सौरहाको बाटिका रिसोर्टको व्यवस्थापन जिम्मा अब ‘प्यारडाइज इन’लाई

सौरहाको बाटिका रिसोर्टको व्यवस्थापन जिम्मा अब ‘प्यारडाइज इन’लाई

सौरहाको बाटिका रिसोर्टको व्यवस्थापन जिम्मा अब ‘प्यारडाइज इन’लाई

चितवन, साउन २५- चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौरहामा लामो समयदेखि सञ्चालित बाटिका रिसोर्टको व्यवस्थापन प्यारडाइज इन प्राइभेट लिमिटेडले सम्हाल्ने भएको छ । आगामी जेठ १ गतेदेखि लागू हुने गरी प्यारडाइज इनले रिसोर्टको व्यवस्थापकीय जिम्मेवारी लिन लागेको हो । वि.सं. २०५५ जेठ १४ (सन् १९९८ मे २८) मा स्थापना भएको बाटिका रिसोर्टले विगत करिब तीन दशकदेखि सौरहाको पर्यटन तथा आतिथ्य क्षेत्रमा योगदान पु¥याउँदै आएको छ । करिब २८ कट्ठा (९,५०१.६४ वर्गमिटर) को फराकिलो क्षेत्रफलमा फैलिएको यो रिसोर्ट पर्यटकीय तथा व्यावसायिक दुवै प्रयोजनका लागि उत्कृष्ट गन्तव्यका रूपमा परिचित छ । रिसोर्टमा ४० वटा सुविधासम्पन्न कोठाहरू छन् । २०० जना क्षमताको सभा हल,…
Read More
चितवन निकुञ्जभित्रको बाटो स्तरोन्नती गर्ने कार्य अघि बढ्यो, सकियो रुख गणना, दशैंअघि नै इआइए प्रतिवेदन बुझाइने

चितवन निकुञ्जभित्रको बाटो स्तरोन्नती गर्ने कार्य अघि बढ्यो, सकियो रुख गणना, दशैंअघि नै इआइए प्रतिवेदन बुझाइने

चितवन, साउन २५- हुलाकी राजमार्ग अन्तर्गत पर्ने चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रको बाटो स्तरोन्नतीका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) गर्ने कार्य अगाडि बढेको छ । इआइएका लागी निकुञ्जभित्र रुखको छपान तथा नम्बरिङ (गणना) कार्य सकिएको छ। बाटोको बिचबाट दायाँबायाँ १५–१५ मिटर क्षेत्रमा पर्ने रुखहरु गणना गरिएको हो । उक्त क्षेत्रमा १९ सय ९६ वटा रुख गणना भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए । ‘अहिले नम्बरिङ मात्रै गर्ने काम भएको हो । इआइए बनेर ती रुखहरु काट्नुपर्ने भएमा मन्त्रीपरिषद्को बैठकले निर्णय गर्नुपर्नेछ’, उनले भने । भरतपुर–माडी जोड्ने यो बाटोका कारण माडीबासीले सास्ती भोग्दै आएका छन् । अब…
Read More
हात्ती र गोही प्रजनन् केन्द्रमा निःशुल्क प्रवेश

हात्ती र गोही प्रजनन् केन्द्रमा निःशुल्क प्रवेश

चितवन, साउन २५- चितवन राष्ट्रिय निकुञ्जको खोरसोरस्थित हात्ती प्रजनन केन्द्र र कसरामा रहेको गोही प्रजनन केन्द्रमा पर्यटकका लागि निःशुल्क प्रवेश सुविधा प्रदान गरिने भएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषले सङ्कलन गर्दै आएको शुल्क साउन ४ गतेदेखि लागू हुनेगरी हटाएपछि आन्तरिक तथा बाह्य पर्यटकका लागि अवलोकन शुल्क हटाइएको हो। यहाँ अवलोकनमा आउने विदेशीलाई रु १००, स्वदेशी पर्यटकलाई रु ५० र विद्यार्थीका लागि रु ३० प्रवेश शुल्क तोकिएको थियो। सौराहा आउने पर्यटक प्रजनन केन्द्र अवलोकन गर्न रुचाउने गर्दछन्। सौराहाको हात्ती प्रजनन केन्द्रबाट रु करिब रु ७० लाख र गोही प्रजनन केन्द्रबाट करिव रु ४० लाख प्रवेश शुल्क असुली हुने गरेको थियो। निकुञ्जका…
Read More
भरतपुरमा डेरी मार्टको चौँथो शाखा सञ्चालनमा, उपभोक्तालाई गुणस्तरीय दुग्धजन्य पदार्थ उपलब्ध गराइने

