समस्याग्रस्त बाघको व्यवस्थापनपछि घट्यो मानवीय क्षति
चितवन,साउन २६- नेपालमा बाघको सङ्ख्या बढ्दै गए पनि बाघको आक्रमणबाट हुने मानवीय क्षति भने घट्दो क्रममा रहेको पाइएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२६ मा नेपालमा बाघको सङ्ख्या ४२९ पुगेको छ। सन् २०२२ मा नेपालमा बाघको सङ्ख्या ३५५ थियो। चार वर्षको अवधिमा बाघको सङ्ख्या ७४ ले बढेको हो। सबैभन्दा धेरै बाघ पाइने चितवन राष्ट्रिय निकुञ्ज तथा आसपासका वन क्षेत्रमा समेत बाघको सङ्ख्या १२८ बाट बढेर १४५ पुगेको छ। बाघको सङ्ख्या बढे पनि त्यसको तुलनामा मानवीय क्षति भने कम हुँदै गएको तथ्याङ्कले देखाएको छ। आर्थिक वर्ष २०८२/८३ मा नेपालभर बाघको आक्रमणबाट १० जनाको मृत्यु…