भोटेकोशी बाढीमा १३ हजार ६७६ जनाको उद्धार, ५ हजार १३० अझै बेपत्ता

भोटेकोशी बाढीमा १३ हजार ६७६ जनाको उद्धार, ५ हजार १३० अझै बेपत्ता

भोटेकोशी बाढीमा १३ हजार ६७६ जनाको उद्धार, ५ हजार १३० अझै बेपत्ता

काठमाडौं, भदौ २६ – भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा १७औँ दिनसम्म पनि सरकारको खोज तथा उद्धार कार्य जारी रहेको छ । बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत नदी तटीय क्षेत्रका जिल्लामा ठूलो जनधनको क्षति हुनुका साथै घर, भवन, सडक, पुल, जलविद्युत् आयोजना र अन्य महत्वपूर्ण पूर्वाधारमा व्यापक क्षति पुगेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारले खोज, उद्धार तथा राहतका लागि उपलब्ध सबै स्रोतसाधन परिचालन गरिरहेको जानकारी दिए । उनका अनुसार विपद्पछि अन्तर्राष्ट्रिय सहयोग जुटाउन नेपालभित्र र बाहिर उच्च तहबाट समन्वयलाई थप प्रभावकारी बनाइएको छ । प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय…
Read More
चितवनको शिवनगर युवाले भजन गाएर बाढीपीडितलाई जुटाएको ८० हजार ८० प्रधानमन्त्री कोषमा जम्मा

चितवनको शिवनगर युवाले भजन गाएर बाढीपीडितलाई जुटाएको ८० हजार ८० प्रधानमन्त्री कोषमा जम्मा

चितवन, भदौ २६- भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि सहयोग जुटाउन शिवनगर युवा भजन समूहले भजन–कीर्तनमार्फत संकलन गरेको रकम सरकारको खातामा वितरण गरीएको छ । विपद्मा परेका नागरिकको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले समूहले तीन दिन विभिन्न चोकमा भजन–कीर्तन आयोजना गरी रु ९१ हजार ६ सय ३१ रुपैँया संकलन गरेको थियो । समूहले संकलन गरेको रकमबाट कार्यक्रम सञ्चालनका क्रममा भएको खर्च कटौती गरी बाँकी बैंक खातामार्फत ८० हजार ८० रुपैयाँ प्रधानमनत्री दैवि प्रकोप राहत कोषमा जम्मा गरेको जनाएको छ । विपद्का बेला सहयोगका लागि सरकारी तथा गैरसरकारी संस्था, विभिन्न संघ–संस्था र व्यक्तिहरूले आ–आफ्नो क्षेत्रबाट…
Read More
काठमाडौँमा ग्यासको माग दोब्बरभन्दा बढी, चितवनबाट धमाधम आपूर्ति

काठमाडौँमा ग्यासको माग दोब्बरभन्दा बढी, चितवनबाट धमाधम आपूर्ति

चितवन, भदौ २६ – चितवनका ग्यास व्यवसायीले भरिएका सिलिन्डर धमाधम काठमाडौँ पठाइरहेका छन् । चितवन, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मकवानपुर, बारा, पर्सा र धनुषामा रहेका उद्योगले उद्योगले राजधानीमा एलपी ग्यास पठाउन दैनिक १४ घण्टा बोटलिङको काम गरिरहेका छन् । नेपाल एलपी ग्यास उद्योग सङ्घका सदस्य विमल कालाखेतीले चितवनको बाबा, साइबाबा, नेपाल ग्यास गण्डकी, नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को जानकी र धनुषाको नेपाल ग्यास, नारायणीले दैनिक दुई सिफ्टमा १५ हजार सिलिन्डर बोटलिङ गरिरहेको जानकारी दिनुभयो । उक्त प्लान्टले २४ वटा बोटलिङ उपकरणबाट एक मिनेटमा २४ सिलिन्डर भरिरहेका छन् । धनुषाको नोबेल, बाराको वान (एनएल), जगदम्बा, लियो, अम्बर ग्यास, पर्साको सुप्पर, मनोज, मकवानपुरको साहरा ग्यास र नवलपरासीको…
Read More
सरकारले रोक्यो रासायनिक मल ‘डीएपी’को बिक्री, कार्यविधि नै निलम्बन