भरतपुरमा डेरी मार्टको चौँथो शाखा सञ्चालनमा, उपभोक्तालाई गुणस्तरीय दुग्धजन्य पदार्थ उपलब्ध गराइने

भरतपुर, साउन २५- चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले सञ्चालन गरेको डेरी मार्टको चौँथो शाखा भरतपुर–१२ टाउन चोकमा सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। स्थानीय उपभोक्तालाई शुद्ध, ताजा र गुणस्तरीय दुग्धजन्य पदार्थ सहज रूपमा उपलब्ध गराउने उद्देश्यले सहकारीले मार्टको विस्तार गरेको हो। उद्घाटन कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिका वडा नं. १२ का अध्यक्ष लेखराज पन्त (हरि)ले किसानहरूले उत्पादन गरेका दूध तथा दुग्धजन्य पदार्थको बजारीकरणमा डेरी मार्टले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । ‘हाम्रा स्थानीय किसानहरूले उत्पादन गरेका दूध तथा शुद्ध दुग्धजन्य उत्पादनहरूलाई सीधै उपभोक्तामाझ पु¥याउने यो प्रयास अत्यन्तै सराहनीय छ’, वडा अध्यक्ष पन्तले भने, ‘यसले किसानलाई उचित मूल्य दिलाउनुका साथै…
Read More
नेपाल सि.एम.ए. संघ चितवनको अध्यक्षमा पाण्डे चयन

नेपाल सि.एम.ए. संघ चितवनको अध्यक्षमा पाण्डे चयन

चितवन, साउन २५– नेपाल सि.एम.ए. संघ जिल्ला कार्यसमिति चितवनको अध्यक्षमा दिनेश पाण्डे चयन भएका छन् । भरतपुरमा सम्पन्न पाँचौँ जिल्ला अधिवेशनबाट पाण्डेको अध्यक्षतामा ११ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा गोविन्दप्रसाद नेपाल र सचिवमा नवराज कँडेल चयन हुनुभएको छ। साथै अधिवेशनबाट चार जना केन्द्रीय प्रतिनिधिसमेत चयन भएका छन्। नवनिर्वाचित जिल्ला अध्यक्ष पाण्डेले चितवनका सम्पूर्ण पारामेडिक्स स्वास्थ्यकर्मीलाई एकताबद्ध गर्दै पेशागत हक, हित र अधिकारको रक्षाका लागि संगठनलाई थप मजबुत र प्रभावकारी बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। जिल्ला अध्यक्ष रामजी घिमिरेको अध्यक्षतामा सम्पन्न अधिवेशनमा संघका केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेश संयोजक कपिल खनाल प्रमुख अतिथि रहनु भएको…
Read More
डुबान–कटानको जोखिममा सुस्ता, स्थानीय जुटे अस्थायी बाँध बनाउन

डुबान–कटानको जोखिममा सुस्ता, स्थानीय जुटे अस्थायी बाँध बनाउन

पश्चिम नवलपरासी , साउन २५- पश्चिम नवलपरासीको सुस्ता भूमि जोगाउन स्थानीय र सुरक्षाकर्मी सामूहिक रुपमा जनश्रमदान मार्फत अस्थायी तटबन्ध निर्माणमा जुटेका छन्।नारायणी नदीमा पानीको बहाव बढ्दै गाउँ बस्तीमा डुबान र कटानको जोखिम बढेपछि बस्तीमा पस्न नदिन स्थानीय बोरामा बालुवा तथा माटो भरेर नदी किनारमा राख्दै अस्थायी बाँध निर्माण गरिरहेका हुन्। सुस्ता गाउँपालिका-५ को सुस्ता थारुटोलदेखि सीमास्थलका रूपमा चिनिने सिमलको रुख आसपासको क्षेत्रमा बुधबारदेखि स्थानीयवासी र सेना प्रहरी र ससस्त्र प्रहरीको सामूहिक रूपमा तटबन्ध निर्माणमा खटिएका छन्।बोरामा बालुवा भरेर नाइलनको डोरीले बाँध्दै नदीको बहाव नियन्त्रण गर्ने प्रयास भइरहेको छ। ढुवानको जोखिम न्यूनीकरण गर्न स्थानीय समुदाय नै अग्रसर भएर अस्थायी संरक्षणको काम…
Read More
घरभित्र लुकाइ राखेको पेस्तोलसहित १९ वर्षीय युवक पक्राउ

