सुरक्षित साकोसको रक्तदान : ८६ युनिट रगत संकलन
कालिका । कालिका नगरपालिका वडा नं ६ खोलेसिमल स्थित सुरक्षित बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा ८६ युनिट रगत संकलन भएको छ । सो सहकारीको १७औं बार्षिक साधारण सभाको अबसरमा आयोजित कार्यक्रममा १७ जना महिला सहित ८६ जनाले रक्तदान गरेको संस्थाका अध्यक्ष लालुप्रसाद दाहालले जानकारी दिए । सो अबसरमा उनले संस्थाले सामाजिक उत्तरदायित्व बहन गरी साधारण सभाको अबसर पारेर रक्तदान कार्यक्रम आयोजना गरेको बताए । वडा नं ६ वडाध्यक्ष टीकाराम रेग्मी प्रमुख अतिथि रहेको सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जुटपानी उपशाखाका सभापति राजन रेग्मी लगायतले रक्तदानको महत्वको बारेमा प्रकास पारेका थिए । कार्यक्रम संयोजक विद्याधर बास्तोलाले सहकारीले…