सरकारले रोक्यो रासायनिक मल ‘डीएपी’को बिक्री, कार्यविधि नै निलम्बन

काठमाडौं ,भदौ २६- सरकारले अन्तर्राष्ट्रिय आपूर्ति शृंखलामा आएको अवरोधको कारण देखाउँदै तत्कालका लागि रासायनिक मल डीएपी (डाइअमोनियम फस्फेट) को बिक्री वितरण स्थगित गरेको छ । नजिकिँदै गरेको गहुँ बालीका लागि मल अभाव हुन नदिन भन्दै कृषि, वन तथा पर्यावरण मन्त्रालयले यस्तो निर्णय गरेको दाबी गरेको छ । मन्त्रालयको कृषि विकास महाशाखाअन्तर्गतको कृषि सामग्री व्यवस्थापन तथा प्रविधि शाखाले १६ भदाैमा एक पत्र जारी गर्दै कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनलाई डीएपी मलको बिक्री वितरण रोक्न निर्देशन दिएको छ । मन्त्रालयका माटो विज्ञ रजनिश मिश्रद्वारा हस्ताक्षरित पत्रमा इजरायल, अमेरिका र इरानबीचको युद्धका कारण होर्मुज नाका बन्द भएको उल्लेख छ ।…
Read More
देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

नुवाकोट, भदौ २५- यही भदौ १० गते भोटेकोशीमा नदीमा आएको बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल बगायो । बाढीले पुल बगाएसँगै दुई नगरमात्रै नभई नुवाकोट–धादिङ र रसुवागढी जोड्ने ‘लाइफलाइन’ नै टुट्यो । एक्कासी आएको भीषण बाढीले आहात भएका सर्वसाधारण आवतजावत गर्ने पुल नै बगेपछि झनै पीडामा परे । एक ठाउँबाट अर्को ठाउँ आवातजावत गर्ने पुल नै बगेपछि सर्वसाधारणको पीडामा मल्हम लगाउन सरकारले तत्कालै देवीघाटमा एक्रोब्रिज निर्माण गर्ने योजनालाई उच्च प्रथामिकतामा राखेर काम अघि बढायो । सरकारको योजनालाई दिनरात नभनी नेपाली सेनाले पाँच दिनमा नै ५७।९ मिटर लम्बाइको एक्रोब्रिज तयार पारेको छ । बिहीबार बेलुकादेखि सबै…
Read More
भरतपुरमा ईभी कारमा आगलागी हुँदा चालकको ज्यान गयो, सनाखत हुन बाँकी

भरतपुरमा ईभी कारमा आगलागी हुँदा चालकको ज्यान गयो, सनाखत हुन बाँकी

चितवन, भदौ २६ – भरतपुर महानगरपालिका–९ पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा त्यसका चालकको मृत्यु भएको छ । शरीर जलेका कारण मृतकको सनाखत हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार आज बिहान बा.प्र.०१–०३० च ५५७९ नम्बरको इभीमा आगो लागेको हो । दमकलको सहायताले आगो निभाइएको थियो। कार पूर्ण रूपमा जलेको छ ।
Read More
रोटरीले बनाइदिएको पिउने पानी परियोजना बालकुमारी माविलाई हस्तान्तरण

रोटरीले बनाइदिएको पिउने पानी परियोजना बालकुमारी माविलाई हस्तान्तरण

भरतपुर, भदौ २५- नारायणगढ रोटरी क्लब तथा स्पाउज क्लब अफ आरसी नारायणगढले आज एक कार्यक्रम बिच रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२९२, नेपाल–भुटानका डिष्ट्रिक्ट गभर्नर प्रोफेसर डाक्टर ईश्वरीप्रसाद ढकालको प्रमुख आतिथ्यतामा बालकुमारी माध्यमिक विद्यालय, नारायणगढमा संयुक्तरूपमा निर्माण गरेको शुद्ध पिउने पानी परियोजनाको हस्तान्तरण गरिएकोछ । कार्यक्रम क्लबका अध्यक्ष रामप्रसाद गजुरेलको सभापतित्वमा सम्पन्न भएको थियो । विद्यालयमा विद्यार्थी एवम् शिक्षक तथा कर्मचारीहरूलाई शुद्ध खानेपानी व्यवस्थापन गर्न सकेकोमा खुसी व्यक्त गर्दै आगामी दिनहरूमा पनि विद्यालयलाई आवश्यक सहयोगहरू उपलब्ध गराउने अध्यक्ष गजुरेलले बताए । कार्यक्रममा मन्तव्य दिँदै ढकालले डिष्ट्रिक्टको लक्ष्य अनुरुप नारायणगढ रोटरी क्लबले विद्यार्थीहरूको स्वास्थ्यमा विशेष ध्यान पु¥याएकोमा खुसी हुँदै आभार व्यक्त गरे ।…
Read More
चितवनमा चाङ्गान नेभो Q05 आइतबार सार्वजनिक हुँदै

