आगामी निर्वाचनमा राप्रपा पहिलो पार्टी बन्नसक्छः अध्यक्ष लिङदेन

आगामी निर्वाचनमा राप्रपा पहिलो पार्टी बन्नसक्छः अध्यक्ष लिङदेन

आगामी निर्वाचनमा राप्रपा पहिलो पार्टी बन्नसक्छः अध्यक्ष लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आगामी निर्वाचनमा राप्रपालाई पहिलो शक्ति बनाउन सकिने बताउनुभएको छ । मंगलवार पार्टी कार्यालयमा आयोजित पार्टी एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राप्रपालाई पहिलो निर्णायक शक्ति बनाएर अघि बढाउनसके भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले सामान्य रुपमा कठिन जस्तो लागे पनि राष्ट्रवादी शक्तिहरु एक भइरहेकाले यो असम्भव नरहेको बताउनु भयो । राप्रपामा समाहित हुने क्रम तिब्र रुपमा बढेर गएको बताउनु भयो । २०६२-२०६३ को राजनीतिक परिवर्तनपछि हामीले बोकेको राजसंस्थाको मुद्दा यतिबेला सबैभन्दा लोकप्रिय अवस्थामा पुगेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘आउने चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पहिलो…
Read More
इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो

इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो

इरानले आफ्ना नागरिकमाथि लगाइएका केही प्रतिबन्धहरू मङ्गलबार आंशिक रूपमा खुकुलो पारेको छ । देशभर फैलिएको रक्तपातपूर्ण विरोध प्रदर्शनपछि पहिलोपटक इरानी नागरिकलाई मोबाइल फोनमार्फत विदेशमा फोन कल गर्न अनुमति दिइएको हो । तर इन्टरनेटमा लगाइएका प्रतिबन्ध भने यथावत् राखिएका छन् र एसएमएस टेक्स्ट सन्देश सेवा अझै पुनः सञ्चालन गरिएको छैन । पछिल्ला दिनहरूमा राज्यविरुद्धको प्रदर्शनका क्रममा कम्तीमा ६४६ जनाको मृत्यु भइसकेको बताइएको छ । इरानीहरूले विदेशमा फोन गर्न सके पनि विदेशबाट इरानभित्र कल गर्न भने सम्भव नभएको राजधानी तेहरानका धेरै नागरिकले एसोसिएटेड प्रेसलाई जानकारी दिएका छन् । प्रतिशोधको डरले नाम नखुलाउने सर्तमा बोलेका साक्षीहरूका अनुसार एसएमएस सेवा अझै बन्द छ र…
Read More
आगामी निर्वाचनमा राप्रपा पहिलो पार्टी बन्नसक्छः अध्यक्ष लिङदेन

आगामी निर्वाचनमा राप्रपा पहिलो पार्टी बन्नसक्छः अध्यक्ष लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आगामी निर्वाचनमा राप्रपालाई पहिलो शक्ति बनाउन सकिने बताउनुभएको छ । मंगलवार पार्टी कार्यालयमा आयोजित पार्टी एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राप्रपालाई पहिलो निर्णायक शक्ति बनाएर अघि बढाउनसके भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले सामान्य रुपमा कठिन जस्तो लागे पनि राष्ट्रवादी शक्तिहरु एक भइरहेकाले यो असम्भव नरहेको बताउनु भयो । राप्रपामा समाहित हुने क्रम तिब्र रुपमा बढेर गएको बताउनु भयो । २०६२-२०६३ को राजनीतिक परिवर्तनपछि हामीले बोकेको राजसंस्थाको मुद्दा यतिबेला सबैभन्दा लोकप्रिय अवस्थामा पुगेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘आउने चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पहिलो…
Read More
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक

नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक

नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको आह्वानमा यही पुस २७ गतेदेखि यहाँ सुरु भएको विशेष महाधिवशेनबाट गठन भएको निर्वाचन समितिले नयाँ नेतृत्व चयनका लागि आज कार्यतालिका सार्वजनिक गरेको छ । विशेष महाधिवेशनको सोमबारदेखि भृकुटीमण्डपमा जारी बन्द सत्रले आजै गठन गरेको निर्वाचन समितिले एक सूचनामार्फत कार्यतालिका सार्वजनिक गरेको हो । निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीकाअनुसार केन्द्रीय नेतृत्व निर्वाचनका लागि आजै राति ९ बजेदेखि १ बजेसम्म मतदानको समय तोकिएको छ । सार्वजनिक कार्यतालिकामा दिउँसो १२ः३० बजे मतदाता नामावली प्रकाशन गर्ने र मतदाता नामावलीमाथिको दाबी विरोध र छानविन १ः३० बजेसम्म तोकिएको छ । त्यस्तै अन्तिम नामावली प्रकाशन दिउँसो २ बजे, उम्मेदवार मनोनयन…
Read More
सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्ने

सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्ने

विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले देशलाई विषम परिस्थितिबाट मुक्त गर्न सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्नेमा जोड दिनुभएको छ । विर्तामोडमा आज पत्रकार सम्मेलन गरेर उहाँले आगामी फागुन २१ गते हुने निर्वाचनमा सबै पक्ष सहभागी हुनुपर्नेमा जोड दिनुभएको हो । ताजा जनादेशको विकल्प नभएको धारणा व्यक्त गर्दै उहाँले आगामी माघ ५ गते आफ्नो कार्यकाल समाप्त हुने बताउनुभयो । तीनवर्षे कार्यकालमा मतदाताको विकासको चाहना पूरा गर्न आफूले हरसम्भव प्रयत्न गरेको बताउनुभयो । रासस
Read More
भरतपुर अस्पतालमा जाडो महिनामा बिरामीको सङ्ख्या हालसम्मको उच्च

भरतपुर अस्पतालमा जाडो महिनामा बिरामीको सङ्ख्या हालसम्मको उच्च

गर्मी महिनामा बिरामी धान्न मुस्किल हुने भरतपुर अस्पतालमा जाडो महिनामा बिरामीको सङ्ख्या हालसम्मको उच्च पुगेको छ । अस्पतालको तथ्याङ्कअनुसार पुस २८ गते एकै दिन तीन हजार ११९ बिरामीले बहिरङ्ग सेवा लिएका हुन् । अस्पतालका स्वास्थ्य बीमा कार्यक्रम इन्चार्ज लिलाधर पौडेलका अनुसार ती बिरामीमध्ये दुई हजार ४७७ स्वास्थ्य बीमाका हुन् भने ६४२ नगदमा सेवा लिने हुन् । बीमाबाट सेवा लिने ७५ प्रतिशत रहेका छन् । विसं २०८१ पुस २८ गते दुई हजार ४७० जनाले सेवा लिएका थिए । त्यतिबेला एक हजार ८०५ स्वास्थ्य बीमाका र ६६५ अन्य रहेका थिए । विसं २०८० मा यो सङ्ख्या दुई हजार ३५७ थियो । त्यसमध्ये…
Read More
पर्वतमा एक लाख २५ हजार ४६६ मतदाता कायम

पर्वतमा एक लाख २५ हजार ४६६ मतदाता कायम

आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि पर्वतमा एक लाख २५ हजार ४६६ मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार पछिल्लोपटक अद्यावधिक गरिएअनुसार उक्त सङ्ख्या कायम भएको हो । त्यसमध्ये महिला मतदाताको सङ्ख्या ६२ हजार ८६५, पुरुष मतदाताको सङ्ख्या ६२ हजार ६०० रहेको छभने अन्य एक जना रहेका छन् । यहाँ २०७९ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कुल मतदाता सङ्ख्या एक लाख २२ हजार ६४९ रहेका थिए । अघिल्लो निर्वाचनभन्दा आगामी निर्वाचनमा दुई हजार ८१७ जना बढी भएका हुन् । कार्यालयका अनुसार कुश्मा नगरपालिकामा ३२ हजार ९४९ र फलेवासमा २४ हजार १६१ मतदाता कायम भएका छन्…
Read More
भारतको हिमाचलमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकै गाउँका ९ नेपालीको मृत्यु

