तमू सञ्चारकर्मी संघ चितवनमा हीरालालको नेतृत्व

तमू सञ्चारकर्मी संघ चितवनमा हीरालालको नेतृत्व

तमू सञ्चारकर्मी संघ चितवनमा हीरालालको नेतृत्व

चितवन, भदौ २- तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपाल चितवन शाखाको अध्यक्षमा हीरालाल गुरुङ चयन भएका छन्। सोमबार इच्छाकामना गाउँपालिका–२ स्थित घुर्केश सामुदायिक होमस्टेमा सम्पन्न संघको दोस्रो अधिवेशनले गुरुङको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो। नवनिर्वाचित समितिको उपाध्यक्षमा गीता गुरुङ, सचिवमा करिश्मा गुरुङ, सहसचिवमा घना गुरुङ र कोषाध्यक्षमा सूचना गुरुङ चयन भएका छन्। सदस्यमा सुष्मा गुरुङ र शान्ति गुरुङ चयन भएका छन्। तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालका केन्द्रीय अध्यक्ष लाला गुरुङ, पूर्वअध्यक्ष डण्ड गुरुङलगायतको उपस्थितिमा अधिवेशन सम्पन्न भएको हो। अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लाला गुरुङले गुरुङ समुदायको भाषा, संस्कार, संस्कृति, पहिचान तथा समसामयिक विषयलाई सञ्चारमाध्यममार्फत उजागर गर्न सञ्चारकर्मीको…
Read More
चितवनको रत्ननगरमा बिना नक्सापास निर्माण सम्पन्न प्रमाणपत्रमा रोक

चितवनको रत्ननगरमा बिना नक्सापास निर्माण सम्पन्न प्रमाणपत्रमा रोक

नारायणगढ (चितवन), भदौ २– चितवनको रत्ननगर नगरपालिकाले बिना नक्सापास निर्माण गरिएका पुराना संरचनाको अभिलेखीकरण तथा नक्सापास गर्ने प्रक्रिया र स्वीकृत मापदण्डविपरीत निर्माण गरिएका संरचनाको निर्माण सम्पन्न प्रमाणपत्र जारी गर्ने कार्य रोक लगाएको छ । सहरी विकास मन्त्रालय भवन निर्माण व्यवस्था सुदृढीकरण समिति तथा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको परिपत्र तथा निर्णयअनुसार नगरपालिकाले उक्त प्रक्रिया रोकेको हो । नगरपालिकाले आफ्ना १६ वटै वडा कार्यालयलाई परिपत्र गर्दै यससम्बन्धी सूचना नागरिकसम्म पुयाउन निर्देशन दिएको नगरपालिकाको भूमि व्यवस्थापन तथा भवन नियमन शाखाका इन्जिनियर प्रकाशचन्द्र ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका अनुसार अब पुराना नक्सापास नभई निर्माण गरिएका घर, टहरा तथा अन्य…
Read More
नारायणगढ–मुग्लिन सडकको आवधिक मर्मतका लागि बोलपत्र प्रक्रिया अघि बढ्यो

नारायणगढ–मुग्लिन सडकको आवधिक मर्मतका लागि बोलपत्र प्रक्रिया अघि बढ्यो

भरतपुर,भदौ २- नेपालको प्रमुख तथा सर्वाधिक व्यस्त सडकखण्डमध्ये एक नारायणगढ–मुग्लिन सडकको आवधिक मर्मतका लागि बोलपत्र प्रक्रिया अघि बढाइएको छ । मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल (एमसीए–नेपाल)ले सडकखण्डको आवधिक मर्मत कार्यका लागि बोलपत्र आह्वान गरेपछि सम्भावित बोलपत्रदातालाई निर्माणस्थलको स्थलगत भ्रमण गराउनुका साथै प्रस्तावपूर्व छलफलसमेत गरेको हो । एमसीए–नेपालका अनुसार प्रस्तावपूर्वको छलफलमा विभिन्न निर्माण कम्पनीका ३१ जना प्रतिनिधिको सहभागिता थियो । त्यसमध्ये १८ जना प्रतिनिधिले अनलाइनमार्फत तथा १३ जनाले प्रत्यक्ष रूपमा सहभागिता जनाएका थिए । कार्यक्रमका क्रममा सम्भावित बोलपत्रदातालाई निर्माणस्थलको अवस्था, प्रस्तावित मर्मत कार्य, बोलपत्र प्रक्रिया तथा आवश्यकताबारे जानकारी दिइएको थियो । साथै सहभागीले राखेका विभिन्न जिज्ञासा तथा बोलपत्रसम्बन्धी प्रश्नको समेत स्पष्ट पारिएको…
Read More
३५० रुपैयाँको सामान किनेका उपभोक्ताले पाए १० लाखको करदाता पुरस्कार