चितवनमा चाङ्गान नेभो Q05 आइतबार सार्वजनिक हुँदै

चितवन, भदौ २५– एमएडब्ल्यू वृद्धि अटोकोर्प प्रा.लि.अन्तर्गत चितवन क्षेत्रका लागि चाङ्गानको आधिकारिक डिलर राजहंस अटोमोबाइल प्रा.लि.ले आगामी साता चितवनमा नयाँ नेभो Q05 सार्वजनिक गर्ने तयारी गरेको छ। चाङ्गानको नयाँ ऊर्जा सवारी साधन पोर्टफोलियोअन्तर्गत रहेको नेभो ले नेपालमा इलेक्ट्रिक एसयूभी अनुभवलाई अझ नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ। नेपालमा चाङ्गानको प्रिमियम, स्टाइलिश तथा प्रविधिमैत्री इलेक्ट्रिक मोबिलिटीको प्रतिनिधित्व गर्दै आएको दीपलसँगै NEVO Q05 ले नेपाली ग्राहकका लागि कम्फर्ट, डिजाइन र टेक्नोलोजीमा ‘A Class Above’ अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ। नयाँ NEVO Q05 ले शहरी यात्राका लागि उपयुक्त बाहिरी आयामसँगै फराकिलो र व्यावहारिक केबिन प्रदान गर्छ। यसको २,७३५ मिमि ह्वीलबेसले यात्रुहरूका लागि…
Read More
सरकारको अनुमान : रसुवा बाढीको क्षति पुनर्निर्माण गर्न ७ खर्ब २३ अर्ब ३१ करोड चाहिने

सरकारको अनुमान : रसुवा बाढीको क्षति पुनर्निर्माण गर्न ७ खर्ब २३ अर्ब ३१ करोड चाहिने

काठमाडौं , भदौ २५- सरकारले यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चातको पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने आकलन गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदनअनुसार विपद्बाट सबैभन्दा धेरै प्रभावित पूर्वाधार क्षेत्र पुनरुत्थानका लागि मात्रै ४ खर्ब ७३ अर्ब ५७ करोड १९ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ। यो कुल विपद् पुनरुत्थान आवश्यकताको ७५ प्रतिशत हिस्सा हो। पूर्वाधार क्षेत्रमध्ये पनि ऊर्जा र सडकमा व्यापक क्षति पुगेको छ। जहाँ ७५९ मेगावाट क्षमताका १३…
Read More
चितवनमा तरकारीको विषादी परीक्षण बढाइँदै

चितवनमा तरकारीको विषादी परीक्षण बढाइँदै

चितवन, भदौ २५- किसानले बजारमा ल्याउने तरकारीमा विषादी बढी हुन थालेपछि परीक्षण बढाइएको छ । यससँगै किसानले विषादी प्रयोग गरेलगत्तै बजारमा बिक्री गर्नेक्रम घटाएको पाइएको हो । यहाँ रहेको विषादी अवशेष द्रुत परीक्षण प्रयोगशालामा वार्षिक रुपमा तरकारी परीक्षण दर बढ्दै गएको छ । तरकारीमा विषादीको प्रयोग बढ्न थालेसँगै परीक्षणलाई तीव्र पारिएको हो । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरमा रहेको महानगर तरकारी तथा फलफूल थोकबजार परिसरमा रहेको सो प्रयोगशालामा गत आर्थिक वर्षमा मात्र एक हजार १७२ वटा नुमनाको परीक्षण गरिएको थियो । सो परिसरमा आएका चितवनसहित जुनसुकै जिल्लाका तरकारीको नमुना लिइ विषादी परीक्षण गर्ने गरिएको कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले जानकारी…
Read More