नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालकी श्रीमतीको देब्रे हात काटिएको छ । भदौ २४ गते भएको जेन-जी आन्दोलनमा आन्दोलनकारीले घरमा आगो लगाएपछि गम्भिर घाइते भएकी नेता खनालकी श्रीमती रविलक्ष्मी चित्रकारको देब्रे हात काटिएको हो ।
त्यसपछि उनको कृतिपुर वन अस्पतालमा उपचार भइरहेको थियो । उपचारका क्रममा हातमा इन्फेक्सन भएपछि चित्रकारको हात काटिएको झलनाथ खनालले बताएका छन् ।