चितवनको कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य
नारायणगढ (चितवन),भदौ २७ – कालिका नगरपालिकाले आफ्नै कार्यालयबाट ‘स्मार्ट कार्ड’ चालक अनुमतिपत्र (लाइसेन्स) वितरण सेवा सुरु गरेको छ । यातायात व्यवस्था कार्यालय भरतपुरसँगको सहकार्यमा नगरपालिकाले सेवाग्राहीलाई आफ्नै भवनबाट सवारी चालक अनुमतिपत्र वितरण गर्ने व्यवस्था मिलाएको नगरप्रमुख विनोद रेग्मीले बताउनुभयो । यातायात व्यवस्था विभागबाट छपाइ भई आएका सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड)नगरपालिकामार्फत नै वितरण गर्न थालिएको हो । उहाँले अब कालिका नगरवासीले स्मार्ट कार्ड लाइसेन्स लिन भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य भएको बताउनुभयो । उहाँले नगरवासीलाई सरकारी सेवा लिन सदरमुकाम भरतपुरसम्म जानुपर्ने अवस्था अन्त्य गरी स्थानीय तहमै सेवा उपलब्ध गराउने नगरपालिकाको लक्ष्य रहेको बताउनुभयो । उहाँले यातायात व्यवस्था कार्यालयसँग भएको सम्झौताअनुसार नगरपालिकाबाट…