Day: ३० असार २०८१, शनिबार १६:१४

सौराहामा संरक्षण र पर्यटनका लागि डिजिटल बोर्ड

सौराहामा संरक्षण र पर्यटनका लागि डिजिटल बोर्ड

सौराहा । चितवनको पर्यटकीय नगरी सौराहामा वन्यजन्तु संरक्षण र पर्यटनको विकासको लागि डिजिटल बोर्ड राखिएको छ । मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिले दुर्लभ वन्यजन्तु संरक्षणको सन्देश प्रवाह गर्न सौराहा स्थित निकुञ्ज प्रवेशद्वार नजिक डिजिटल बोर्ड राखेको हो । स्थानीय सरकार, चितवन निकुञ्ज र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिसंगको सहकार्यमा ७ लाख ३० हजारको लगानीमा डिजिटल बोर्ड राखिएको मृगकुञ्जका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताए । शुक्रबार उद्घाटन गरिएको उक्त बोर्डमा वन्यजन्तुको महत्व, जोगाउनु पर्ने कारण, संरक्षणको लागि भएका प्रयास सहित निकुञ्ज र वन्यजन्तुले सौराहाको पर्यटनमा खेलेको भूमिकाको बारेमा दृश्य देखाइने छ । डिजिटल बोर्डमा वन, वन्यजन्तु तथा जैविक विविधताको संरक्षणमा सवालहरुमा महत्वपूर्ण सुचना, नीति,…
Read More
सौराहामा बेकरी बनाउने तालिम सुरु

सौराहामा बेकरी बनाउने तालिम सुरु

रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहाका होटल तथा रेष्टुरेन्टमा काम गरिरहेका कामदारहरुका लागि बेकरी बनाउने तालिम सुरु गरिएको छ । रेष्टुरेन्ट एण्ड बार एशोसियसन(रेवान) सौराहाले सपना भिलेज सोसल इम्प्याक्ट र पुम नेदरल्याण्ड संगको सहकार्यमा आयोजना गरेको तालिममा १७ जनाको सहभागिता रहेको रेवानका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए । बछौली माविमा आयोजना गरिएको तालिमको वडा नं ६ का वडाध्यक्ष किरण महतोले उद्घाटन गरेका थिए । सो अबसरमा उनले सौराहाका होटल तथा रेष्टुरेन्टमा खानाको गुणस्तर सुधारको लागि आयोजना गरिएको तालिम फलदायी हुने बताए । रेवानका अध्यक्ष गिरीले काम गरिरहेका कामदारहरुको क्षमता विकास र बेकरी परिकारको गुणस्तरका लागि तालिम आयोजना गरिएको बताए ।…
Read More
भानु जयन्ती : चिसापबाट तीन साहित्यकार पुरस्कृत

भानु जयन्ती : चिसापबाट तीन साहित्यकार पुरस्कृत

रत्ननगर । चितवन साहित्य परिषद्ले तीन जना लेखक तथा साहित्यकारहरुलाई विभिन्न विधामा शनिबार पुरस्कृत गरेको छ । २११औं भानु जयन्तीको अबसरमा चिसापले काठमाडौंका बरिष्ठ लेखक तथा पत्रकार पुरुषोत्तम दाहाल, उदयपुरकी नियात्राकार भवानी खतिवडा र चितवनका कवि तथा सहित्यकार धनराज गिरीलाई सम्मान तथा पुरस्कृत गरेको हो । राजनीतिक विश्लेशक समेत रहेका दाहाललाई चिसाप बामदेव लक्ष्मी साहित्य पुरस्कार २०८१ प्रदान गरिएको छ । नारायणी कलामन्दिरमा आयोजित कार्यक्रममा दाहाललाई ३५ हजार ४५ रुपैया राशीको उक्त पुरस्कार प्रदान गरिएको हो । उदयपुरकी नियात्राकार खतिवडालाई चिसाप खेमलाल साहित्य पुरस्कार २०८० प्रदान गरिएको छ । उनको नियात्राकृति आकाश ओढेको डोल्पाको लागि ५० हजार ४५ रुपैया राशीको…
Read More
त्रिसुलीमा बेपत्ता बस र यात्रुको खोजीकार्य सुरू

त्रिसुलीमा बेपत्ता बस र यात्रुको खोजीकार्य सुरू

चितवन । नारायणगढ–मुग्लिन सडक अन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा हिजो बिहान पहिरोले बगाएपछि त्रिशूली नदीमा बेपत्ता भएका दुई वटा बस र यात्रुको खोजी कार्य आज पनि सुरु गरिएकाे छ । प्रमखु जिल्ला अधिकारी इन्द्रदेव यादवले नेपाल आर्मी, सशस्त्र प्रहरी तथा गाेताखाेर टाेली परिचालन गरिएकाे जानकरी दिनुभयाे ।  ‘पानीको तह र बहाव, धमिलोपना कारण अन्यथा नभएमा हामीले आज आफ्नो सबै सामर्थ्य खोज र उद्धारमा लगाउँछौँ’, उहाँले भन्नुभयाे । उहाँका अनुसार त्रिशूलीमा हराएका बस खोज्न सशस्त्रका चार, नेपाल प्रहरीको एक गरी पाँचवटा मोटरबोट, गोताखोर टोलीलगायत प्रयोग गरिएको छ । हिजो बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ख १५१६ नम्बरको एञ्जल डिलक्स बस…
Read More