भारी वर्षा गराउने प्रणाली विकास हुँदैछः मौसम विद

mausam_Jhari_

यो वर्षको मनसुन बाहिरिने क्रम तत्काललाई रोकिएको मौसमविद्ले बताएका छन् । मनसुन बाहिरिँदै भारतको उत्तराखण्ड, उत्तर प्रदेशसम्म आइपुगेको छ । अब भने कम्तीमा एक साता मनसुन बाहिरिन रोकिने सम्भावना उच्च रहेको जलवायुविज्ञ डा.धर्मराज उप्रेतीले उल्लेख गरेका छन् ।

“अर्थात्, समुद्रमा उत्पन्न नयाँ प्रणालीका कारण मनसुन बाहिरिने क्रम रोकिएको हो । यो कुरा भारत मौसम विभागले हिजो जारी विज्ञप्तिमा उल्लेख्य गरेको छ,” विज्ञ उप्रेतीले सोमबार (असोज १३) दिउँसो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

समुद्रमा उत्पन्न त्यही नयाँ प्रणालीका कारण बडादसैँ टीकाको भोलिपल्ट ९असोज १७०देखि पूर्वी नेपालबाट भारी वर्षा गराउने प्रणाली विकास हुँदै गरेको उनले जनाएका छन् । “असोज १८ देखि असोज २१ सम्म नेपालमा पनि ९वर्षा गराउने प्रणाली० सक्रिय हुने सम्भावना छ,” उनले भनेका छन् ।

भारत मौसम विभागले असोज १७–१९ गतेसम्म सिक्किम, पश्चिम बंगाल, बिहारमा भारी वर्षाको ‘अलर्ट’ जारी गरेको छ । “विभिन्न मोडेलको सूक्ष्म अध्ययन गर्दा नेपालमा भने असोजको १७ गते रातिदेखि कोसी प्रदेशबाट ९वर्षा० प्रवेश गरी असोज १९–२० सम्म लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको तल्लो भागसम्म पुग्ने देखाउँछ । असोजको १५ गतेसम्म अझ स्पस्ट हुनेछ” विज्ञ उप्रेतीले लेखेका छन् ।

नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ हो । यो मितिभन्दा अगाडि वा पछाडि पनि मनसुन बाहिरिन सक्छ । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विषयका सहप्राध्यापक डा। विनोद पोखरेलले पनि उक्त अवधिमा भारी वर्षाको सम्भावना औँल्याएका छन् ।

 

ताजा समाचारहरुः

भारी वर्षा गराउने प्रणाली विकास हुँदैछः मौसम विद

देवघाटमा निर्माण गरिएको शवदाह गृह सार्वजनिक–निजी साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी

भारी वर्षा गराउने प्रणाली विकास हुँदैछः मौसम विद

विश्व बाघ दिवसको अवसरमा सौराहामा संरक्षणसम्बन्धी अन्तरक्रिया तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

भारी वर्षा गराउने प्रणाली विकास हुँदैछः मौसम विद

शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने

भारी वर्षा गराउने प्रणाली विकास हुँदैछः मौसम विद

गुरु पूर्णिमाका अवसरमा महाबुद्ध महाविहारमा ८५ स्थविरलाई पञ्चदान, दीपंकर तथागत बुद्धको शोभायात्रा

भारी वर्षा गराउने प्रणाली विकास हुँदैछः मौसम विद

बिपी कोइराला क्यान्सर अस्पतालमा केमो सेवामा चाप, बिरामी पाँच दिन पर्खिन बाध्य

भारी वर्षा गराउने प्रणाली विकास हुँदैछः मौसम विद

चितवन प्रशासनद्वारा आज राति ८ बजेदेखि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द

भारी वर्षा गराउने प्रणाली विकास हुँदैछः मौसम विद

नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा, प्रशासनबाट नै असुरक्षित भएको दाबी