वाताबरणीय अपराध नियन्त्रणमा समुदायको साथ खोजिदै

वाताबरणीय अपराध नियन्त्रणमा समुदायको साथ खोजिदै

वाताबरणीय अपराध नियन्त्रणमा समुदायको साथ खोजिदै

रत्ननगर । चितवन सहित पाँच जिल्लामा वन्यजन्तु संरक्षण र वाताबरणीय अपराध नियन्त्रणको लागि समुदायमा आधारित सचेतनामुलक प्रशिक्षण कार्यक्रम सुरु गरिएको छ । चितवनको एक हजार ५०० सहित पाँचवटा जिल्लामा वन्यजन्तु प्रभावित, मध्यवर्ती क्षेत्रमा समुदायमा आधारित संरक्षणमुलक कार्यक्रम सुरु गरिएको हो । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी)को आर्थिक सहयोगमा चितवन, नबलपुर, नबलपरासी, बारा र पर्सा जिल्लामा उक्त कार्यक्रम सञ्चालन गर्ने गरी चितवनबाट सुरु गरिएको संरक्षणकर्मी बसन्तरानाले जानकारी दिए । मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति अन्तर्गतको समुदायमा आधारित चोरी शिकार नियन्त्रण तथा युवा जागरण अभियानका संयोजक राना र संरक्षणकर्मी तथा पत्रकार कोमलचन्द्र भगतको समन्वयमा चितवन सहित पाँच जिल्लामा उक्त कार्यक्रम सञ्चालन गरिने छ…
Read More
अन्तर विद्यालय तीज नृत्य प्रतियोगितामा अवेरनेस इन्टरनेसनल एकेडेमीको उत्कृष्ट प्रस्तुति

अन्तर विद्यालय तीज नृत्य प्रतियोगितामा अवेरनेस इन्टरनेसनल एकेडेमीको उत्कृष्ट प्रस्तुति

काठमाडौं । काठमाडौँ जिल्ला प्याब्सनद्वारा अन्तर विद्यालय स्तरीय तीज नृत्य प्रतियोगितामा अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) उत्कृष्ट तेस्रो विद्यालयको रूपमा पुरस्कृत भएको छ । प्याब्सन अन्तर विद्यालय तीज विशेष नृत्य प्रतियोगिताको एघारौ संस्करण–२०८१ म एआइएले तृतीय स्थान हासिल गर्दै पुरस्कृत भएको हो । उपत्यकाका उत्कृष्ट ७९ विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा एआईएले आफूलाई तृतीय स्थानमा उभ्याउन सफल भएको हो । उपत्याकाबाट ७९ विद्यालयको प्रतियोगितामा उत्कृष्ट तीनमा पर्नु विद्यालय परिवारका लागि गर्वको विषय भएको भन्दै विद्यालयका प्रिन्सिपल बिमल घिमिरेले भन्नुभयो – “प्याब्सन तीजनृत्य प्रतियोगिताको ११ औं संस्करणसम्म आइपुग्दा हाम्रो विद्यालय मात्र त्यस्तो विद्यालय हो, जसले दुईपटक प्रथम र लगभग हरेक वर्ष कुनै न…
Read More
झुवानीमा लागुऔषध  दुर्व्यसन सम्बन्धी सचेतना कार्यक्रम 

झुवानीमा लागुऔषध  दुर्व्यसन सम्बन्धी सचेतना कार्यक्रम 

रत्ननगर । रत्ननगर नगरपालिका वडा -५मा विद्यार्थीलाई लक्षित गरी लागुऔषध दुर्व्यसन सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएक छ। लागुऔषध प्रयोग गर्ने बढीरहेको बेला चितवनको रत्ननगर ५ झुवानीमा रहेको झुवानी माध्यमिक विद्यालयका विद्यार्थी र अभिभावकहरुलाई लागु औषध दुर्व्यसन सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको लायन्स कलव अफ चितवन टाईगर्सका अध्यक्ष गाेकुल पराजुलीले बताए । लायन्स क्लव अफ चितवन टाईगर्स र लायन्स क्लव अफ रत्ननगर लेडिज को सयुक्त आयोजनामा एवं रत्ननगर नगरपालिका वडा नम्बर -५ ,ईलाका प्रहरी कार्यालय रत्ननगर र झुवानी सामुदायिक पुस्तकालयको समन्वयमा भएको कार्यक्रममा  लागु औषध दुर्व्यसन र यसका असर, समाजमा पार्न सक्ने नकरात्मक प्रभावका बारेमा ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख प्रहरी नायब…
Read More
सौराहा लेडिज जेसीजको सप्ताह : विपन्नलाई छात्राबृत्ती, गर्भवतीलाई अण्डा