भारतको हिमाचलमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकै गाउँका ९ नेपालीको मृत्यु

आगलागीसँगै ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यानको सिद्धकुमाख गाउँपालिका २ टाकुराका दुई परिवारका ९ जनाको मृत्यु भएको छ । भारतको हिमाचल प्रदेशको सोलान जिल्लाको अर्की भन्ने ठाउँमा उक्त घटना भएको हो । राति सुतेको समयमा अचानक पसलमा आगलागी भएको र पसलमा भएका सिलिन्डर विस्फोट भएको थियो । घटनामा वर्ष ३३ का धनबहादुर विक, उनकी श्रीमती वर्ष ३२ की कविता विक, छोरी राधा विक, रेनुका विक, छोरा राजन विक र वर्ष ४७ का काशिराम विक, वर्ष ३२ की टीका विक, वर्ष १२ की अनु विक र वर्ष ७ का किरण विकको मृत्यु भएको आफन्त प्रेम विकले बताए । उनले धनबहादुर विक र…
Read More

भरतपुरस्थित होटल सिविसीको व्यवस्थापनको जिम्मा अब भारतीय लड्र्सलाई

यहाँस्थित चितवन बिजनेस कम्प्लेक्स होटल प्रालि ९सिविसी० भारतीय चेन होटल लड्र्स इन होटल एन्ड रिसोर्टले व्यवस्थापन गर्ने भएको छ । यस सम्बन्धमा सोमबार साँझ दुई कम्पनीबीच सम्झौता भएको हो । यसबाट नेपालको पर्यटन व्यवसाय थप प्रवद्र्धन हुने जनाइएको छ । भरतपुर महानगरपालिका–१० विमानस्थल अगाडि रहेको सिविसी जिल्लाका अग्रणी व्यवसायीहरुको साझेदारीमा निर्माण गरिएको थियो । सिविसीका कार्यकारी अध्यक्ष दिनुप बराल र रिसोर्टका एसोसिएट भाइस प्रेसिडेन्ट शैलेज एन टेरीबीच सोमबार साँझ सम्झौता भएको हो । सम्झौतासँगै लड्र्स सिविसी प्लाजाका नाममा होटल सञ्चालनमा आएको छ । सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा टेरीले आफूहरुले भारतमा ७० , अमेरिकामा एक र नेपालमा योसहित तेस्रो होटलको व्यवस्थापन गरेको…
Read More
अठार फर्ममा विभागको अनुमगन निरीक्षण

अठार फर्ममा विभागको अनुमगन निरीक्षण

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका विभिन्न १८ फर्ममा निरीक्षण गरी कारबाहीको दायरामा ल्याएको छ । विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीतको गतिविधि गरेको आरोपमा न्यू आर ए इन्टरप्राइजेजलाई रु २० हजार जरिवाना गरेको छ । विभागले विभिन्न पेन्टस कम्पनी, हार्डवेयर पसल तथा निर्माण सामग्री बिक्री गर्ने स्थानमा अनुगमन तथा निरीक्षण गरेको थियो । त्यसमध्ये एकलाई नगद जरिवाना गरेको विभागले अन्य १७ वटालाई भने सुधारात्मक निर्देशन दिएको थियो । विभागले नियमित रुपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै सुधारको अभियान अगाडि बढाएको छ । कालाबजारी नियन्त्रण, वातावरण संरक्षण एवं अन्य सुधारात्मक कारबाही गर्दै आएको थियो । रासस
Read More