भोटेकोशी बाढीपीडितको पीडामा देशको साथ, राहतका लागि सहयोग जुट्दै

भोटेकोशी बाढीपीडितको पीडामा देशको साथ, राहतका लागि सहयोग जुट्दै

भोटेकोशी बाढीपीडितको पीडामा देशको साथ, राहतका लागि सहयोग जुट्दै

बाँके, भदौ २० – भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बाँकेबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २४ लाख ३७ हजार २७४ सहयोग जम्मा भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेबाट प्राप्त विवरणअनुसार विभिन्न २१ वटा सङ्घसंस्था, विद्यालय, व्यावसायिक प्रतिष्ठान तथा व्यक्तिगत रूपमा सो रकम सङ्कलन गरी सहयोग गरिएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले विपद्मा परेका नागरिकको उद्धार तथा राहतका लागि बाँकेबाट विभिन्न क्षेत्रका व्यक्ति तथा सङ्घसंस्थाले सहयोग गरिरहेका बताउनुभयो । रेको जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाबाट सबैभन्दा बढी नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले रु छ लाख एक हजार प्रदान गरेको…
Read More
रसुवा बाढीपछि चितवनमा रेडक्रसको शव व्यवस्थापन र मनोसामाजिक सहायता तीव्र

रसुवा बाढीपछि चितवनमा रेडक्रसको शव व्यवस्थापन र मनोसामाजिक सहायता तीव्र

भरतपुर, भदौ २० – रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीपछि नारायणी नदी हुँदै चितवनसम्म आइपुगेका शवको व्यवस्थापन तथा पीडित परिवारलाई मनोसामाजिक सहायता प्रदान गर्ने कार्यलाई नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले तीव्रता दिएको छ । भाद्र १० गते आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएपछि नारायणी नदीको तटीय क्षेत्रमा समेत त्यसको प्रभाव परेको हो । नदीको जलसतह घट्दै गएसँगै किनार तथा आसपासका क्षेत्रमा थप शव फेला पर्न थालेपछि रेडक्रसले सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा स्वयंसेवक परिचालन गरी शव व्यवस्थापनको काम गरिरहेको जनाएको छ । बाढी आएको दिनदेखि हालसम्म नदी किनार तथा शव होल्डिङ सेन्टरमा…
Read More
बाढीको ११औँ दिनमा चमत्कारः नुवाकोटमा वृद्ध महिला र रसुवामा चिनियाँ नागरिक जीवितै उद्धार

बाढीको ११औँ दिनमा चमत्कारः नुवाकोटमा वृद्ध महिला र रसुवामा चिनियाँ नागरिक जीवितै उद्धार

काठमाडौं, भदौ २० – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा फसेकी नुवाकोटकी ६४ वर्षीया चन्द्रिका श्रेष्ठको ११ दिनपछि सकुशल उद्धार गरिएको छ । बाढी प्रभावित विदुर नगरपालिका–१०, वेत्रावतीस्थित आफ्नै घरको चौथो तलाबाट श्रेष्ठको आज अपराह्न उद्धार गरिएको हो । सशस्त्र प्रहरी बल, १९ नं गुल्मबाट बाढी प्रभावित क्षेत्रमा खटिएको सशस्त्र प्रहरी निरीक्षक सुमन विकको नेतृत्वको टोलीले श्रेष्ठको उद्धार गरेको हो । गुल्मका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक वीरेन्द्र राउतका अनुसार बाढी प्रभावित बस्तीमा घरभित्र रहेका सामग्री हटाउन तथा सहयोग गर्न पुगेको उद्धार टोलीले घरभित्रबाट महिलाको आवाज सुनेपछि तत्काल खोजी गरेको थियो । खोजीका क्रममा चन्द्रिका हिलोमा गाडिएको अवस्थामा फेला…
Read More
सरकारसँग १२.८ अर्ब कर विवाद: कोकाकोलाका दुई कम्पनी नकारात्मक सूचीमा

