समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छः राष्ट्रपति

समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छः राष्ट्रपति

समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छः राष्ट्रपति

वैशाख २४- राष्ट्रपति रामचन्द्र पौडेलले जिम्मेवार प्रेसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझै बलियो बनाउँदै विभिन्न समयमा भएका जनआन्दोलनहरू तथा संघर्षहरूमा नेपाली जनताले प्रकट गरेको सुशासन, विकास, प्रगति र आर्थिक समृद्धिको युगानुकुल चाहनालाई पूरा गर्ने अभियानमा नेपाली प्रेसले अझै प्रभावकारी ढंगले काम गर्ने विश्वास व्यक्त गरेका छन् । सूचना तथा संचार प्रविधि मन्त्रालयद्वारा आयोजित पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपालको राजनीतिक, सामाजिक, सांस्कृतिकलगायतका हरेक परिवर्तनहरूमा नेपाली पत्रकारिता जगतले खेलेको भूमिका उल्लेखनीय रहँदै आएको स्मरण गरेका हुन् । उनले भने, ‘हाम्रो संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूत गरेको हो । संविधानको मर्म र भावनाअनुसार पत्रकारलाई निर्भय र स्वतन्त्रतापूर्वक समाचार सम्प्रेषण गर्ने…
Read More
फेन्सी व्यवसायी संघको राष्ट्रिय भेला चितवनमा हुँदै

फेन्सी व्यवसायी संघको राष्ट्रिय भेला चितवनमा हुँदै

चितवन, वैशाख २४- फेन्सी व्यवसायी संघको राष्ट्रिय भेला चितवनमा हुने भएको छ । राष्ट्रिय स्तरका फेन्सी व्यवसायीको छाता सङ्गठन गठन गर्ने उद्देश्यले जेठ २३ र २४ गते चितवनमा राष्ट्रिय भेला हुने भएको हो। महासंघ निर्माण अभियानका संयोजक तथा फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष श्री राम प्रसाद पौडेलका अनुसार भेलामा देशभरका फेन्सी व्यवसायी संघको सहभागिता हुने छ । जसले फेन्सी व्यवसायलाई व्यवस्थित, एकीकृत र सशक्त बनाउने अपेक्षा संघको रहेको छ । भेलामा महासंघ गठनसम्बन्धी आवश्यक छलफल, विधान निर्माण, सङ्गठनात्मक संरचना तथा भावी कार्य दिशाबारे व्यापक बहस हुने कार्यक्रम रहेको जनाइएको छ। साथै, व्यवसायीहरूका साझा समस्या, बजार व्यवस्थापन, कर प्रणाली तथा व्यवसाय…
Read More
सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ६०० कायम

सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ६०० कायम

वैशाख २४- बुधबारको तुलनामा स्थानीय बजारमा आज पनि सुनचाँदीको भाउ बढेको छ । सुन तोलामा रु एक हजार ८०० र चाँदी रु १०५ ले बढेको हो । हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९६ हजार ८०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ५० मा खरिदबिक्री भएको थियो । गत मङ्गलबार एक तोला छापावाल सुन रु दुई लाख ९१ हजार र त्यति नै परिमाणको चाँदी रु चार हजार ८८० मा किनबेच भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०३ र त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको…
Read More
फेरि चितवन राष्ट्रिय निकुञ्जको प्रमुख संरक्षण अधिकृतमा दिल पुन

फेरि चितवन राष्ट्रिय निकुञ्जको प्रमुख संरक्षण अधिकृतमा दिल पुन

चितवन : चितवन राष्ट्रिय निकुञ्जको प्रमुख संरक्षण अधिकृतमा पुन: दिलबहादुर पुन आउने भएका छन् । प्रमुख संरक्षण अधिकृत रहेका डा.गणेश पन्तलाई मन्त्रालयले विभागमा सरुवा गरेपछि पुनलाई प्रमुख संरक्षण अधिकृतको जिम्मेवारी प्रदान गरिएको हो । शिवपुरी राष्ट्रिय निकुञ्जमा १५ महिना काम गरेका पुन यसअघि झण्डै २० महिना चितवन राष्ट्रिय निकुञ्जको प्रमुख संरक्षण अधिकृत भएर काम गरेका थिए । निकुञ्जका प्रमुख रहेका डा. पन्तले निकुञ्जको आसपासका अतिक्रमित क्षेत्रको बस्ती खाली गराउन सार्वजनिक सूचना जारी गरेका थिए । मन्त्रालयसँग समन्वय नगरेको आरोप उनीमाथि छ । उनलाई चितवन आएको दुई वर्ष पूरा नहुँदै मन्त्रालय तानिएपछि उनको स्थानमा पुन आउने भएका हुन् ।
Read More
डाइभर्सन मर्मतपछि बिपी राजमार्ग एकतर्फी रूपमा सञ्चालन

