व्याडमिन्टनमा सौराहाका होटल व्यवसायीको साथ
रत्ननगर । रत्ननगर वडा नं ३ बेल्सीमा जारी राष्ट्रिय स्तरको व्याडमिन्टन प्रतियोगितामा सौराहाका होटल व्यवसायीहरुले सहयोग गरेका छन् । पूर्वी चितवन स्पोर्ट्स क्लबको आयोजनामा रत्ननगर वडा नं–३, शान्तिचोकस्थित कर्भड हलमा जारी दोसो मेयर कप तथा चौँथो ब्याडमिन्टन प्रतियोगिता सौराहाका होटल व्यवसायीहरुले खेलाडीलाई आवास उपलब्ध गराएर सहयोग गरेको प्रतियोगिताका संयोजक केबल न्यौपानेले जानकारी दिए ।प्रतियोगितामा भाग लिन करिब २०० बढी खेलाडीहरु बाहिरी जिल्लाबाट रत्ननगर आएका छन् । बाहिरी जिल्लाबाट आएका खेलाडीहरुलाई आयोजकले सौराहामा आवास सुविधा उपलब्ध गराएको छ । खेलकुदको माध्यमबाट सौराहाको पर्यटन उकास्ने योजनाका साथ बेल्सीमा आयोजना गरिएको राष्ट्रिय स्तरको व्याडमिन्टनमा भाग लिन आएका खेलाडीहरुलाई आवास सुविधा प्रदान गरिएको सौराहाका…