हेर्ने कथाका पात्र ‘प्रकाश तामाङ’ को घर निर्माण सुरु

हेर्ने कथाका पात्र ‘प्रकाश तामाङ’ को घर निर्माण सुरु

हेर्ने कथाका पात्र ‘प्रकाश तामाङ’ को घर निर्माण सुरु

टक्सार । युट्युब च्यानल ‘हेर्ने कथा’ को ‘हराएका वर्षहरु’ का पात्र प्रकाश तामाङका लागि घर निर्माण थालिएको छ । प्रकाशको घर बनाउन शिलान्यास गरिएसँगै निर्माण सुरु भएको हो । भोजपुरको षडानन्द नगरपालिका–१० साम्पाङमा प्रकाशका लागि निर्माण गर्न लागिएको घरको बुधबार शिलान्यास गरिएको थियो । पूर्वमन्त्री एवं सांसद सुदन किराती र भूतपूर्व गोर्खा सैनिक सङ्घ (गेसो)का अध्यक्ष कृष्णकुमार राईसँगै प्रकाशका बुबाआमाले संयुक्तरुपमा नयाँ बन्ने घरको शिलान्यास गरेका थिए। गेसोका अध्यक्ष राईले आफ्नो पूख्यौली सात रोपनी जग्गा प्रकाशलाई घर निर्माण गर्न दिए । करिब रु १५ लाख मूल्य बराबरको जग्गामा प्रकाशका लागि नेकपा (माओवादी केन्द्र) को अगुवाइमा घर बन्न लागेको हो ।…
Read More
स्थानीय सरकारको आगनीमा चेपाङ महिलाले तीज

स्थानीय सरकारको आगनीमा चेपाङ महिलाले तीज

रत्ननगर । सीमान्तकृत चेपाङ समुदायका महिलाहरुले स्थानीय सरकारको आगनीमा तीज मनाएका छन् । रत्ननगर नगरपालिका वडा नं १० ले तीजको दर खाने दिनमा आयोजना गरेको तीज विशेष कार्यक्रममा सोही वडामा बसोबास गर्ने चेपाङ महिलाहरुले तीज मनाएका हुन् । आर्थिक अभावका कारण मुसहर र चेपाङ समुदायका महिलाहरुले खुलेर तीज मनाउदैनन् । तीज सम्पूर्ण नेपाली महिलाहरुको पर्व हो वडाध्यक्ष कलाधर पौडेलले भने तर आर्थिक जोहो गर्न नसकेर चेपाङ समुदायका महिलाहरुले खुलेर तीज मनाएको देखेको छैन् । गाउँका अन्य समुदायको घरघरमा गीत बजाएर नाचगान गर्दा चेपाङ बस्ती सुनसान भएपछि आफुले चेपाङ महिलाहरुलाई लक्षित गरी कार्यक्रम आयोजना गरेको उनले बताए । चेपाङ समुदायका महिलालाई…
Read More
‘स्थिर सरकार गठन गर्न कांग्रेस–एमालेको समीकरण बनेको होः गृहमन्त्री लेखक

‘स्थिर सरकार गठन गर्न कांग्रेस–एमालेको समीकरण बनेको होः गृहमन्त्री लेखक

सुदूरपश्चिम, २० भदौ । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रका आधारभूत मूल्य, मान्यता र समावेशी सिद्धान्तलाई थप मजबुत बनाउन संविधान संशोधन गर्न लागिएको बताउनुभएको छ । धनगढीस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका गृहमन्त्री लेखकले संविधान दश वर्षमा समीक्षा र मूल्याङ्कन गर्नुपर्ने व्यवस्था गरिएको दस्तावेज भएकाले यसको संशोधन गर्नुपर्ने आवश्यकता रहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “मुलुकमा रहेका सबै राजनीतिक दलबीचमा सहमति गरेर संविधान संशोधन गर्नेछौँ ।” विसं २०७९ को निर्वाचन पछिको डेढ वर्षमा पटकपटक समीकरण परिवर्तन भई देखिएको राजनीतिक अस्थिरतासँगै जनतामा छाएको निराशालाई समाधान गर्न कांग्रेस–एमालेको स्थिर समीकरण बनाएर स्थिर सरकार गठन गरिएको गृहमन्त्री…
Read More
आदर्श माविमा लागु औषध दुर्व्यसनी सम्वन्धी कानुनी सचेतना

