नवलपुरमा बस पल्टिँदा २३ जना घाइते
नवलपुर। पूर्व–पश्चिम राजमाार्ग अन्तर्गत नवलपुरको विनयी त्रिवेणी गाउँपालिका वडा नं. १ विनयी खोलामा भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । काठमाडौंबाट भारतको राजस्थान जाँदै गरेको आरजे १४ पीसी ३४४५ नम्बरको बस गएराती करिव २ बजे तिर दुर्घटनामा परेको हो । चालकले नियन्त्रण गुमाई बस पल्टिएर दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ । घाइते सबै राजस्थानका नागरिक हुन । दुर्घटनामा बृजमोहन शर्मा, डाखाँ शर्मा, रामफूल मिना, धनपाल प्रजापति, भुलीदेवी पण्डित, रमेश शर्मा, निर्मलादेवी शर्मा, हनुमान सहाय, मधुरादेवी शर्मा, प्रह्लाद शर्मा, बनवारी लाल शर्मा र मञ्जु शर्मा छन् । त्यस्तै बाबुलाल शर्मा, विष्णु अवतार शर्मा, मनफुली शर्मा,…