डाइभर्सन मर्मतपछि बिपी राजमार्ग एकतर्फी रूपमा सञ्चालन

वैशाख २४ – वर्षाका कारण बगाएको डाइभर्सन मर्मतपछि बिपी राजमार्गमा हाललाई सवारी आवागमन सुचारु गरिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले सूचना जारी गर्दै राजमार्ग सञ्चालनमा आए पनि यात्रु तथा चालकलाई लेन अनुशासन कायम गर्न, ट्राफिक नियम पालना गर्न तथा सावधानीपूर्वक यात्रा गर्न आग्रह गरेको छ । साथै सुरक्षासम्बन्धी प्रहरीका सुझाव तथा निर्देशन अनिवार्य रूपमा पालना गर्न समेत अनुरोध गरिएको छ । राजमार्गको अवस्थाबारे थप जानकारी आवश्यक परेमा १०० र १०३ नम्बरमा सम्पर्क गर्न जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । रोशीखोलाले डाइभर्सन बगाउँदा बीपी राजमार्ग ४ दिनदेखि अवरुद्ध थियो ।
Read More
चितवनमा विद्यालय बसको यान्त्रिक र सवारी चालकको स्वास्थ्य परीक्षण सुरु

चितवनमा विद्यालय बसको यान्त्रिक र सवारी चालकको स्वास्थ्य परीक्षण सुरु

चितवन, वैशाख २३– चितवनमा नयाँ शैक्षिक सत्र सुरु भएसंगै विद्यालयहरुको बसको यान्त्रिक परीक्षण र चालकहरुको स्वास्थ्य परीक्षण सुरु गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले बुधबारदेखि भरतपुर गेष्टहाउस चौरमा निःशुल्क यान्त्रिक चेकजाँचसंगै बस चालकको पनि स्वास्थ्य परीक्षणको सुरुवात गरेको हो । प्याब्सन चितवनको सहकार्यमा दुर्घटना न्यूनीकरणका लागि विद्यालय बसको निःशुल्क यान्त्रिक परीक्षणसंगै चालकहरुको पनि स्वास्थ्य परीक्षण सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख अनिल थापाले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो दिन ५५ वटा बसको यान्त्रिक परीक्षण गरिएको छ । ती बसका चालकहरुको भने स्वास्थ्य परीक्षण गरिएको छ । चालकहरुको पुरानो मेडिकल कलेजको प्राविधिक सहयोगमा आँखा, दाँच, मधुमेह…
Read More
भरतपुरमा फोहोरमैला व्यवस्थापनका लागि नीतिनिर्माण गरिदै

भरतपुरमा फोहोरमैला व्यवस्थापनका लागि नीतिनिर्माण गरिदै

भरतपुर,बैशाख २३- भरतपुर महानगरपालिकाका कार्यबाहक नगरप्रमुख चित्रसेन अधिकारीले फोहोरमैला व्यवस्थापन तथा न्यूनीकरण महानगरको पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ । त्यसका लागि महानगरले नीतिनिर्माणको काम अघि बढाएको बताउनुभयो । बिहीवार फोहोरमैला व्यवस्थापन नीतिनिर्माणका लागि आयोजित प्रारम्भिक कार्यशालामा बोल्दै अधिकारीले महानगरपालिकाको टोली फोहोर व्यवस्थापनका विषयमा गम्भीरतापूर्वक लागिपरेको बताउनुभयो । उहाँले दीर्घकालीन रूपमा प्रभावकारी फोहोरमैला व्यवस्थापनका लागि स्पष्ट नीति आवश्यक रहेको उल्लेख गर्नुभयो । भरतपुर महानगरपालिकाको फोहोरमैला व्यवस्थापन महाशाखाका प्रमुख इन्जिनियर बिराट घिमिरेले महानगरका लागि उपयुक्त र प्रभावकारी नीति निर्माणमा लागिएको बताउनुभयो । उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीले फोहोरको बर्गिकरण आवश्यक रहेको भन्दै त्यसका लागि निजी क्षेत्र साथ दिन तयार…
Read More
चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा छ वटा पाटेबाघ मृत फेला

चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा छ वटा पाटेबाघ मृत फेला

चितवन, वैशाख २३ – चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा छ वटा पाटेबाघ मृत फेला परेका छन् । सोमबार निकुञ्ज क्षेत्रको सिजीघाट नजिकबाट अन्दाजी दुई वर्षको भालेबाघ मृत भेटिएसँगै मरेका बाघको सङ्ख्या छ पुगेको हो । बाघको आक्रमणबाट सो बाघ मरेको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष मृत भेटिएका बाघमध्ये दुई वटा भाले, तीन वटा पोथी र एउटाको पहिचान हुन सकेको छैन । मृत भेटिएका बाघमध्ये दुई वटा जुधेर मरेका हुन् । तीन वटा उद्धार गरिराखेको अवस्थामा मरेका हुन् भने एउटा प्राकृतिक कारणले मरेको उहाँले जानकारी दिनुभयो । अघिल्लो गणनाअनुसार यस निकुञ्जमा १२८ वटा…
Read More
नेपालकै ठूलो मल्टिस्पेशलिष्ट ‘सिएमसी काठमाण्डौं अस्पताल’ सञ्चालनको तयारीमा

नेपालकै ठूलो मल्टिस्पेशलिष्ट ‘सिएमसी काठमाण्डौं अस्पताल’ सञ्चालनको तयारीमा

चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको नेतृत्वमा काठमाण्डौंको तीनकुनेमा मल्टिस्पेशलिष्ट ‘सिएमसी काठमाण्डौं अस्पताल’ सञ्चालनको तयारीमा रहेको छ । १२ अर्ब रुपैयाँभन्दा बढी लगानीमा नेपालकै निजी क्षेत्रको ठूलो अस्पताल सञ्चालनको तयारी गरिएको हो । चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा.डा. हरिश्चन्द्र न्यौपानेले सिएमसी काठमाण्डौंको नामबाट आगामी दसैंको घटस्थापनादेखि अस्पताल सञ्चालन गर्ने गरी तयारी गरिएको बताउनुभयो । उहाँले कान्तिपुर हेल्थलाई भन्नुभयो “१७ रोपनी जमिनमा १२ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेर अस्पताल सञ्चालन गर्न लागेका हौं ।” अस्पतालको सञ्चालनको शुरुमा नै भारतको मेदान्त अस्पतालले यसको व्यवस्थापन गर्ने प्रा.डा. न्यौपानेले बताउनुभयो । क्यान्सर सहित मल्टिस्पेशलिष्ट सेवा अस्पतालले दिने छ । उहाँले भन्नुभयो…
Read More
कीर्तिपुरमा दिउँसै हतियार प्रहार गरी एक युवकको हत्या

कीर्तिपुरमा दिउँसै हतियार प्रहार गरी एक युवकको हत्या

२३ वैशाख, काठमाडौं । कीर्तिपुरमा दिउँसै धारिलो हतियार प्रहार गरेर एक युवकको हत्या भएको छ । कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा युवकको हत्या भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार, विपिन घिमिरेमाथि दिउँसो साढे २ बजेको समयमा धारिलो हतियार प्रहार भएको थियो । गम्भीर घाइते भएका उनलाई उद्धार गरेर कीर्तिपुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । प्रहरीका अनुसार साथी–साथीबीच झगडा हुँदा हतियार प्रहार भएको थियो । हतियार प्रहार गर्नेको पहिचान भइसकेको र छिट्टै पक्राउ पर्ने एसपी भट्टराईले बताए । ‘हतियार प्रहार गर्नेका पहिचान भइसकेको छ । चाँडै पक्राउ गर्छौ । हाम्रो टोली खटिरहेको छ’ एसपी भट्टराईले…
Read More