आदर्श माविमा लागु औषध दुर्व्यसनी सम्वन्धी कानुनी सचेतना

भरतपुर । भरतपुर महानगरपालिका वडा नं २६ स्थित आदर्श मावि दिव्यनगरमा “मानब वेचविखन तथा लागु औषध दुर्व्यसनी सम्वन्धी कानुनी सचेतना कार्यक्रम गरिएको छ । मुस्कान लाइफ ग्रुपले “समाज सुधारका लागि युवाको सक्रियता“ भन्ने नाराका साथ उक्त सचेतनामुलक कार्यक्रम गरेको हो । सो विद्यालयका करिब १०० जना विद्यार्थीहरुलाई ईलाका प्रहरी कार्यालय चनौलीका प्रहरी नायव निरीक्षक तारा प्रकाश रिमालले लागु औषध नियन्त्रणमा भएको प्रयास, त्यसले समाजमा पार्ने प्रभाब र कानुनी प्राबधान लगायतका विषयमा सहजीकरण गरेको ले जानकारी दिए । भरतपूर वडा नं २६ का जनप्रतिनिधी प्रकाश सुवेदी प्रमुख अतिथि रहेको सो कार्यक्रममा विद्यालय प्रध्यानाध्यापक मित्रबन्धु चापागाइँ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषि भण्डारी…
Read More
चेपाङ बालबालिकासंग प्रेस युनियनको दर

चेपाङ बालबालिकासंग प्रेस युनियनको दर

चितवन, २० भदौ । नेपाल प्रेस युनियन चितवनले चेपाङ् बालबालिकालाई दर खुवाएको छ । हरितालिका तिजको अबसरमा युनियनले आज रत्ननगर नगरपालिका वडा नम्बर ११ मा रहेको गामबेशीको चेपाङ् संरक्षण केन्द्रमा रहेका १५० जना बालबालिकालाई लट्टे खुवाएको हो । हरेक चाडपर्बमा मासु भात मात्रै खाने गरेका यहाँका बालबालिकालाई यो परिकार नौलो मानेर खाएका थिए । यस केन्द्रमा ४८ जना छात्रा र १०२ जना छात्रले लस्करै लाईन लागेर दर खाएका थिए । केन्द्रमा शिशु कक्षादेखि स्नातक पढ्नेसम्म रहेका छन् । उनीहरु मध्ये शहीद स्मृति क्याम्पसमा तीन जना, नेपाल माविमा पाँच जना, केन्द्रसँगै रहेको पञ्चतेजज्योति आधारभूत विद्यालयमा ८२ जना र बाँकी पञ्चकन्या मावि…
Read More
‘फलेकसीकाटोका’को सङ्क्रमण देखिएपछि किसान चिन्तित

‘फलेकसीकाटोका’को सङ्क्रमण देखिएपछि किसान चिन्तित

नवलपरासी, २० भदौ। बर्दघाट सुस्ता पश्चिमका किसानले लगाएका केराका बोटमा फलेकसीकाटोका रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित बनेका छन् । फलेकसीकाटोकाको सङ्क्रमणका कारण केराका बिरुवा र पात सुक्दै जाने, फलेका फल पाकेको जस्तो पहेँलो देखिने र विस्तारै सुकेर भुइँमा खस्ने समस्या देखिन थालेको नवलपरासी केरा उत्पादन सङ्घका अध्यक्ष लख्खु यादवले बताउनुभयो । जिल्लाको सुस्ता र प्रतापपुरमा करिब एक हजार छ सय बिघा जग्गामा व्यावसायिक केराखेती हुँदै आएको बताउँदै सुस्ता र प्रतापपुरमा केरा जोन कार्यक्रम सञ्चालन भइरहेको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । प्राविधिक, केरा विज्ञसहितको टोलीले अध्ययन गरी केरामा देखिएको सङ्क्रमण फलेकसीकाटोका नामक किराका कारण लागेको पुष्टि भएको केन्द्रका प्रमुख…
Read More
वीरगञ्जको कृषि औजार कारखानामा नयाँ ‘ट्रान्सफर्मर’ जडान

