नारायणगढमा आँखा परिक्षण शिबिर सम्पन्न
नारायणगढ १९ भदौं । भरतपुर महानगरपालिका २ मा अवस्थित बालकुमारी कन्या मा. बि. मा अध्ययन गर्ने कक्षा १ देखी १२ सम्म अध्ययनरत बिथ्यार्थीहरुको आँखा परिक्षण गरिएको छ । लायन्स क्लब अफ नारायणगढ बालकुमारी तथा रोटर्याक्ट क्लब अफ भरतपुरको संयुक्त आयोजना तथा भरतपुर आँखा अस्पातलको प्राबिधिक सहयोगमा गरिएको कार्यक्रममा लायन्स क्लब अफ नारायणगढ बालकुमारीका अध्यक्ष शेर बहादुर पौडेलको अध्यक्षता तथा रोटर्याक्ट क्लब अफ भरतपुरका अध्यक्ष सविन पौडेलको सहअध्यक्षता रहेको थियो भने प्रमुख अतिथी भरतपुर महानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष मनोज रानाभाट रहनु भएको थियो । कार्यक्रममा बालकुमारी कन्या मा. बि. का बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष बालगोपाल चुके, भरतपुर आँखा अस्पतालका…