लोडसेडिङ र लो–भोल्टेजबारे प्राधिकरणको ध्यानर्कषण

लोडसेडिङ र लो–भोल्टेजबारे प्राधिकरणको ध्यानर्कषण

लोडसेडिङ र लो–भोल्टेजबारे प्राधिकरणको ध्यानर्कषण

रत्ननगर । पूर्वी चितवन उद्योग वाणिज्य तथा पर्यटन व्यवसायी समन्वय समितिले लोडसेडिङ र लो भोल्टेजले समस्या भएको भन्दै नेपाल विद्युत प्राधिकरण रत्ननगर टाँडी वितरण केन्द्रलाई ध्यानर्कषण गराएको छ । लोडसेडिङ र लो भोल्टेजका कारण उद्योग सञ्चालन समस्या भएको भन्दै समन्वयले विद्युत प्रवाहमा विद्यमान समस्या तत्काल सामधान गरेर नियमित विजुली प्रदान गर्न प्राधिकरणलाई ध्यानर्कषण गराएको हो । समन्वय समितिका संयाेजक शंकर गिरीको नेतृत्वमा प्राधिकरण पुगेको टोलीले वितरण केन्द्रका प्रमुख राजेन्द्रकुमार चौधरीलाई ध्यानर्कषण पत्र बुझाएका हुन् । पूर्वी चितवन क्षेत्रमा नेपाल विद्युत प्राधिकरणबाट प्रशारण भई रहेको विद्युत अनियमित तरिकाबाट कुनै पनि समयमा विद्युत जाने आउने भएको र सो क्षेत्रमा उद्योग कल कारखाना…
Read More
चितवन पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

चितवन पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

चितवन, ३२ साउन । चितवन जिल्लालाई पूर्ण खोप जिल्ला सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । जिल्लाका साट वटै पालिकामा घोषणा गरी शुक्रबार जिल्लालाई पूर्ण खोप जिल्ला सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले औपचारिक कार्यक्रमका बीच चितवनलाई पूर्ण खोज सुनिश्चितता जिल्ला घोषणा गर्नुभएको हो । घोषणा सभामा बोल्दै प्रमुख अधिकारीले स्थानीय तह र स्वास्थ्यकर्मीहरुको अथकप्रयासबाट जिल्लालाई पूर्ण खोज सुनिचितता घोषणा गर्न सफल भएको भन्दै राज्यका लागि बलियो मानव पूँजी निर्माण गर्न खोप प्रभावकारी हुने बताउनुभयो । उहाँले तल्लो तहदेखि खोप कार्यक्रम सफल बनाउन भूमिका खेल्ने महिला स्वास्थ्य स्वयंसेविका लगायत स्वास्थ्य क्षेत्रका सम्पूर्ण…
Read More
न्यू स्पिडी आमाविमा मतदान नमुना अभ्यास

न्यू स्पिडी आमाविमा मतदान नमुना अभ्यास

रत्ननगर, साउन ३२ । रत्ननगर १० मा रहेको न्यू स्पिडी आवासीय माध्यमिक विद्यालयका विद्यार्थीले मतदान गरेकाछन् । शुक्रवार विद्यालय परिसरमा स्कुल क्याप्टेन, स्कुल भाइस क्याप्टेन, हाउस क्याप्टेन, क्लास (कक्षा) क्याप्टेन र भाइस क्याप्टेनको निर्वाचन भएको हो । स्कुल क्याप्टेनका लागि २ छात्र र १ छात्रा गरि ३ जना, स्कुल भाइस क्याप्टेनका लागि १ छात्र र ३ छात्रा गरि ४ जना, ब्ल्यु हाउस क्याप्टेनका लागि २ छात्र र ३ छात्रा गरि ५ जना, ब्ल्यु हाउस भाइस क्याप्टेनका लागि ३ छात्र र १ छात्रा गरि ४ जना, एल्लो हाउस क्याप्टेनका लागि २ छात्र र १ छात्रा गरि ३ जना, एल्लो हाउस भाइस…
Read More
प्रेसिडेन्सीका विद्यार्थीलाई उदघोषण तालिम