सरकारसँग १२.८ अर्ब कर विवाद: कोकाकोलाका दुई कम्पनी नकारात्मक सूचीमा

काठमाडौं, भदौ १८ – कोकाकोलालगायत पेयपदार्थ उत्पादक बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल तराई लिमिटेड नकारात्मक सूचीसहित ‘क्रेडिट वाच लिस्ट’ मा परेका छन्। रेटिङ एजेन्सी इक्रा नेपालले दुवै कम्पनीको नकारात्मक असरको सम्भावनासहितको निगरानी यथावत राखेको जनाएको छ। नकारात्मक प्रभावको सम्भावनासहितको निगरानीमा राख्नुको मुख्य कारण, सन् २०१४ मा बोटलर्सको विदेशमा स्वामित्व किनबेच कारोबार (अफसोर ट्रेडिङ) सँग रहेको छ। कम्पनीको स्वामित्वमा परिवर्तनपछि करसम्बन्धी कानुनी उल्झन आएको हो। यसमा कर, जरिवाना र शुल्कसहित कुल १२.८ अर्ब रुपैयाँ बराबरको दायित्व समावेश छ। यसअघिको रेटिङका समयमा रहेको करिब १५.६ अर्ब रुपैयाँबाट घटेको छ। किनकि बोटलर्स नेपाल तराईमा बहुमत स्वामित्व रहेको सहायक कम्पनीको हकमा…
Read More
भदौ २३ मा ‘जेनजी शहीद दिवस’ सार्वजनिक बिदा, भदौ २२ गते राष्ट्रिय शोक घोषणा

भदौ २३ मा ‘जेनजी शहीद दिवस’ सार्वजनिक बिदा, भदौ २२ गते राष्ट्रिय शोक घोषणा

काठमाडौं, भदौ १८ – बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले भदौ २३ गतेलाई ‘जेनजी शहीद दिवस’ का रूपमा मनाउने निर्णय गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले बाढीबाट ज्यान गुमाएकाहरूको सम्मानमा राष्ट्रिय शोक मनाउने निर्णय पनि गरेको छ । रसुवा बाढीबाट ज्यान गुमाएकाहरूको १३ औँ दिनको पुण्यतिथिका दिन राष्ट्रिय शोकको घोषणासहित सोमबार राष्ट्रिय शोक मनाउने र सो दिन देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरिएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु १.एसियाली विकास बैंकबाट भोटेकोशी बाढी प्रभावित जनताको जीवनरक्षा तथा तत्कालीन आपतकालीन उद्धार तथा राहत कार्यका लागि प्राप्त…
Read More
पुरानो मेडिकल कलेजमा स्टाफ नर्स माग, सरकारी अस्पताल सरह तलब

पुरानो मेडिकल कलेजमा स्टाफ नर्स माग, सरकारी अस्पताल सरह तलब

चितवन, भदौ १८– भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस (सीएमएस) शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) ले स्टाफ नर्स पदका लागि कर्मचारी माग गरेको छ। अस्पतालले आवश्यक संख्यामा स्टाफ नर्स नियुक्त गर्न आवेदन आह्वान गरेको हो। अस्पतालले सार्वजनिक गरेको सूचना अनुसार उक्त पदका लागि बीएससी नर्सिङ, बीएन वा पीसीएल नर्सिङ उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै, आवेदक नेपाल नर्सिङ काउन्सिल (एनएनसी) मा दर्ता भएको हुनुपर्ने जनाइएको छ। उम्मेदवारसँग एकदेखि दुई वर्षसम्मको कार्यअनुभव भएमा प्राथमिकता दिइनेछ। यद्यपि, अस्पतालले नयाँ (फ्रेसर) उम्मेदवारलाई समेत आवेदन दिन प्रोत्साहित गरेको छ। सीएमएस शिक्षण अस्पतालले स्टाफ नर्स पदका लागि मासिक ३४ हजार ७३० रुपैयाँ तलब उपलब्ध गराउने जनाएको छ। आवेदन…
Read More
सुनचाँदी व्यवसायी संघ चितवनले ५ लाख ४४ हजार सहयोग गर्ने

सुनचाँदी व्यवसायी संघ चितवनले ५ लाख ४४ हजार सहयोग गर्ने

चितवन, भदौ १८– नेपाल सुनचाँदी व्यवसायी संघ चितवनले बाढीपीडितका लागि ५ लाख ४४ हजार ३ सय ६७ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। संघका अध्यक्ष हेमबहादुर विश्वकर्माको अध्यक्षतामा बसेको २८औँ कार्यसमिति बैठकले विभिन्न माध्यमबाट संकलन भएको उक्त रकम बाढीपीडितलाई हस्तान्तरण गर्ने निर्णय गरेको हो। एकद्वार राहत संकलन अभियानमा प्राप्त सहयोग रकमलाई संघले बैठकको निर्णयअनुसार सम्बन्धित क्षेत्रमा हस्तान्तरण गरिने जनाएको छ। बैठकमा संघका अध्यक्ष विश्वकर्माले राहत संकलन अभियानमा सहयोग पुर्‍याउने सम्पूर्ण संघसंस्था तथा व्यवसायीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो। संघको बैठकमा वरिष्ठ उपाध्यक्ष उत्सव खाती वि.क., उपाध्यक्षहरू मोहन पन्थी र शोभा बराली, महासचिव गोपालबहादुर थापा वि.क., कोषाध्यक्ष रमेशचन्द्र सदाशंकर लगायत पदाधिकारी तथा कार्यसमिति…
Read More
मध्यविन्दु प्रादेशिक अस्पतालमा बेपत्ता व्यक्तिका आफन्तलाई टीपीओ नेपालको मनोसामाजिक सहयोग