वीरगञ्जको कृषि औजार कारखानामा नयाँ ‘ट्रान्सफर्मर’ जडान

वीरगञ्ज (पर्सा), २० भदौ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले बुधबार कृषि औजार कारखाना वीरगञ्जमा पाँच सय केभीए क्षमताको विद्युत् ट्रान्सफर्मर जडान गरिदिएको छ । राष्ट्रिय अविष्कार केन्द्रले कृषि कारखानाको व्यवस्थापन र सञ्चालनको जिम्मा लिएसँगै उच्च क्षमताको विद्युत्को अभावले विभिन्न समस्या झेल्नुपरेको बताउँदै आइरहेको थियो । प्राधिकरणले कारखानामा देखिएको विद्युत्को समस्या अन्त्य गर्नका लागि बुधबारदेखि नयाँ ट्रान्सफर्मर जडान गरेर सञ्चालनमा ल्याएको हो । राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले अबदेखि कृषि औजार कारखानाका लागि आवश्यकपर्ने विद्युत्को अभाव नहुने बताउनुभयो । “विगतमा ६५ केभीए क्षमताको विद्युत् अस्थायी लाइनले काम चलाउँदै आइरहेका थियौँ”, उहाँले भन्नुभयो, “अब कारखानाका लागि आवश्यकपर्ने विद्युत्को अभाव…
Read More
निजामती सेवा दिवसका अवसरमा सरसफाइ

निजामती सेवा दिवसका अवसरमा सरसफाइ

गण्डकी, २० भदौ । निजामती सेवा दिवस २०८१ का अवसरमा कर्मचारी मिलन केन्द्र कास्की र जिल्ला प्रशासन कार्यालय कास्कीको संयुक्त संयोजनमा आज पोखराको सहिदचोकसहित आसपासका कार्यालय क्षेत्रमा सरसफाइ गरिएको छ । कार्यक्रमको शुभारम्भ गर्दै गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतले निजामती कर्मचारीले सार्वजनिक सेवा प्रवाहका साथै सामाजिक उत्तरदायित्व बहनगरी काम गर्नुपर्नेमा जोड दिनुभयो । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सरसफाइप्रति समाजमा सचेतना अभिवृद्धिका लागि पनि यस किसिमका कार्यक्रमलाई अघि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । कर्मचारी मिलन केन्द्र कास्कीका अध्यक्ष लोकनाथ आचार्यले केन्द्रको संयोजनमा प्रत्येक महिनाको ५ गते पोखरा क्षेत्रमा सम्पदास्थलमा सरसफाइ गरिँदै आइएको बताउँदै निजामती सेवा दिवसका अवसरमा सहिद चोकसहित आसपासका…
Read More
मामाघरमा भोज खान गएका तीन बालकको पोखरीमा डुबेर मृत्यु

मामाघरमा भोज खान गएका तीन बालकको पोखरीमा डुबेर मृत्यु

महेन्द्रनगर (धनुषा), २० भदौ। धनुषामा मावलीघरमा भोज खान गएका तीन बालकको पोखरीमा डुबेर मृत्यु भएको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर ७ लक्ष्मीनियामा रहेको पोखरीमा डुबेर आज साँझ उनीहरूको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहले जानकारी दिए । मृत्यु हुनेमा १० वर्षीय आदित्यकुमार साह, नौ वर्षीय आयुष साह र १४ वर्षीय सुशान्त साह छन् । मावलीतर्फका हजुरबुबा महावीर साहको घरमा भोज खान पुगेका बालकहरू नजिकैको पोखरीमा पौडी खेल्न जाँदा डुबेको आशंका गरिएको छ । मृतक बालकहरू साहका तीनवटा छोरीका छोरा रहेको बताइएको छ । साँझ करिब ७ः३० बजेतिर पोखरीमा बालकको शव भेटिएको र सबै जना…
Read More
आज तीन प्रदेशका केही स्थानमा भारी वर्षा हुने

आज तीन प्रदेशका केही स्थानमा भारी वर्षा हुने

काठमाडौं,२० भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको मौसम बुलेटिनअनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशको थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी, मधेस र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम…
Read More