Latest News

नारायणघाट–मुग्लिन सडक खण्ड पुनः अवरुद्ध

548736766_1366198825513552_709444977502242697_n

निरन्तरको वर्षासंगै नारायणघाट–मुग्लिन सडक खण्ड पुनः अवरुद्ध बनेको छ ।

मुग्लिन नजिकै तुइन खोला छेउमा पुनः पहिरो खसेपछि यातायात आवागमन दुईतर्फी नै अबरूद्द भएको हो । सो पहिरो हटाउन मेशिन/उपकरण र प्राविधिकको टोली परिचालन भैसकेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

यसअघि हिजो रातिदेखि नै अवरुद्ध भएको उक्त सडक खण्ड विहान मात्रै संचालनमा आएको थियो ।