Day: २१ श्रावण २०८३, बिहीबार १५:२६

नारायणीको बाढीले सुस्तामा जोखिम, बस्ती जोगाउन स्थानीय आफैं मैदानमा

नारायणीको बाढीले सुस्तामा जोखिम, बस्ती जोगाउन स्थानीय आफैं मैदानमा

नवलपरासी, साउन २१- नारायणी नदीमा जलस्तर बढेर बस्तीमा बाढी पस्न थालेपछि पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ का बासिन्दा आफैं अस्थायी तटबन्ध बनाउन थालेका छन् । नारायणीको कटान र पानी थारु टोलतर्फ पस्न थालेपछि स्थानीयले बस्ती जोगाउन बोरामा माटो भरेर पानी छक्ने प्रयास थालेका हुन् । सुस्तामा बाढीको जोखिम कम गर्न गत आर्थिक वर्षमा पक्की तटबन्ध निर्माणमा भारतीय पक्षको अवरोध पछि काम रोकिएको थियो । बाढी पस्ने जोखिम भएको क्षेत्रमा अस्थायी संरचना राखेर भए पनि स्थानीयले नियन्त्रणको प्रयास गरेका हुन् । बुधबार साँझदेखि नै सयौं स्थानीयले श्रमदान गरेर बस्ती जोगाउन जुटेको सुस्ता बचाउ अभियानका प्रवक्ता रबिन्द्र जयसवालले बताए । ‘सुस्तामा तटबन्ध बनाउनका…
Read More
नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

चितवन, साउन २१ – निर्माण सुरु गरेको झण्डै सात वर्षको अवधिमा निकै दुःख दिएको नारायणगढ–बुटवल सडकखण्ड यतिबेला निकै सहज बनेको छ । नारायणगढबाट बुटवल पुग्न सामान्यतया दुई घण्टा मात्रै लाग्ने गरेको छ । त्यसो त कतिपय निजी सवारी चालकहरु एक घण्टा ३० मिनेटमा यो सडक पार गरेको बताउँछन् । गत वर्षमा दाउन्नेको सडकका कारण कतिपयले यही सडकमा रात बिताउनु परेको थियो । वर्षा र चाडपर्वको बेला पूर्वपश्चिम यात्रा गर्नुपर्ने कतिपय पर्वमा घर जान समेत नसकेको पीडा छ । यहाँका ग्याँस उद्योगी विमल कालाखेती गत साता एक घण्टा ३० मिनेटमा बुटवलबाट नारायणगढ अनुभव सुनाउनुहुन्छ । सडक सहज र कतै अवरोध नभएको…
Read More
नारायणी नदीमा बाढी आउने पूर्वानुमान, तटीय क्षेत्रमा सतर्क रहन अनुरोध

नारायणी नदीमा बाढी आउने पूर्वानुमान, तटीय क्षेत्रमा सतर्क रहन अनुरोध

चितवन,साउन २१– नारायणी नदीमा मिसिने त्रिशूली, कालीगण्डकी लगायतका नदीहरूमा बाढी आएका कारण बिहीबार बिहानैदेखि नारायणगढ क्षेत्रमा नारायणी नदीमा तुलनात्मक रूपमा पानीको सतह केही उच्च देखिएको छ । जल तथा ऊर्जा आयोगको सचिवालयले नारायणी नदीको डुबान हुने क्षेत्रमा आज साँझसम्मै सतर्क रहन अनुरोध गर्दै सूचना जारी गरेको छ । आयोगले त्रिशूली, मर्स्याङ्दी, सेतीगण्डकी, कालीगण्डकी लगायतका नदीहरूमा बाढी बढिरहेको र गण्डकी प्रदेशका पहाडी जिल्लामा आज साँझसम्म थप वर्षा हुने पूर्वानुमान रहेको जानकारी दिएको छ । ुत्यसैले नारायणी नदी आसपास डुबान भइरहने ठाउँका बासिन्दा साँझसम्मै सतर्क रहनुहोला, जल तथा ऊर्जा आयोगको सचिवालयले बिहीबार बिहान पाँच बजे नै मोबाइल फोनहरूमा पठाएको एसएमएसमा उल्लेख छ।…
Read More
चितवनसहित  देशका विभिन्न जिल्लामा ९७ जनालाई जग्गाधनी पुर्जा वितरण

चितवनसहित देशका विभिन्न जिल्लामा ९७ जनालाई जग्गाधनी पुर्जा वितरण

काठमाडौँ, साउन २१– भूमि समस्या समाधान समितिले देशका विभिन्न जिल्लामा ९७ जनालाई जग्गाधनी पुर्जा वितरण गरेको छ ।समितिका अनुसार गत जेठ २० गतेदेखि हालसम्म भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासो भएकालाई ११२ कित्ता जग्गाको जग्गाधनी पुर्जा वितरण गरिएको हो । यसअन्तर्गत कूल ७२ हजार ७०६।०६ वर्गमिटर क्षेत्रफल बराबरको जग्गा वितरण भएको छ । लाभग्राहीमध्ये छ जना भूमिहीन दलित, ५८ जना भूमिहीन सुकुमवासी र ३३ जना अव्यवस्थित बसोबासो भएका छन् । भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि गत जेठ १९ गतेको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान समिति गठन गरेको थियो । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा…
Read More
भरतपुरस्थित बिपी क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा सुरु गर्ने तयारी

भरतपुरस्थित बिपी क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा सुरु गर्ने तयारी

चितवन, साउन २१– बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘बोनम्यारो’ रक्तमासी प्रत्यारोपणका लागि आवश्यक भौतिक एवं चिकित्सकीय तयारी थालेको छ । चीन सरकारले भवन निर्माण, उपकरण खरिद र चिकित्सक, नर्सलाई तालिम दिने गरी यो परियोजना अघि बढाएको हो। चिकित्सकका अनुसार शरीरको फ्ल्याट हड्डीभित्र हुने बोनम्यारोमा रातो रक्त कोष आरबिसी, सेतो रक्त कोष डब्लुबिसी र प्लेटलेट्स बन्ने गर्छ। बोनम्यारोको रोग विशेषगरी दुई तरिकाले लाग्छ। एप्लास्टिक एनिमिया र रक्त क्यान्सर वा बोनम्यारो क्यान्सर। यी दुवै रोगले बोनम्यारोको नियमित काममा बाधा ल्याइदिन्छ र बोनम्यारोमा बन्नु पर्ने आरबिसी, डब्लुबिसी र प्लेटलेट्स बन्न पाउँदैन। यस्तो अवस्थामा बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने हुन्छ। बोनम्यारो प्रत्यारोपणमा शरीरको कुनै अङ्ग नै…
Read More
सुनको मूल्य तोलामा आठ हजारले वृद्धि

सुनको मूल्य तोलामा आठ हजारले वृद्धि

काठमाडौँ, साउन २१ – स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु आठ हजारले वृद्धि भई दुई लाख ९६ हजार कायम भएको छ । अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला रु दुई लाख ८८ हजार थियो । यसैगरी, चाँदीको मूल्य प्रतितोला रु ९५ ले बढेर रु चार हजार ५७० पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला रु चार हजार ४७५ मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस चार हजार २६५ र चाँदीको मूल्य प्रतिऔँस ६२ अमेरिकी डलर कायम भएको छ । रासस
Read More