प्रेसिडेन्सीका विद्यार्थीलाई उदघोषण तालिम

चितवन। भरतपुर १० चितवन स्थित प्रेसिडेन्सी कलेजले कक्षा १२ मा अध्ययनरत बिद्यार्थीहरुका लागि आयोजना गरेको ब्यक्तित्व विकास एवम उदघोषण सम्बन्धी ५ दिने तालिम सम्पन्न भएको छ । बिद्यार्थीहरुको ब्यक्तित्व विकास एवम उदघोषण कलाको विकासका लागि लक्षित गरि आयोजना गरिएको तालिममा ‘बोल मनको कुरा खोल’ नामक उदघोषण सम्बन्धी पुस्तकका लेखक, बरिष्ठ रेडियोकर्मी तथा ब्यक्तित्व बिकास एवम उदघोषण तालिम प्रशिक्षक मनोज पन्तले प्रशिक्षण दिएका थिए । कलेजका प्लस टु संयोजक सरोज खडकाले संयोजन गर्नु भएको सो तालिम कलेजले हरेक वर्ष गर्दै आइरहेको छ। यस्तो किसिमको तालिमले बिद्यार्थीहरुमा आत्मबिश्वाशको भावना बिकास हुने र ब्यक्तित्व बिकासमा समेत टेवा पुग्ने कलेजका प्रिन्सिपल शम्भु क्षेत्रीले बताए।
Read More
प्रेस चौतारीको भवन निर्माणमा बराल र बस्यालबाट १० हजार सहयोग

प्रेस चौतारीको भवन निर्माणमा बराल र बस्यालबाट १० हजार सहयोग

चितवन । प्रेस चौतारी चितवनको भवन निर्माणका लागि क्यान्सर अस्पताल भरतपुरमा बरिष्ठ सहायक पदमा कार्यरत दुई जना युवाहरु कृष्णहरि बराल र राजकुमार बस्यालले आर्थिक सहयोग गरेका छन् । भरतपुर महानगरपालिका–११ बसेनीमा निर्माण हुँदै गरेको चौतारीको भवनका लागि बराल र बस्यालले चौतारी चितवनका अध्यक्ष सुवास पण्डितलाई सो रकम प्रदान गरेका हुन् । प्रेस चौतारीको देशकै पहिलो भवन चितवनमा निर्माण हुनु र त्यसमा आफूहरुले समेत सहयोग गर्न पाउनु खुसीको कुरा भएको भन्दैं दुबै जनाले पहिलादेखि नै सहयोग गर्ने चाहाना राख्दै आएको बताए । बरालले देशकै पहिलो भवन चितवनमा हुनु गौरवको विषय भएको बताए । यस्तैं, बस्यालले भवनले जिल्लाका पत्रकारहरुको संस्थागत विकासमा सहयोग…
Read More
दोश्रो चितवन गोल्डकप अशोज ३ देखि १२ गते सम्म , मुख्य प्रायोजकमा गोल्डेन ईमिनेन्ट।

दोश्रो चितवन गोल्डकप अशोज ३ देखि १२ गते सम्म , मुख्य प्रायोजकमा गोल्डेन ईमिनेन्ट।

चितवन । भरतपुर फुटबल क्लब (बिएफसी) को आयोजनामा असोज ३ गतेदेखि १२ गते सम्म हुने दोश्रो संस्करणको चितवन गोल्डकपको प्रायोजन गोल्डेन ईमिनेन्टले गर्ने भएको छ । आज (बिहीबार) आयोजक बिएफसी र गोल्डेन ईमिनेन्टबीच मुख्य प्रायोजनको सम्झौता भएको हो । सम्झौता पत्रमा क्लबका तर्फबाट संयोजक धुर्व भुसाल र गोल्डेन ईमिनेन्टका तर्फबाट प्रवन्ध निर्देशक प्रकाश रिजालले हस्ताक्षर गरेका हुन् । १० टिमको सहभागिता हुने प्रतियोगितामा संयोजक धुर्व भुसालका अनुसार ए डिभिजन लिग र नेपाल सुपर लिग एनएसएल खेल्ने टोलीहरु सहित मफोसलका चर्चित क्लबहरु सहभागी हुनेछन् । प्रतियोगितामा सहभागी टिमको नाम केही दिनमा सार्वजनिक गरिने भुसालले बताए । प्रतियोगिताका खेलहरु नेपाल प्रहरी शिक्षालय…
Read More
इजरायलद्धारा गाजामा ४० हजार भन्दा बढीको हत्या

