Latest News

मनाङमा पदयात्रा गर्न एक साता रोक

हिमपातमा पदयात्री 
मनाङ, ११ कात्तिकः मनाङको माथिल्लो भेगमा भारी हिमपात हुँदा मनाङ ङिस्याङ गाउँपालिका–९ स्थित तिलिचो बेसक्याम्पबाट फर्कदैँ गरेका पदयात्री । यहाँ हिमपातले पदयात्रामा निस्केका पदयात्रीको जनजीवन प्रभावित भएको छ । तस्बिरः नवीन  लामिछाने÷रासस

अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङको पदयात्रामा एक साताका लागि रोक लगाइएको छ । हिमपात रोकिए पनि हिमपहिरो आउन सक्ने जोखिम रहेकाले एक सातासम्म पदयात्रामा नजान जिल्ला प्रशासनले आह्वान गरेको हो ।

हिउँले भरिएको सडक खुलाइएपछि अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रामा गएका पर्यटकहरु फर्किन सहज भएको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिए।

करिब एक हजार ५०० आन्तरिक तथा बाह्य पर्यटकको मङ्गलबार उद्धार गरिएको थियो ।