Latest News

बेलायतको केम्ब्रिजशायरमा रेलभित्र चक्कु आक्रमण: नौ जना गम्भीर

1762050833_britis-train-1200x560-1

बेलायतको केम्ब्रिजशायरमा एउटा रेलभित्र भएको चक्कु आक्रमणमा नौ जना गम्भीर रूपमा घाइते भएका छन्। यो जानकारी ब्रिटिश ट्रान्सपोर्ट प्रहरीले दिएको हो।

प्रहरीका अनुसार डनकास्टरबाट किङ्स क्रस जाँदै गरेको रेलभित्र आक्रमण भएको थियो। घटनापछि १० जनालाई अस्पताल भर्ना गरिएको छ, जसमा नौ जनाको अवस्था गम्भीर छ।

प्रहरीले यसलाई ‘ठूलो घटना’को रूपमा लिएको छ र आतंकवाद विरोधी अधिकारीहरू पनि अनुसन्धानमा संलग्न भएका छन्। ब्रिटिश ट्रान्सपोर्ट प्रहरीका प्रमुख सुपरिन्टेन्डेन्ट क्रिस केसीले यस आक्रमणलाई ‘एक स्तब्ध पार्ने घटना’ भनेका छन्।

उनका अनुसार अहिले घटनाको कारणबारे केही भन्नु जल्दबाजी हुनेछ। केसीले थप जानकारी दिँदै भनेका छन् कि हाल सो क्षेत्रमा रेल सेवा बन्द गरिएको छ र सडकहरू पनि अर्को सूचनासम्मका लागि बन्द रहनेछन्। एजेन्सी