इजरायलद्धारा गाजामा ४० हजार भन्दा बढीको हत्या

गाजा  । इजरायलले ४० हजार भन्दा बढी प्यालेस्टाइनीको हत्या गरेको छ । हमास– इजरायल बिच गत अक्टोबर ७ बाट सुरु भएको युद्धमा इजरायलले ४० हजार बढी सर्ब साधारण प्यालेस्टाइनीकाे हत्या गरेको हो  । गाजामा इजरायली सैन्य कारबाहीका कारण ४०,००० भन्दा बढी प्यालेस्टाइनी मारिएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यो संख्या २.३ मिलियन जनसंख्या को १.७ प्रतिशत भन्दा बढी भएको हमासको भनाई छ । हजाराैं प्यालेस्टाइनी जनताको अनाहकमा मृत्युको साथसाथै स्याटेलाइट छवि विश्लेषणका आधारमा गाजाका लगभग ६० प्रतिशत भवनहरू युद्धबाट क्षतिग्रस्त वा नष्ट भएको जनाईएको छ । गत केही महिनामा दक्षिणी सहर रफाहमा सबैभन्दा बढी क्षति भएको इमेजरीले जनाएको छ ।
Read More
मुसहर बस्तीमा खानेपानीको धारा उद्घाटन,मुसहर समुदाय हर्षित

मुसहर बस्तीमा खानेपानीको धारा उद्घाटन,मुसहर समुदाय हर्षित

रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं ७ सिसुवार स्थित रोटरी नमुना मुसहर बस्तीमा निःशुल्क धारा जडान गरिएको छ । आर्थिक अभावका कारण शुद्ध खानेपानी पिउनबाट बन्चित २४ घरघुरीलाई खानेपानीको मिटर सहित धारा जडान गरिएको हो । रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको ५० प्रतिशत, वडा कार्यालयको २५ प्रतिशत, बाघमारा मध्यवर्ती सामुदायिक वनको २५ प्रतिशत र रत्ननगर नगरपालिकाको सामग्री सहयोगमा धारा जडान गरिएको बाघमारा वनका अध्यक्ष जीतु तामाङले जानकारी दिए । रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटा, उपमेयर यादब प्रसाद पाठक, वडाध्यक्ष सजना महतोले सयुक्त रुपमा मुसहर बस्तीमा जडान गरिएको खानेपानीको धारा उद्घाटन गरेका हुन् । कार्यक्रममा रत्ननगर खानेपानीका अध्यक्ष…
Read More
चितवनमा ब्रिज कन्सल्टेन्सीको शाखा उद्घाटन

चितवनमा ब्रिज कन्सल्टेन्सीको शाखा उद्घाटन

चितवन ।  ब्रिज इन्टरनेशनल एजुकेसनल कन्सल्टेन्सी चितवन शाखाको शुभारम्भ भएको छ । बिहिबार एक कार्यक्रमका बिच चितवन शाखाको भरतपुरमा शुभारम्भ गरिएको हो । शैक्षिक परामर्श संघ नेपाल (इक्यान)का केन्द्रिय अध्यक्ष शेषराज भट्टराई र ब्रिजका अध्यक्ष भुवन गिरीले संयुक्त रुपमा रिवन काटेर चितवन शाखाको समुद्घाटन गरे । समुद्घाटनका अवसरमा प्रमुख अतिथि समेत रहेका इक्यान अध्यक्ष भट्टराइले ब्रिज देशकै भरपर्दो कन्सल्टेन्सि मध्य एक भएको बताए । उनका अनुसार ब्रिज इक्यानको आधिकारीक वरिष्ठ सदस्य हो । भट्टराइले कन्सल्टेन्सीको थप उन्नती प्रगतिको कामना गरे । विशिष्ठ अतिथि शैक्षिक एवं राजनीतिक व्यक्तित्व राजेश्वर खनालले कन्सल्टेन्सीहरुको बिचमा ब्रिजले अलग पहिचान बनाउन सफल रहोस भन्दै शुभकमना दिए…
Read More
भरतपुरमा धारामा चिप्लिएर एक बृद्धको मृत्यु

भरतपुरमा धारामा चिप्लिएर एक बृद्धको मृत्यु

चितवन। भरतपुरमा आफ्नै घरको धारामा हात धुन जाने क्रममा चिप्लिएर लडेर एक बृद्धको मृत्यु भएको छ । हिजो बुधबार ८ बजे भरतपुर महानगरपालिका १० स्वस्तिक चोक बस्ने ८५ बर्षिय मुक्तिनाथ सापकोटा धारामा हात धुन जाने क्रममा चिप्लिएर लडेर मृत्यु भएको हो । लडेर घाइते सापकोटाको चितवन मेडिकल कलेजमा उपचारका क्रममा १०ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
Read More