यो वर्षको मनसुन बाहिरिने क्रम तत्काललाई रोकिएको मौसमविद्ले बताएका छन् । मनसुन बाहिरिँदै भारतको उत्तराखण्ड, उत्तर प्रदेशसम्म आइपुगेको छ । अब भने कम्तीमा एक साता मनसुन बाहिरिन रोकिने सम्भावना उच्च रहेको जलवायुविज्ञ डा.धर्मराज उप्रेतीले उल्लेख गरेका छन् ।
“अर्थात्, समुद्रमा उत्पन्न नयाँ प्रणालीका कारण मनसुन बाहिरिने क्रम रोकिएको हो । यो कुरा भारत मौसम विभागले हिजो जारी विज्ञप्तिमा उल्लेख्य गरेको छ,” विज्ञ उप्रेतीले सोमबार (असोज १३) दिउँसो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
समुद्रमा उत्पन्न त्यही नयाँ प्रणालीका कारण बडादसैँ टीकाको भोलिपल्ट ९असोज १७०देखि पूर्वी नेपालबाट भारी वर्षा गराउने प्रणाली विकास हुँदै गरेको उनले जनाएका छन् । “असोज १८ देखि असोज २१ सम्म नेपालमा पनि ९वर्षा गराउने प्रणाली० सक्रिय हुने सम्भावना छ,” उनले भनेका छन् ।
भारत मौसम विभागले असोज १७–१९ गतेसम्म सिक्किम, पश्चिम बंगाल, बिहारमा भारी वर्षाको ‘अलर्ट’ जारी गरेको छ । “विभिन्न मोडेलको सूक्ष्म अध्ययन गर्दा नेपालमा भने असोजको १७ गते रातिदेखि कोसी प्रदेशबाट ९वर्षा० प्रवेश गरी असोज १९–२० सम्म लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको तल्लो भागसम्म पुग्ने देखाउँछ । असोजको १५ गतेसम्म अझ स्पस्ट हुनेछ” विज्ञ उप्रेतीले लेखेका छन् ।
नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ हो । यो मितिभन्दा अगाडि वा पछाडि पनि मनसुन बाहिरिन सक्छ । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विषयका सहप्राध्यापक डा। विनोद पोखरेलले पनि उक्त अवधिमा भारी वर्षाको सम्भावना औँल्याएका छन् ।