यी भूभागमा वर्षा र हिमपातको सम्भावना, सतर्क रहन अनुरोध

Pathivara_Pathibhara-Himpat11

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रहेको छ । गण्डकी र बागमती प्रदेशका केही भूभागमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली रही तराई भूभागमा आंशिक बदली रहने छ ।
यस्तै, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको छ । गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा भारी वर्षासहित हिमपातको पनि सम्भावना रहेको छ ।

सैगरी, आज राति बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली रही तराई भूभागमा आंशिक बदली रहने छ । गण्डकी प्रदेशका केही स्थान, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा भारी वर्षासहित हिमपातको सम्भावना रहेको छ । गण्डकी प्रदेशका केही भूभागमा भारी वर्षासहित उच्च भेगमा हिमपातको सम्भावना रहेका दैनिक जनजीवन, पर्वतारोहण लगायत कृषि तथा पर्यटन क्षेत्रमा समेत असर पर्ने सम्भावना हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

आज सूर्योदय बिहान ६ बजेर १२ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर २३ मिनेटमा हुनेछ ।

ताजा समाचारहरुः

यी भूभागमा वर्षा र हिमपातको सम्भावना, सतर्क रहन अनुरोध

देवघाटमा निर्माण गरिएको शवदाह गृह सार्वजनिक–निजी साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी

यी भूभागमा वर्षा र हिमपातको सम्भावना, सतर्क रहन अनुरोध

विश्व बाघ दिवसको अवसरमा सौराहामा संरक्षणसम्बन्धी अन्तरक्रिया तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

यी भूभागमा वर्षा र हिमपातको सम्भावना, सतर्क रहन अनुरोध

शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने

यी भूभागमा वर्षा र हिमपातको सम्भावना, सतर्क रहन अनुरोध

गुरु पूर्णिमाका अवसरमा महाबुद्ध महाविहारमा ८५ स्थविरलाई पञ्चदान, दीपंकर तथागत बुद्धको शोभायात्रा

यी भूभागमा वर्षा र हिमपातको सम्भावना, सतर्क रहन अनुरोध

बिपी कोइराला क्यान्सर अस्पतालमा केमो सेवामा चाप, बिरामी पाँच दिन पर्खिन बाध्य

यी भूभागमा वर्षा र हिमपातको सम्भावना, सतर्क रहन अनुरोध

चितवन प्रशासनद्वारा आज राति ८ बजेदेखि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द

यी भूभागमा वर्षा र हिमपातको सम्भावना, सतर्क रहन अनुरोध

नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा, प्रशासनबाट नै असुरक्षित भएको दाबी