३५० रुपैयाँको सामान किनेका उपभोक्ताले पाए १० लाखको करदाता पुरस्कार

काठमाडौं, भदौ १- करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार घोषणा भएको छ । आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अर्थसचिव डा. घनश्याम उपाध्यायले पुरस्कार घोषणा गरेका हुन् । १६ देखि ३१ साउनसम्म नियमसम्मत कारोबारमा संलग्न उपभोक्तामध्ये गणेश इलेक्ट्रोनिक्स एन्ड मोबाइल सेन्टरबाट ३ सय ५० रुपैयाँको सामान किनेका उपभोक्ताले १० लाख रुपैयाँको करदाता बम्पर प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन् । विभागका अनुसार सुरुवाती पहिलो महिनामै पुरस्कारमा सहभागी हुने उपभोक्ता संख्यामा उछाल आएको छ । १६ देखि ३१ साउनसम्म अवधिमा मात्रै ३ लाख ५७ हजार १ सय ४९ वटा नगद कारोबारका बिल…
Read More
ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको निधन

ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको निधन

कैलाली , भदौ १– बर्दगोरिया गाउँपालिका–१ मुडा पुल नजिकै ट्रकको ठक्करबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी सल्लाहकार समिति सदस्य सावित्रा सापकोटाको मृत्यु भएको छ । आज बिहान बर्दगोरिया–१ स्थित मुडा पुल नजिकै उनी सवार से १–०१–००१ ख नम्बरको स्कुटरलाई नवलपरासी बर्दघाटका २६ वर्षीय दिनेश गिरीले चलाएको लु १–०१–०१० प ००४५ नम्बरको ट्रकले ठक्कर दिएको थियो । गम्भीर घाइते भएकी नेत्री सापकोटालाई दोदोधरा अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । इलाका प्रहरी कार्यालय बौनियाका प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार ट्रक चालक दिनेश गिरीलाई महेन्द्र राजमार्गअन्तर्गत बर्दगोरिया र लम्कीचुहा नगरपालिकाको सीमाबाट नियन्त्रणमा लिएको जानकारी दिए । नेत्री सापकोटा २०७४…
Read More
चितवनको टाँडीमा दक्षिणकाली इन्भेष्टमेन्टको नयाँ शाखा

चितवनको टाँडीमा दक्षिणकाली इन्भेष्टमेन्टको नयाँ शाखा

चितवन, भदौ १- दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटीज प्रालि (स्टक ब्रोकर नं. ३३) ले चितवनको रत्ननगर-२, टाँडीमा आफ्नो नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखाको एक विशेष समारोहका बीच औपचारिक रूपमा उद्घाटन गरिएको छ । नयाँ शाखाको उद्घाटन रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि शंकर गिरीले गरेका थिए । समारोहमा स्थानीय लगानीकर्ता, उद्यमी, व्यवसायी तथा कम्पनीका विशिष्ट अधिकारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । समुद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि गिरीले दक्षिणकाली इन्भेष्टमेन्टले रत्ननगरमा आफ्नो सेवा विस्तार गरेकोमा खुसी व्यक्त गरे । उनले यस शाखाको स्थापनाले चितवन र आसपासका क्षेत्रका लगानीकर्ताहरूलाई पूँजी बजारमा प्रत्यक्ष, पारदर्शी र सहज…
Read More
चितवनमा स्काउट विद्यार्थीलाई नेतृत्व विकास तालिम

