राजधानीमा साढे आठ हजार विद्यार्थीले गरे करिअर कार्निभलको अबलोकन
जनक कार्की, काठमाडौँ । व्यवस्थापन तथा सूचना प्रविधि सम्बन्धी शैक्षिक प्रदर्शनी “करिअर कार्निभल २०२४” राजधानीमा सम्पन्न भएको छ । नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान पारश खड्का र इन्टरनेशनल एजुकेशन प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आईप्यान) का अध्यक्षमा लक्ष्मण केसीले रिबन काटेर करिअर कार्निभलको उद्घाटन गर्नुभएको थियो । इन्ट्रोडक्सन ट्रेड सोज नेपाल र करिअर कन्सल्ट एण्ड इन्ट्रान्स प्रिपिरेसन प्रालिको व्यवस्थापन तथा आयोजनामा राजधानीको दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरमा सञ्चालित करिअर कार्निभलमा प्लस टू पछिको उच्च शिक्षाका लागि प्रतिक्षामा रहेका विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो । प्लस टू पछि स्नातक तहमा कहाँ, कुन विषय लिई पढ्ने भनेर दोधारमा परेका विद्यार्थीको अन्यौलता हटाउन करिअर…