Latest News

बालेन र सुदनविरुद्ध जाहेरी दिन अनेरास्ववियुको टोली प्रहरीमा जाँदै

sudan-balen_jb2hUr8ZuP

जेनजी आन्दोलनको क्रममा सरकारी संरचना विध्वंस गरेको दाबी गर्दै नेकपा एमाले निकट अनेरास्ववियुले  हामी नेपालका संयोजक सुदन गुरुङ र काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाह(बालेन) विरुद्ध जाहेरी दिने तयारी गरेको छ ।

अनेरास्ववियुका महासचिव दीपक धामीको नेतृत्वमा जाहेरी दिन  जिल्ला प्रहरी परिसर काठमाडौँमा जान लागेको अनेरास्ववियुका सचिवालय सदस्य तथा उपत्यका इन्चार्ज नितेश लामिछानेले रातोपाटीलाई जानकारी दिए ।