तनहुँको ऐनापहरा बस दुर्घटनका मृतकको शव भारत लगियो
चितवन । तनहुँको ऐनापहरामा बस दुर्घटनामा परेर मृत्यु भएकाहरुको शव भारत लगिएको छ । भरतपुर अस्पतालमा शव परीक्षण सकेपछि भारतीय एयरफोर्सको जहाजबाट आज अपरान्ह भरतपुर बिमानस्थलबाट भारत लगिएको हो । मृतक २७ मध्ये २५ जनाको शव जहाजबाट लगिएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेब यादवले जानकारी दिनुभयो । उहाँका अनुसार बसका चालक र सहचालकको शव भने स्थलमार्गबाट गोरखपुरतर्फ लगिएको छ । मृतकको शव लिन भारतकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से पनि भरतपुर आउनुभएको थियो । उहाँपनि सोही जहाज चढेर जानुभएको छ । मृतक यात्रुका शव शुक्रबार रातीनै आबुखैरहनीबाट भरतपुर ल्याइएको थियो । पोखराबाट काठमाडौं जाँदै गरेको भारतीय पर्यटक बोकेको…