चितवनमा स्काउट विद्यार्थीलाई नेतृत्व विकास तालिम

चितवन, भदौ १- मधेस, बागमती र गण्डकी प्रदेशका ५४ विद्यालयका २३४ जना स्काउट विद्यार्थीलाई नेतृत्व विकाससम्बन्धी तालिम सम्पन्न गरिएको छ । चितवन स्मार्ट स्काउट क्रूको आयोजनामा तीनदिने ‘ट्रुप लिडर ट्रेनिङ क्याम्प’ तथा नेतृत्व विकास तालिम सम्पन्न गरिएको हो । तालिम संयोजक आकाश न्यौपानेका अनुसार विद्यार्थीमा नेतृत्व क्षमता, अनुशासन र जिम्मेवारी बहन गर्ने क्षमताको विकास गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो । तालिममा स्काउट विद्यार्थीलाई नेतृत्व, टोली व्यवस्थापन तथा सामाजिक जिम्मेवारी लगायतका विषयमा प्रशिक्षण दिइएको थियो । पूर्वस्काउट आयुक्त इन्दु सुवेदीले ‘चेन अफ कमान्ड’मा रहेर काम गर्ने स्काउट प्रणालीले विद्यार्थीलाई अनुशासन र जिम्मेवारी बहन गर्न सिकाउने बताउनुभयो । उहाँले असल विद्यार्थी…
Read More
चितवनमा ६ हजार ५०० बढी सुधारिएको धुवाँरहित चुलो वितरण

चितवनमा ६ हजार ५०० बढी सुधारिएको धुवाँरहित चुलो वितरण

चितवन, भदौ १ – सपना भिलेज सोसियल इम्प्याक्टले ग्रामीण समुदायमा हालसम्म ६ हजार ५०० बढी सुधारिएको धुवाँरहित चुलो वितरण गरेको छ । स्वच्छ, सुरक्षित तथा स्वास्थ्यमा मैत्रीपूर्ण खाना पकाउने प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले सुधारिएको धुवाँरहित चुलो वितरण गरिएको हो । पछिल्लो पटक संस्थाले राप्ती नगरपालिका–८ का १५० परिवारलाई सुधारिएको धुवाँरहित चुलो वितरण गरेको हो । संस्थाका अध्यक्ष ध्रुव गिरीका अनुसार वडा कार्यालयबाट थप ५०० चुलो वितरणका लागि सिफारिस प्राप्त भएको छ । समुदायको आवश्यकता पहिचान गरी ती चुलोसमेत क्रमशः वितरण गरिने उहाँले बताउनुभयो । सपना भिलेज सोसियल इम्प्याक्टले विगत दुई वर्षदेखि सुधारिएको चुलो उत्पादन तथा वितरण गर्दै आएको छ…
Read More
श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

काठमाडौँ, भदौ १- नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी मनाइँदैछ । घरको मूलढोकामा विधिपूर्वक नागको फोटो टाँसेर यो पर्व मनाइन्छ । हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी मनाइन्छ । यस वर्ष जेठमा अधिकमास परेका कारण सौरमास अनुसार भदौको पहिलो दिन यो पर्व परेको हो । नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिनुभयो । नाग पूजाको प्रचलन वैदिककालदेखि नै सुरु भएको मानिन्छ । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ…
Read More
आजदेखि सबै म्यानपावर बन्द हुने, भिसा आएका श्रमिकलाई पनि नउडाइने

आजदेखि सबै म्यानपावर बन्द हुने, भिसा आएका श्रमिकलाई पनि नउडाइने

काठमाडौं, भदौ १- नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले आफ्ना विभिन्न मागहरूका सम्बन्धमा सरकारले उदासीनता देखाएको भन्दै आजदेखि देशभरका सम्पूर्ण म्यानपावर बन्द गर्ने घोषणा गरेका छन्। म्यानपावर कार्यालय मात्रै नभएर म्यानपावर मार्फत वैदेशिक रोजगारीमा जाने श्रमिक पठाउने प्रक्रिया समेत पूर्ण रूपमा रोक्ने सङ्घले जनाएको छ। सङ्घले यसअघि नै चरणबद्ध आन्दोलनका कार्यक्रमअन्तर्गत पूर्व–अन्तिम श्रम स्वीकृति, नयाँ विज्ञापन तथा भिसा स्ट्याम्पिङ रोक्का गरिसकेको थियो। जारी श्रम स्वीकृति प्राप्त भइसकेका श्रमिकहरूको उडानका लागि दिइएको समयसीमा समेत समाप्त भएपछि अब आजदेखि पूर्ण रूपमा काम–कारोबार ठप्प गर्ने जनाएको छ। सङ्घका वरिष्ठ उपाध्यक्ष महेश कुमार बस्नेतले बेलुका १२ बजेसम्म सबै म्यानपावरलाई प्रक्रिया पूरा भएकाको उडान गर्ने एक…
Read More