मध्यविन्दु प्रादेशिक अस्पतालमा बेपत्ता व्यक्तिका आफन्तलाई टीपीओ नेपालको मनोसामाजिक सहयोग

नवलपुर, भदौ १८- बेपत्ता व्यक्तिको खोजी तथा शव पहिचानका लागि मध्यविन्दु प्रादेशिक अस्पतालमा आउने आफन्त तथा परिवारलाई टीपीओ नेपाल चितवनले मनोसामाजिक सहयोग प्रदान गर्दै आएको छ । टीपीओ नेपालले अस्पतालसँगको सहकार्यमा बेपत्ता व्यक्तिको खोजी तथा शव पहिचानका लागि मध्यविन्दु अस्पताल आउने आफन्त तथा परिवारलाई मनोसामाजिक सहयोग प्रदान गरेको हो । टीपीओ नेपाल चितवनका परियोजना संयोजक सुजन श्रेष्ठका अनुसार यस्तो संवेदनशील अवस्थामा रहेका परिवारजनलाई आवश्यक जानकारीसँगै भावनात्मक तथा मनोसामाजिक सहयोग प्रदान गर्नु महत्वपूर्ण रहेको छ । उनले नवलपुरमा बेपत्ता व्यक्तिको खोजी तथा शव पहिचानको प्रक्रिया अझै जारी रहेकाले आफन्तलाई आवश्यक मनोसामाजिक सहयोग र सहजीकरण प्रदान गर्ने कार्यलाई निरन्तरता दिइने जानकारी दिएका…
Read More
कृष्णभीरमा पहिरो पन्छाउने काम तीव्र, दुवै छेउबाट १८ जना परिचालन

कृष्णभीरमा पहिरो पन्छाउने काम तीव्र, दुवै छेउबाट १८ जना परिचालन

धादिङ, भदौ १८- पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा पहिरो पन्छाउने काम अघि बढाइएको छ । पूर्वाधार विकास मन्त्रालयका अनुसार पहिरोको दुवै छेउबाट १८ जना परिचालन गरी रुख कटानको काम भइरहेको छ । पहिरो पन्छाउन आवश्यक निर्माण उपकरणसमेत दुवै छेउमा तयारी अवस्थामा राखिएको मन्त्रालयले जनाएको छ । रुख कटानको काम सम्पन्न हुनासाथ निर्माण उपकरण परिचालन गरी पहिरो पन्छाउने काम सुरु गरिने मन्त्रालयले जनाएको छ । सडक सञ्चालनलाई प्राथमिकतामा राखेर काम तीव्र गतिमा अघि बढाइएको मन्त्रालयको भनाइ छ । त्रिशूली नदीमा आएको बाढीका कारण कृष्णभीरमा पृथ्वी राजमार्गको ठूलो हिस्सा क्षतिग्रस्त भएपछि सडक अवरुद्ध भएको हो । सडक विभागले तत्काल यातायात सञ्चालनका लागि वैकल्पिक…
Read More
बाढी प्रभावितका लागि भरतपुर आँखा अस्पतालले निःशुल्क सेवा दिने

बाढी प्रभावितका लागि भरतपुर आँखा अस्पतालले निःशुल्क सेवा दिने

चितवन, भदौ १८ – चिकित्सकले बाढीपहिरो पछि आँखामा समस्या हुनसक्ने जनाउँदै सावधानीका लागि अनुरोध गरेका छन् । नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालकी मेडिकल निर्देशक डा पुष्पा गिरी श्रेष्ठ दूषित पानीले आँखा रातो हुने, सुन्निने, पिप जम्ने, चिलाउने, चोटपटक लाग्ने, दृष्टि धमिलो हुनेजस्ता सङ्क्रमणको जोखिम उच्च हुने बताउनुहुन्छ । अहिले भोटेकोशीको बाढीपछि रसुवा, नुवाकोट, धादिङलगायतका बासिन्दा प्रभावित भएको जनाउँदै आँखाको सुरक्षामा ख्याल गर्न उहाँको सुझाव छ । उहाँले भन्नुभयो, “आँखामा कुनै समस्या देखिएमा तुरुन्तै परीक्षण गर्नुपर्छ ।” सकेसम्म आँखालाई दूषित पानी र वातावरणबाट जोगाउनुपर्ने जनाउँदै उहाँले सम्भव नभए तत्काल सफा गरेर समस्या देखिएमा परीक्षण गर्नुपर्ने बताउनुभयो । यसैबीच,…
Read More