर्ण सहयोग गर्नेछौँ

भरतपुर, भदाै ३०- भरतपुरमा ‘आयोन वाइ’ विद्युतीय कारमा भएको आगलागीको घटना र यससम्बन्धी विभिन्न माध्यममा आएका प्रतिक्रियाहरूप्रति गम्भीर ध्यानाकर्षण भएको सीजी मोटर्स प्रालिले जनाएको छ। कम्पनीले एक प्रेस विज्ञप्ति जारी गर्दै दुर्घटनामा निधन भएका अमर पराजुलीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ। घटनाबारे नेपाल प्रहरी र सरकारका सम्बन्धित निकायबाट अनुसन्धान भइरहेको तथा गाडीको निर्माता कम्पनीले पनि परीक्षण गरी अनुसन्धान रिपोर्ट सार्वजनिक गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ। विश्वव्यापी प्रोटोकल अनुसार हुने निष्पक्ष, प्राविधिक तथा वैज्ञानिक अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि सीजी मोटर्सले जनाएको छ। तर, आधिकारिक निकायबाट अनुसन्धानको निष्कर्ष नआउँदै केही सामाजिक सञ्जाल…
Read More
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ, भदौ ३० – स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला रु नौ सय र चाँदी रु २० ले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु तीन लाख १०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ६०० कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला रु तीन लाख एक हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार छ सय २० कायम भएको थियो ।
Read More
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा

भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा

चितवन, भदौ ३० – यही भदौ १० गते आएको भोटेकोशी बाढी पछि त्रिशूली नदी किनारमा बसोबास गर्नेहरु चिन्तित देखिएका छन् । उनीहरुलाई कुनै पनि बेला त्रिशूली नदीमा बाढीको वहाब आएर नोक्सान पुर्याउने चिन्ता बढेको छ । इच्छाकामना गाउँपालिका–५ त्रिशूली किनारमा बसोबास गर्दै आएकी सानी गौचन अहिले आफूहरु असुरक्षित रहेको महसुस गर्छिन् । आफ्नो उमेरको ४५ वर्ष यही बिताएकी उनी भोटेकोशी बाढीपछि झस्कन थालेकी छन् । उनले भनिन्, “बाढी देखेका थियौ । यस्तो विनाशकारी देखेका थिएनौँ । त्यो दिन सम्झदा अझै पनि मनमा अत्यास लाग्छ । पानी पर्दासमेत फेरि घर छोड्नुपर्ने हो की भन्ने डरले सताइ रहेको छ । ” मुग्लिन…
Read More
कृष्णभीरकाे नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी

कृष्णभीरकाे नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी

चितवन, भदौ ३० – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएपछि तत्काल थालिएको नयाँ ट्र्याक निर्माण अन्तिम चरणमा पुगेको छ । आइतबार भित्तातर्फको कटिङ तथा सडक सम्याउने काम सम्पन्न गरी केही सवारीसाधन परीक्षणका रूपमा आवतजावत गराइएको थियो । परीक्षण सफल भएपछि नियमित सवारीसाधन सञ्चालनका गर्न तीव्रता दिइएको हो । नयाँ ट्र्याक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीका इञ्जिनियर ईश्वर नेपालले निर्माणको काम अन्तिम चरणमा पुगेको बताए । उनका अनुसार आज ११औँ दिनमा ग्राभेलिङ, स्लोप कटिङ र नाली निर्माणको काम भइरहेको छ । उनले भने, “सम्भवतः असोज १ गतेदेखि पूर्ण रूपमा यातायात सञ्चालन गर्ने गरी काम अगाडि बढाइरहेका छौँ ।”…
Read More
बाढीले भासिएपछि अवरुद्ध कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने

बाढीले भासिएपछि अवरुद्ध कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने

काठमाडौँ, भदौ २७- त्रिशूली बाढीका कारण सडक भासिएपछि अवरुद्ध भएको कृष्णभीर सडकखण्ड तीन दिनभित्र यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । नागढुङ्गा–मुग्लिङ सडक योजना, पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीकाअनुसार भासिएको सडकको भित्तातर्फबाट नयाँ ट्रयाक निर्माणको काम सम्पन्न भइसकेको छ । अहिले नयाँ ट्रयाकलाई ग्रेड डाउन गरी सबग्रेड तयार गर्ने काम भइरहेको छ । अधिकारीले सडक निर्माणका लागि आवश्यक उपकरण तथा निर्माण व्यवसायीको टोली परिचालन गरी काम तिब्र गतिमा अघि बढाइएको जानकारी दिनुभयो । उहाँकाअनुसार कामको आवश्यकताअनुसार दैनिक उपकरणको संख्या घटबढ हुने गरेको छ । केही दिन १२ वटासम्म उपकरण परिचालन गरिएको थियो । शनिवार कटिङको काम लगभग सकिएपछि ग्रेड…
Read More
सिक्स प्याक शरीरसहित समिरको दमदार अवतार, ‘१२ गाउँ २’ को फस्ट लुक सार्वजनिक

