गैँडाकोटमा घरायसी विवादका कारण बुबाले गरे छोराको हत्या
नवलपुर ,जेठ १७- घरासयसी विवादले उग्ररुप लिएपछि नवलपुरको गैंडाकोटमा घरायसी विवादका क्रममा बुबाले आफ्नै छोरामाथि धारिलो हतियार प्रहार गरी हत्या गरेका छन्।गैंडाकोट नगरपालिका वडा नं.१५ चिन्तामणी टोलमा शनिबार राती बुबाले छोरामाथि खुर्पा प्रहार गरी हत्या गरेका हुन्। प्रहरीका अनुसार चिन्तामणी टोल बस्ने ६३ वर्षीय डम्मर गिरी र उनका ४३ वर्षीय छोरा शंकर गिरीबीच शनिबार राती अन्दाजी १० बजेको समयमा घरायसी विषयलाई लिएर विवाद सुरु भएको थियो। विवाद उग्र बन्दै गएपछि बुबा डम्मर गिरीले छोरा शंकरमाथि धारिलो हतियार खुर्पाले टाउकोमा प्रहार गरेका थिए। बुबाको खुर्पा प्रहारबाट शंकरको टाउकोमा गम्भीर चोट लागेको थियो। रगतले लतपतिएर गम्भीर घाइते भएका उनलाई उपचारका लागि चितवनको…