Latest News

चितवनमा भोलिदेखि विद्यालय खुल्ने, सार्वजनिक यातायात सञ्चालन हुने

Kathmandu, Nepal - December 7, 2014: The girl in the classroom lesson in the oldest school of Nepal Durbar High School

चितवनमा आइतबारदेखि विद्यालय खुल्ने भएका छन भने सार्वजनिक यातायात नियमित सञ्चालनमा आउने भएका छन । जिल्लाको अवस्था सामान्य हुँदै गएका कारण आइतबारदेखि जिल्लाका सबै विद्यालय र लामो तथा छोटो दुरीका सबै प्रकारका यातायात सञ्चालन हुने भएका हुन । शनिबार सम्पन्न कार्यालय प्रमुखहरूको बैठकले जिल्लालाई पुर्ववत अवस्थामा फर्काउने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालले सुरक्षाका दृटिकोणले तयार भएपछि विद्यालय र यातायात सञ्चालनका लागि अनुरोध गरिएको बताउनुभयो ।

जेनजीको अगुवाईमा भएको आन्दोलन पछिको प्रदर्शनका क्रममा दोस्रो दिन भदौ २४ मा आगजनी,तोडफोड र लुटपाटसमेत भएका कारण जिल्लाभर रातमा कफ्र्यु र दिनभर निषेधाज्ञा लाग्दै आएको थियो । जुन आज बिहानसम्म कायम थियो । आगजनी र तोडफोडले धिकांश सरकारी कार्यालय ध्वस्त जस्तै भएका छन् । स्थानीय तहका कार्यालयको अवस्था पनि क्षतिग्रस्त छन । प्रजिअ अर्यालले सबै कार्यालयबाट भोलि आइतबारबाटै सेवा उपलब्ध गराइने जानकारी दिनुभयो ।

सबै कार्यालयले सम्भव भएसम्मका सेवाहरू उपलब्ध गराउने र सम्भव नहुने कार्यालयको हकमा सोही बमोजिमको प्रभावकारी सूचना सम्प्रेषणको व्यवस्था मिलाउने निर्णय भएको छ, उहाँले भन्नुभयो । सेवा लिन आउनेलाई नम्र र विनयशील रूपमा प्रस्तुत भएर संवाद गर्न पनि प्रशासनले कर्मचारीहरूलाई निर्देशन दिएको छ । उहाँका अनुसार सबैे कार्यालयका परिसर भित्र कर्मचारी अनिवार्य उपस्थित हुनुपर्नेछ । जिल्लाका ७९ स्थानीय तहका कार्यालयसहित ७९ कार्यालयमा क्षति पुगेको छ ।