घरभित्र लुकाइ राखेको पेस्तोलसहित १९ वर्षीय युवक पक्राउ

सर्लाही, साउन २५- मकवानपुरको बागमती गाउँपालिका–९ बेतिनी अगौटेबाट प्रहरीले एक थान पेस्तोल र त्यसको म्यागजिन बरामद गरेको छ। घरमा पेस्तोल लुकाएर राखिएको विशेष सूचनाका आधारमा सोमबार प्रहरीले चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा बेतिनी अगौटे बस्ने १९ वर्षीय टेकबहादुर सिङतानको घरबाट पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ। बालुवा–सिमेन्टले बनेको जस्ताले छाएको दुईतले घरको माथिल्लो तलाको चोटामा रहेको जेब्रा झोलाभित्र रातो टी–सर्टले बेरेर रातो प्लास्टिकमा लुकाइराखेको अवस्थामा पेस्तोल फेला परेको हो। प्रहरीका अनुसार ‘न. ०१७११०’ लेखिएको एक थान पेस्तोल र त्यसको एक थान म्यागजिन बरामद गरिएको छ। पेस्तोल बरामद भएपछि १९ वर्षीय सिङतानलाई पक्राउ गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको…
Read More
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग साउनभित्रै सर्वसाधारणका लागि खुलाइने

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग साउनभित्रै सर्वसाधारणका लागि खुलाइने

काठमाडौं, साउन २५- सडक विभागले नागढुंगा सुरुङमार्ग साउन महिनाभित्रै सर्वसाधारणका लागि खुला गर्ने जनाएको छ । हाल सुरुङमार्ग आकस्मिक तथा आपत्कालीन सवारीसाधनका लागि मात्र सञ्चालनमा रहेको विभागले जनाएको छ । सडक विभागका प्रवक्ता तथा उपमहानिर्देशक ई।शुभराज न्यौपानेका अनुसार सुरुङमार्ग सर्वसाधारण तथा सार्वजनिक यातायातका लागि खुला गर्नुअघि अन्तिम सुरक्षा परीक्षण भइरहेको छ । नेपाल न्यूज बैंकसँग कुरा गर्दै उनले भने, ‘अहिले सुरुङमार्ग आकस्मिक सवारीसाधनका लागि मात्र सञ्चालनमा छ । अब सबैका लागि खुला गर्नुअघि अन्तिम सुरक्षा परीक्षण हुँदैछ,’ न्यौपानेले भने । उनका अनुसार सुरुङभित्र कुनै आपतकालीन अवस्था सिर्जना भएमा यात्रुको उद्धार कसरी गर्ने भन्ने विषयमा सुरक्षा परीक्षण गरिनेछ । विशेषगरी बसमा…
Read More
चितवनमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवनमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन,साउन २५- महोत्तरीबाट काठमाडौँतर्फ गइरहेको बसले खैहरनी नगरपालिका–१ शाहीचोकमा आज बिहान पैदलयात्रीलाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार परिचय नखुलेका अन्दाजी ३५ वर्षीय एक युवकको मृत्यु भएको हो । दुर्घटनामा संलग्न बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
Read More
वन्यजन्तुले आक्रमण गर्ने जोखिम बढेपछि माडी जाने सडकको झाडी सफाइ गरिँदै

वन्यजन्तुले आक्रमण गर्ने जोखिम बढेपछि माडी जाने सडकको झाडी सफाइ गरिँदै

नारायणगढ (चितवन), साउन २४- चितवनको भरतपुर महानगरबाट चितवन राष्ट्रिय निकुञ्ज हुँदै माडी जाने सडकको छेउछाउमा बढेको झाडी सफाइ गर्न थालिएको छ । बर्खाको समयमा सडकको दायाँबायाँ झाडी बढ्दै जाँदा वन्यजन्तु लुकेर बस्ने र सवारीसाधन तथा यात्रुमाथि आक्रमण गर्नसक्ने, दुर्घटनाको जोखिम बढ्ने भएकाले सडक छेउको झाडी फँडानी गर्न थालिएको हो । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार निकुञ्ज, स्थानीय तह र सडक डिभिजन कार्यालयबीचको समन्वयमा सडक डिभिजनले आजदेखि झाडी सफाइको काम सुरु गरेको हो । निकुञ्जको कसरा चोकबाट रिउखोलासम्मको सडक क्षेत्रमा झाडी सफाइ गरिने उहाँले जानकारी दिनुभयो । “सडक छेउछाउमा वन्यजन्तु लुकेर बस्न सक्ने भएकाले यात्रुको सुरक्षालाई ध्यानमा राखेर…
Read More