नवलपरासी कारागारमा २२२ कैदीबन्दी फर्किए

images-1-6

‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी कारागारबाट भागेका कैदीबन्दी फर्किने क्रम जारी छ ।

नवलपरासी कारागारमा अहिलेसम्म २२२ कैदीबन्दी फर्किएका कारागारका जेलर विकल श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार गत भदौ २५ गते नवलपरासी कारागारबाट ५४६ कैदीबन्दी भागेका थिए ।

कैदीबन्दीले कारागारलाई आफ्नो नियन्त्रणमा लिएर कारागारबाट भागेका बताउँदै जेलर श्रेष्ठले १७ पुरुष र १२ जना महिला नभागी कारागारमा बसेका जानकारी दिनुभयो । कारागारको स्थिति नियन्त्रणभन्दा बाहिर गएपछि प्रहरीले कैदीबन्दीलाई केही नगरी निस्किन दिएको थियो ।

कैदीहरू यसरी भागेपछि थप सजाय हुनसक्ने सूचना जारी गरी फर्किन अनुरोध गरेसँगै दैनिकजसो कैदीबन्दी कारागारमा फर्किन थालेका उहाँले बताउनुभयो ।

नवलपरासी कारागारबाट भागेका कैदीबन्दीमध्ये ४० जना भारतीय नागरिक रहेका जनाउँदै जेलर श्रेष्ठले एकजना कारागार फर्किसकेका बताउनुभयो । उहाँका अनुसार नवलपरासी कारागारका १३ जना कैदीबन्दी मुलुकका अन्य कारागारमा गएर हाजिर भएका छन् भने अन्य कारागारका छ जना यहाँ आएका छन् ।

केन्द्रीय कारागारबाट भागेका दुई जना मोरक्कोका र एक जना साउथअफ्रिकाका नागरिक (कैदीबन्दी) नवलपरासी कारागारमा रहेका जेलर श्रेष्ठले जानकारी दिनुभयो । रासस

ताजा समाचारहरुः

नवलपरासी कारागारमा २२२ कैदीबन्दी फर्किए

देवघाटमा निर्माण गरिएको शवदाह गृह सार्वजनिक–निजी साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी

नवलपरासी कारागारमा २२२ कैदीबन्दी फर्किए

विश्व बाघ दिवसको अवसरमा सौराहामा संरक्षणसम्बन्धी अन्तरक्रिया तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

नवलपरासी कारागारमा २२२ कैदीबन्दी फर्किए

शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने

नवलपरासी कारागारमा २२२ कैदीबन्दी फर्किए

गुरु पूर्णिमाका अवसरमा महाबुद्ध महाविहारमा ८५ स्थविरलाई पञ्चदान, दीपंकर तथागत बुद्धको शोभायात्रा

नवलपरासी कारागारमा २२२ कैदीबन्दी फर्किए

बिपी कोइराला क्यान्सर अस्पतालमा केमो सेवामा चाप, बिरामी पाँच दिन पर्खिन बाध्य

नवलपरासी कारागारमा २२२ कैदीबन्दी फर्किए

चितवन प्रशासनद्वारा आज राति ८ बजेदेखि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द

नवलपरासी कारागारमा २२२ कैदीबन्दी फर्किए

नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा, प्रशासनबाट नै असुरक्षित भएको दाबी