Latest News

वरिष्ठ श्रष्टा पराजुली अभिनन्दित

202509280951-52cb31f8-529e-4895-839d-15e4d7971331_medium

गुरुङ समुदायको श्रीवृद्धिका लागि अतुलनीय योगदान पुर्‍याएवापत् वरिष्ठ श्रष्टा वसन्त पराजुली सम्मानित हुनुभएको छ । उहाँद्वारा रचना गरिएको ‘बखान’ उपन्यासले गुरुङ समुदायको इतिहास, संस्कृति र राजनीतिक भूमिकालाई कलात्मक उजागर गरेको छ । गत भदौमा सो उपन्यास सार्वजनिक भएको थियो ।

सो अवसरमा सम्मानित श्रष्टा पराजुलीले सम्मानप्रति कृतज्ञता प्रकट गर्दै यस्तो सम्मानले आफूलाई आगामी दिनमा थप ऊर्जा प्रदान गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “बखान उपन्यासले गुरुङ संस्कृतिसँगै समग्र नेपाली समाजको जीवन्त चित्रण गरेको छ ।” उपन्यासकार पराजुलीले उपन्यासमार्फत चितवनको विगतलाई केलाउने क्रममा उपन्यासको प्रमुख पात्र बखानसिंहलाई चितवन चिनाउन आवश्यक स्थानहरूको भ्रमण गराइएको प्रसङ्ग पनि सुनाउनुभयो ।

कार्यक्रममा गुरुङ संस्कृतिका ज्ञाता गणेशबहादुर गुरुङले उपन्यासले ऐतिहासिक व्यक्तित्व बखानसिंह गुरुङको जीवनीसँगै व्यक्तित्व चितवनको ऐतिहासिक दस्तावेज भएको चर्चा गर्नुभयो । सो अवसरमा समीक्षक तथा पत्रकार विनोदबाबु रिजालले बखान उपन्यास केवल गुरुङ समुदायका लागि मात्र नभई गैरगुरुङ समुदायका पाठकका लागि पनि केही नयाँ पक्ष उजागर गरेको छ भन्नुभ यो ।

तमु ह्युल छोँज धीँकी अध्यक्ष गुरुङका अध्यक्षतामा भएको कार्यक्रममा तमु ह्युल छोँज धीँका पूर्वअध्यक्ष एवं सल्लाहकार पदमबहादुर गुरुङ, विपश्यना आचार्य एवं लेखक अक्कलध्वज गुरुङ, तमु ह्युल छोँज धीँका केन्द्रीय सदस्य तुलाराम गुरुङ, नारायणसिंह गुरुङलगायतले बखान उपन्यासका विविध पक्षमाथि टिप्पणी गर्नुभएकोे थियो ।

पढ्ने पर्ने उपान्यास बखान भित्र के छ त ?

बखान उपन्यासले विशेष गरेर चितवनको ऐतिहासिक बस्ती विकास, धर्म संस्कृति र ऐतिहासिक कुरालाई जीवन्त रुपमा सरल र सहज भाषामा सुक्ष्म उत्खनन् गरेको छ । साथै गुरुङ संस्कृतिसँगै उपन्यासले थारू, नेवार संस्कृतिलाई आकर्षक रुपमा चित्रण गरेको छ । शिखा प्रकाशनद्वारा प्रकाशित सो उपन्यासले लेखनको परम्परागत शैलीलाई क्रमभंगता गर्दै नयाँ आयाम समेत दिएको छ । रासस