गयरातिदेखिको लगातार वर्षाले नारायणघाट–मुग्लिन सडक खण्ड एकतर्फी छ ।
तुइन खोलामा विहान पहिरो खसेपछि सवारी रोकिएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख गायत्रीराज शर्माले पहिरो खसेपछि सवारी साधन रोकिएको जानकारी दिएका थिए । निरन्तरको वर्षाले पहिरो हटाउने काम गर्न कठिनाई हुने सडक डिभिजन कार्यालय चितवनका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए । अहिले यो सडक खण्ड एकतर्फी संचालनमा रहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । वर्षाको बेलामा पूर्व सूचना अनुसार सकेसम्म यो बाटो प्रयोग नगर्न आचार्यले आग्रह गरे ।
यस्तै मुग्लिन–नागढुंगा सडक खण्डको धादिङस्थित जवाङ खोला नजिकै खसेको पहिरो हटाई हाल आवागमन सुचारू भैसकेको सडक डिभिजन भरतपुरले जनाएको छ । धादिङको मौवा खोलालगायतका ठाउँमा भने अझै पहिरो हटाइएको छैन ।