मध्यवर्ती क्षेत्रमा पशुचौपाया जोगाउनै मुस्किल
गत बुधबार खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रबाट आएको चितुवाले थलारा गाउँपालिका–८ स्थित कोइरालकोटमा खडकबहादुर सिंहसहित स्थानीयका १० वटा बाख्रा मा¥यो । डाँडाबाघ मध्यवर्ती सामुदायिक वनको ककनेडी घोडिबिन्ना हलाने वन क्षेत्रमा चर्दै गरेको सबै बाख्रा आधा घण्टामै चितुवाको सिकार बने । सोमबार पनि देवस्थली गाउँमा एकैठाउँमा चितुवाले तीन बाख्रा मारेको अवस्थामा फेला परे । घर नजिकै चरिरहेका बाख्रा छोडेको एक घण्टामै मारेको फेला परेका थिए । तीन सातामा अदुकाली, घोडादाउना, दुवाली, कोइरालकोट र देवस्थलीमा मात्रै चितुवाले दुई दर्जनभन्दा बढी पशुचौपाया नोक्सान गरेको थियो । राष्ट्रिय निकुञ्जबाट दशौँ किलोमिटर टाढाको कालापानी बिसौनामा गत वर्ष पनि ठूलो सङ्ख्यामा बाख्राको नोक्सान भएको थियो । थलारा…