सौराहा लेडिज जेसीजको सप्ताह : विपन्नलाई छात्राबृत्ती, गर्भवतीलाई अण्डा

सौराहा । सौराहा लेडिज जेसीजले समाज केन्द्रीत कार्यक्रमको आयोजना गरी जेसीज सप्ताह मनाएको छ । यही भदौ १२ गते सुरु भएको सप्ताह अन्तर्गत विपन्न विद्यार्थीलाई छात्राबृत्ती देखि गर्भवती महिलालाई पोष्टिक आहार वितरण लगायतका सामाजिक काम गरी सप्ताह मनाइएको सौराहा लेडिज जेसीज बर्ष २०२४/२५ की अध्यक्ष सुनिता पौडेल घिमिरेले जानकारी दिइन् । झुवानी माविको दृष्टिविहीन इकाइमा रहेका २९ जना बालबालिकालाई भोजन र दुई वटा विपन्न विद्यार्थीलाई छात्राबृत्ती प्रदान गरी सप्ताहको उद्घाटन गरिएको थियो । सप्ताह व्यापी कार्यक्रम अन्तर्गत सौराहा र राप्ती नदी किनारमा सरसफाई, रेवान महिला समुहसंगको सहकार्यमा तीज मिलन कार्यक्रम तथा स्लो स्कुटर रेस प्रतियोगिता गरिएको छ । सौराहा लेडिज…
Read More
स्काइराइडरका दुई विद्यार्थीलाई प्रतिभा सम्मान

स्काइराइडरका दुई विद्यार्थीलाई प्रतिभा सम्मान

रत्ननगर । पूर्वी चितवनको रत्ननगर स्थित स्काइराइडर आवासीय माविका दुई जना विद्यार्थीहरुलाई प्रतिभा सम्मान गरिएको छ । अध्यायनकै शिलशिलामा विभिन्न सामग्रीहरु बनाएर सफल परीक्षण गरेका इशान श्रेष्ठ र सक्षम थापामगरलाई प्रतिभा तथा पुरस्कार प्रदान गरिएको हो । श्रेष्ठ विज्ञान विषय लिएर कक्षा ११ मा र थापामगर व्यवस्थापन विषय लिएर सोही कक्षामा अध्यायनरत विद्यार्थी हुन् । उनीहरुले प्लेन, ड्रोन र हावाबाट पानी तान्ने मोटर बनाएर सफल परीक्षण गरिसकेका छन् । अहिले इसाइकल र मामसे गरेको मान्छेले मोटरसाइकल चलाउन रोक लगाउने हेलमेट बनाएका श्रेष्ठ र थापामगरलाई स्काइराडरले नगर पुरस्कार सहित सम्मान गरेको हो । विद्यालयमा आयोजित एक औपचारिक कार्यक्रमका बीच विद्यालय व्यवस्थापन…
Read More
राप्तीमा तीजको मौलिकता जोगाउन बक्तृत्वकला

राप्तीमा तीजको मौलिकता जोगाउन बक्तृत्वकला

सौराहा । सौराहा लेडिज जेसीजले समाज केन्द्रीत कार्यक्रमको आयोजना गरी जेसीज सप्ताह मनाएको छ । यही भदौ १२ गते सुरु भएको सप्ताह अन्तर्गत विपन्न विद्यार्थीलाई छात्राबृत्ती देखि गर्भवती महिलालाई पोष्टिक आहार वितरण लगायतका सामाजिक काम गरी सप्ताह मनाइएको सौराहा लेडिज जेसीज बर्ष २०२४/२५ की अध्यक्ष सुनिता पौडेल घिमिरेले जानकारी दिइन् । झुवानी माविको दृष्टिविहीन इकाइमा रहेका २९ जना बालबालिकालाई भोजन र दुई वटा विपन्न विद्यार्थीलाई छात्राबृत्ती प्रदान गरी सप्ताहको उद्घाटन गरिएको थियो । सप्ताह व्यापी कार्यक्रम अन्तर्गत सौराहा र राप्ती नदी किनारमा सरसफाई, रेवान महिला समुहसंगको सहकार्यमा तीज मिलन कार्यक्रम तथा स्लो स्कुटर रेस प्रतियोगिता गरिएको छ । सौराहा लेडिज…
Read More
एमालेको नयाँ कमिटी : रत्ननगर १२ मा दंगाल, १५ मा पन्त

