एक महिना नवित्दै बिग्रियो भरतपुर अस्पतालको एमआरआई मेसिन
चितवन १९ साउन । भरतपुर अस्पतालमा केही साता अगाडि जोडिएको एमआरआई मेसिन बिग्रिएको छ । साउन १६ गते परेको चट्याङका कारण एमआरआई मेसिनको एमप्लिफायर बिग्रिएको हो । जर्मनीमा बनेको सिमेन्स कम्पनीको ‘थ्री टेस्ला ६४ च्यानल’को सो मेसिन गत जेठ २३ गते अस्पतालमा ल्याइएको थियो । अस्पतालमा राम्रोसंग अर्थिङ्ग भए पनि मेसिनमा चट्याङ्गले क्षति गरेको अस्पतालका रेडियोलोजी विभागका प्रमुख डा. केशव पौडेलले बताए । मेडिकल सुपरिटेण्डेन्ट प्राडा. कृष्णप्रसाद पौडेलका अनुसार अस्पतालले असार २५ गतेदेखि एमआरआई सेवा सुरु गरेको थियो । एमआरआई सेवा ४ दिनदेखि बन्द हुँदा बिरामीलाई समस्या पर्न थालेको छ । दैनिक १४-१५ जना बिरामीको एमआरआई हुँदै आएको डा. पौडेलले…