Latest News

भरतपुर विमानस्थल नजिक स्कुटर दुर्घटना, दुई युवाको मृत्यु

News

चितवनको भरतपुर विमानस्थल नजिक आज बिहान भएको सवारी दुर्घटनामा दुई युवाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, राति करिब २ बजे भरतपुर–१० स्थित विमानस्थल नजिक बा.प्र.०६–००३ प ०६९२ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटनाग्रस्त हुँदा दुई जनाको ज्यान गएको हो।

दुर्घटनामा परेका स्कुटर चालक २५ वर्षीय सन्दीप घिमिरे र पछाडि सवार २८ वर्षीय कुशल अर्याल, दुवै जना भरतपुर–२१ निवासी रहेको प्रहरीले जनाएको छ।

टाउकोमा गम्भीर चोट लागेका उनीहरूलाई उपचारका लागि तत्काल भरतपुर अस्पताल पुर्याइए पनि, चिकित्सकले बिहान २ः३५ बजे मृत घोषणा गरेका थिए।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।