एमालेको नयाँ कमिटी : रत्ननगर १२ मा दंगाल, १५ मा पन्त

रत्ननगर । नेकपा एमालेले रत्ननगरका दुई वटा वडामा नयाँ कमिटी गठन गरेको छ । वडा नं १२ र वडा नं १५ मा सम्पन्न वडा अधिवेशनले सर्वसम्मत नयाँ कमिटी गठन गरेको हो । वडा नं १२ मा निर्मला दंगाल र वडा नं कृष्ण पन्तको नेतृत्वमा नयाँ कमिटी गठन गरिएको नगरकमिटीका अध्यक्ष इश्वरीप्रसाद अर्यालले जानकारी दिए । वडा नं १२ वडा कमिटीको अध्यक्षमा दंगला सहित उपाध्यक्षमा सृजना दाहाल, सचिवमा लक्ष्मी घिमिरे, उपसचिवमा बुद्धि रानामगर र संगिता नेपाली तथा सदस्यहरुमा रामचन्द्र कोइराला, श्यामकृष्ण ढकाल, रुपेश अधिकारी, लिला बहादुर लम्साल र सल्लाहकार संयोजकमा डिल्लीप्रसाद भट्टराई चयन भएका छन् । वडा नं १५ वडा कमिटीको…
Read More
‘म उद्यमी’  गीत यूटुव मार्फत सार्वजनिक 

‘म उद्यमी’  गीत यूटुव मार्फत सार्वजनिक 

चितवन । गायिका अञ्जु पन्तको स्वरमा रहेको ‘म उद्यमी’  गीतको म्युजिक भिडियो युट्युव मार्फत सार्वजनिक भएको छ। वीरंजका सफल युवा उद्यमी गणेशप्रसाद लाठको शब्द रहेको उक्त गीतमा चक्रपाणि तिमल्सिनाले संगीत भरेका हुन् । संगीत संयोजन कुमा थापाले  गरेका छन् । अकष्टिक नेपाल स्टुडियोमा रेकर्ड गरिएको गीतका रेकर्डिस्ट दिल सार्की  हुन्  । ध्वनी सम्पादन तथा मास्टरिङ चन्द्र चौधरीले गरेका छन् । गीतको म्युजिक भिडियोमा नुवाकोटकी महिला उद्यमी, नुवाकोट जिल्ला महिला उद्यमी संघकी अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश अन्तर्गत महिला उद्यमी उपसमिति संयोजक समेत रहेकी गीता अमात्यले उद्यमीको मुख्य भूमिका निर्वाह गरेकी छिन् । म्युजिक भिडियोलाई सुब्रत आचार्यले निर्देशन…
Read More
गैँडा चोरी सिकारीमा फरार ३४ जना पक्राउ

गैँडा चोरी सिकारीमा फरार ३४ जना पक्राउ

चितवन – चितवन राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्षमा दुर्लभ एक सिङ्गे गैँडा चोरी सिकारी गरेको अभियोगमा फरार भएका ३४ जनालाई पक्राउ गरेको छ । एक वर्षमा चोरी सिकारीमा संलग्न भएकालाई पक्राउ गरिएको यो ठूलो सङ्ख्या हो । निकुञ्जले गतवर्ष सालकको खपटाको चोरी सिकारी गरेको अभियोगमा छ जनालाई पक्राउ गरेको थियो । यस्तै खाल्डो बनाएर दुई गैँडा मारेको अभियुक्तलाई नौ दिनभित्र पक्राउ गर्न सफल भएको थियो । चोरी सिकारी नियन्त्रण अभियानमा महत्वपूर्ण काम भएको भन्दै निकुञ्जका अधिकारीलाई ज्यानु वसन्तराज मिश्र फाउण्डेसनले रु तीन लाखसहित सम्मान गरेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुन, संरक्षण अधिकृत दिवेश श्रेष्ठ र घडियाल…
Read More
राप्ती नगरपालिकाको नगर सभा :  १ अर्ब १५ करोड बजेट बिनियोजन

राप्ती नगरपालिकाको नगर सभा :  १ अर्ब १५ करोड बजेट बिनियोजन

राप्ती  ।  राप्ती नगरपालिकाको १४ औं नगर सभा आइतबार सम्पन्न भएको छ । असार १० गते हुनुपर्ने सभा जनप्रतिनिधि बिचको विवादका कारण दुई महिना ढिलो गरि आइतबार भएको हो । नगर सभाले चालु आर्थिक बर्ष २०८१।०८२ का लागि एक अर्ब १५ करोड १३ लाख १० हजार बराबरको बजेट ल्याएको छ । सभामा नगर उपप्रमुख देवेन्द्र लामाले चालु आर्थिक बर्षका लागी अनुमानित कुल आयब्यय प्रस्तुत गरेका थिए । उपप्रमुख लामाले पेश गरेको बजेट अनुसार संघीय समानिकरणमा १६ करोड २५ लाख,संघीय राजश्व बाँडफाटमा १४ करोड ७२ लाख, प्रदेश समानीकरणमा १ करोड ७० लाख २४हजार, प्रदेश राजष्ठ बाँडफाटमा ५करोड ८५ लाख ८४ हजार…
Read More