सिक्स प्याक शरीरसहित समिरको दमदार अवतार, ‘१२ गाउँ २’ को फस्ट लुक सार्वजनिक

काठमाडौं ,  भदौ २७- नेपाली चलचित्र ‘१२ गाउँ २’ को पहिलो झलक अर्थात् फस्ट लुक सार्वजनिक गरिएको छ । अभिनेता तथा निर्देशक विराज भट्टको निर्देशनमा निर्माण भइरहेको चलचित्रको पहिलो पोस्टर सार्वजनिक भएसँगै चलचित्रप्रति दर्शकको चासो र उत्सुकता थप बढेको छ । सार्वजनिक फस्ट लुकमा अभिनेता समिरलाई सिक्स प्याक शरीरसहितको आकर्षक तथा बोल्ड अवतारमा प्रस्तुत गरिएको छ । उनको शारीरिक बनावट र पोस्टरमा देखाइएको लुकले चलचित्र एक्सनप्रधान रहेको संकेत गरेको छ । समिरको यो नयाँ अवतारलाई लिएर सामाजिक सञ्जालमा समेत चर्चा सुरु भएको छ । चलचित्रको पहिलो पोस्टर निर्देशक विराज भट्टले आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् । पोस्टर सार्वजनिक गर्दै…
Read More
चितवनको कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य

चितवनको कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य

नारायणगढ (चितवन),भदौ २७ – कालिका नगरपालिकाले आफ्नै कार्यालयबाट ‘स्मार्ट कार्ड’ चालक अनुमतिपत्र (लाइसेन्स) वितरण सेवा सुरु गरेको छ । यातायात व्यवस्था कार्यालय भरतपुरसँगको सहकार्यमा नगरपालिकाले सेवाग्राहीलाई आफ्नै भवनबाट सवारी चालक अनुमतिपत्र वितरण गर्ने व्यवस्था मिलाएको नगरप्रमुख विनोद रेग्मीले बताउनुभयो । यातायात व्यवस्था विभागबाट छपाइ भई आएका सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड)नगरपालिकामार्फत नै वितरण गर्न थालिएको हो । उहाँले अब कालिका नगरवासीले स्मार्ट कार्ड लाइसेन्स लिन भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य भएको बताउनुभयो । उहाँले नगरवासीलाई सरकारी सेवा लिन सदरमुकाम भरतपुरसम्म जानुपर्ने अवस्था अन्त्य गरी स्थानीय तहमै सेवा उपलब्ध गराउने नगरपालिकाको लक्ष्य रहेको बताउनुभयो । उहाँले यातायात व्यवस्था कार्यालयसँग भएको सम्झौताअनुसार नगरपालिकाबाट…
Read More
भोटेकोशी बाढीमा १३ हजार ६७६ जनाको उद्धार, ५ हजार १३० अझै बेपत्ता

भोटेकोशी बाढीमा १३ हजार ६७६ जनाको उद्धार, ५ हजार १३० अझै बेपत्ता

काठमाडौं, भदौ २६ – भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा १७औँ दिनसम्म पनि सरकारको खोज तथा उद्धार कार्य जारी रहेको छ । बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत नदी तटीय क्षेत्रका जिल्लामा ठूलो जनधनको क्षति हुनुका साथै घर, भवन, सडक, पुल, जलविद्युत् आयोजना र अन्य महत्वपूर्ण पूर्वाधारमा व्यापक क्षति पुगेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारले खोज, उद्धार तथा राहतका लागि उपलब्ध सबै स्रोतसाधन परिचालन गरिरहेको जानकारी दिए । उनका अनुसार विपद्पछि अन्तर्राष्ट्रिय सहयोग जुटाउन नेपालभित्र र बाहिर उच्च तहबाट समन्वयलाई थप प्रभावकारी बनाइएको छ । प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय…
Read More