बाढीमा ज्यान गुमाएका परिवारलाई ५० हजार राहत
नेपालगञ्ज (बाँके), भदौ १५ – रसुवा बाढीमा परी ज्यान गुमाएका कोहलपुर नगरपालिकाका नागरिकका परिवारलाई स्थानीय सरकारले तत्काल आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । कोहलपुर नगरपालिकाले मृतकका परिवारलाई काजकिरिया खर्चबापत जनही रु ५० हजार राहत दिने निर्णय गरेको हो । नगर कार्यपालिकाको शनिबारको बैठकले बाढीबाट कारण मृत्यु भएका नगरवासीका परिवारलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको नगरप्रमुख पूर्णप्रसाद आचार्यले जानकारी दिनुभयो । नगरपालिकाका अनुसार हालसम्म कोहलपुरका दुई जनाको बाढीमा परी मृत्यु भएको पुष्टि भएको छ । कोहलपुर नगरपालिका–११ का कबिलाल थारु र सोही वडाका महेश थारुको बाढीका क्रममा मृत्यु भएको हो । कबिलालको शव चितवनमा फेला परेको थियो । उहाँको…