चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयको टोलीद्वारा चार आङ्गिक क्याम्पसको आकस्मिक निरीक्षण
चितवन, भदौ ८– यहाँस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति,‘रजिष्ट्रार’ र ‘डिन सहितको पदाधिकारीको टोलीले विभिन्न चारवटा आङ्गिक क्याम्पसको स्थलगत निरीक्षण एवं समस्याका बारेमा छलफल गरेको छ । विश्वबिद्यालयका उपकुलपति प्राडा ऋषिराम कट्टेलका अनुसार कलेज अफ नेचुरल रिसोर्स म्यानेजमेन्ट सिन्धुली, कटारी, पाख्रिबास र बर्दिबास क्याम्पसमा विश्वविद्यालयको टोली आकस्मिक निरीक्षण गरेको हो । ती चारवटामध्ये कटारीमा वन स्नातक अध्ययन अध्यापन हुन्छ भने तीन वटामा कृषि स्नातक तहको अध्ययन अध्यापन हुन्छ । विद्यार्थी, प्रध्यापक, कर्मचारी र क्याम्पस प्रमुखसँग छुट्टाछुट्टै छलफल गरिएको उपकुलपति प्राडा कट्टेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ ती क्याम्पसको भौतिक पूर्वाधार, गुणस्तरीय शिक्षा, विद्यार्थीको भर्ना, सुशासन, पारदर्शिता, जवाफदेहिता…