उपकरण हस्तान्तरण गर्न भरतपुर अस्पतालको आह्वान
नारायणगढ (चितवन), असार २६- भरतपुर अस्पतालले विभिन्न सरकारी तथा निजी संस्थामा प्रयोगमा नरहेका तर मर्मत तथा प्राविधिक व्यवस्थापनपछि सञ्चालन गर्न सकिने स्वास्थ्य उपकरण हस्तान्तरण गर्न आह्वान गरेको छ । विशेषज्ञ तथा विशिष्टीकृत स्वास्थ्य सेवालाई थप प्रभावकारी, गुणस्तरीय र सेवाग्राहीमैत्री बनाउने उद्देश्यले अस्पतालले त्यस्ता उपकरण हस्तान्तरण गर्न आग्रह गरेको हो । अस्पतालका प्रवक्ता सहप्राध्यापक डा रामप्रसाद सापकोटाले अस्पतालको क्षमता अभिवृद्धि तथा डिजिटल रूपान्तरणको कार्य अघि बढाएकाले त्यस्ता उपकरण हस्तान्तरण भए सेवाप्रवाहलाई थप चुस्त तुल्याउन सहयोग पुग्ने बताउनुभयो । अस्पतालले डायलाइसिस मेसिन, भेन्टिलेटर, बिरामी निगरानी (पेसेन्ट मोनिटर), अल्ट्रासोनोग्राफी ९युएसजी० मेसिन, एक्स–रे मेसिन, इईजी मेसिनलगायतका उपकरण हस्तान्तरण गर्न इच्छुक सरकारी तथा निजी संस्था…