Latest News

नारायणघाट–मुग्लिन सडक खण्ड खुलाईयो, पोखरातर्फ जाने अत्यावश्यक सवारीलाई मात्रै छाडियो

WhatsApp-Image-2025-10-05-at-8.22.29-AM

तुइन खोला र काली खोलाको पहिरो हटाएर नारायणघाट–मुग्लिन सडक खण्ड खुलाईएको छ ।

तनहुँ, गोरखा, पोखरातर्फ जाने अत्यावश्यक सवारी साधनहरुलाई मात्रै पठाउन थालिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिए । बाटो खुलेपछि भरतपुरतर्फ आउने क्रममा मुग्लिनमा रोकिएका सवारी साधन पनि आउन पाएका छन् । धादिङको ज्यामिरेघाटमा पहिरो खसेर बाटो बन्द भएकाले धादिङसहित काठमाडौं जाने सवारी साधन भने पूर्ण रुपमा संचालनमा रोक लगाइएको प्रहरी उपरीक्षक पुरीले बताए । उनका अनुसार तनहुँमा पनि एकतर्फी बाटो खुलेकाले पोखरा जाने ठूला यात्रुबाहक बसलाई भने चितवनमै रोकिएको छ ।

लेन अनुशासन पालना गर्दै रोकिएका सवारी साधनहरुलाई होल्डिङ सेन्टरमै रहन प्रहरीले आग्रह गरेको छ । प्रहरीले अत्यावश्यक बाहेक पोखरातर्फ पनि यात्रा नगर्न अनुरोध गरेको छ । चितवन प्रशासनले जोखिमलाई ध्यानमा राख्दै हिजो साँझ ६ बजदेखि चितवनबाट बाहिरिने र भित्रिने सवारी आवागमनलाई पूर्ण रुपमा बन्द गरेको थियो ।