प्रेस चाैतारीमा अध्यक्ष बस्नेतलाई पक्राउ गर्न खोजेको भन्दै महासंघकाे आपती

प्रेस चाैतारीमा अध्यक्ष बस्नेतलाई पक्राउ गर्न खोजेको भन्दै महासंघकाे आपती

प्रेस चाैतारीमा अध्यक्ष बस्नेतलाई पक्राउ गर्न खोजेको भन्दै महासंघकाे आपती

काठमाडाैं । प्रेस चाैतारी नेपालका अध्यक्ष गणेश बस्नेतलाई प्रहरीले पक्राउ प्रयास गरेको भन्दै नेपाल पत्रकार महासंघले विरोध गरेको छ। त्यस्तै, प्रेस चौतारी नेपालले पनि बस्नेतमाथि प्रहरीले हस्तक्षेप गरेको भन्दै भर्त्सना गरेको छ। बस्नेतलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बिहीवार अपरान्ह काठमाडौंबाट नियन्त्रणमा लिने प्रयास गरेको थियो। महासंघले यस घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै समाचारप्रति उजुरी या गुनासो सुन्ने निकाय प्रेस काउन्सील भएको उल्लेख गरेको छ। महासंघका महासचिव रोशन पुरीले ‘प्रेस काउन्सिलको क्षेत्राधिकारलाई हस्तक्षेप गर्दै प्रहरीले पत्रकार पक्राउको प्रयास गरिएको यो घटनाले प्रेस स्वतन्त्रतामाथि गम्भीर आघात पुगेको’ उल्लेख गर्दै ‘प्रहरीको यो हस्तक्षेपको कडा शब्दमा निन्दा गरेको’ बताएका छन्। एक महिलाले आफ्नो चरित्र…
Read More
ठूलो झण्डा बोक्ने बुबा चन्द्रकान्तलाई सम्झदैं काँग्रेस

ठूलो झण्डा बोक्ने बुबा चन्द्रकान्तलाई सम्झदैं काँग्रेस

चितवनः बि. सं. २०६२/०६३ को आन्दोलनमा राजधानी काठमाडौंका सडकमा मान्छेको हुलको बिचमा ठूलो झण्डा फहराउँदथ्यो । धेरैका हातमा झण्डा थिए । तिनका बिचमा फहरीएको ठूलो झण्डा बोक्ने व्यक्ति चितवनका चन्द्रकान्त न्यौपाने हुनुहुन्थ्यो । राजतन्त्रको बिरुद्धमा चितवनका सडकमा आन्दोलन चर्काउँदै न्यौपाने थप आन्दोलनका लागि काठमाडौं पुग्नुभएको थियो । त्यतिबेला मात्र होईन बि. सं. २०३६ साल यताका सबै आन्दोलनमा ठूलो झण्डा बोकेर प्रजातन्त्रका लागि उहाँ अनबरत लाग्नुभयो । उहाँका कान्छा छोरा बुद्धिकान्त न्यौपानेका अनुसार बि. सं. २०३६ सालमा बिपि कोईराला क्याम्पाचौरमा आउने कार्यक्रममा तत्कालिन सत्तापक्षले कार्यक्रम बिथोल्न साँडेलाई पेट्रोल छर्किएर छाड्दा साँडेले कुल्चिएर घाईते हुनुभएकी चन्द्रकान्तका आमा हरिमायाँको पछि मृत्यु भएको थियो…
Read More
रत्ननगरमा भोलीदेखि वडालिग फुटबल प्रतियोगिता सुरु हुँदै

रत्ननगरमा भोलीदेखि वडालिग फुटबल प्रतियोगिता सुरु हुँदै

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा भोली शुक्रबारदेखि दोस्रो वडा लिग फुटबल प्रतिगोगिता सुरु हुँदै छ । रत्ननगर नगरपालिकाको आयोजना तथा नगर खेलकुद विकास समितिको समन्वयमा रत्ननगर वडा नं ८ स्थित बाघमारा खेल मैदानमा प्रतियोगिता हुने छ । प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको र भोली मेयर प्रलाद सापकोटाले एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गर्ने खेलकुद विकास समितिका संयोजक तथा वडा नं ८ का वडाध्यक्ष कृष्ण चौधरीले जानकारी दिए । पहिलो वडा लिग प्रतियोगिता पनि गतबर्ष सोही खेलमैदानमा भएको थियो । केही समयपछि हुने रत्ननगर मेयरकप फुटबल प्रतियोगिताका लागि खेलाडी छनोट गर्न र खेलकुदको विकासको लागि प्रतियोगिता आयोजना गरिएको संयोजक चौधरीले बताए…
Read More
रत्ननगर उवासंघमा महिला उद्यमीलाई उद्घोषणकला तालिम सुरु

रत्ननगर उवासंघमा महिला उद्यमीलाई उद्घोषणकला तालिम सुरु

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा महिला उद्यमीहरुको लागि क्षमता अभिवृद्धि तथा उद्घोषणकला तालिम सुरु भएको छ । रत्ननगर उद्योग बाणिज्य संघले उद्यमी महिलाहरुको क्षमता तथा नेतृत्व विकासका लागि दुई दिने तालिम सुरु गरेको हो । उद्यमशिलता विकासमा सक्रिय रहेर सामाजिक संघसंस्थाहरुमा समेत अगुवाई गरिरहेका ६० जना उद्यमी महिलाहरुको तालिममा सहभागिता रहेको छ । उद्घाटन कार्यक्रममा संघका अध्यक्ष शंकर गिरीले महिलाहरुको क्षमता अभिवृद्धि गर्न तथा नेतृत्व विकासको लागि तालिमको आयोजना गरिएको भन्दै महिलाहरुलाई तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्दै उत्कृष्ट र उदाहरणीय बन्नको लागि आग्रह गरे । पत्रकार रामकान्त पौडेलले सहजीकरण गर्ने तालिमको उद्घाटन सत्रमा रत्ननगर उद्योग वाणिज्य संघका महासचिव उपेन्द्र आचार्य,…
Read More
रत्ननगर उवासंघमा बाग्लुङ उवासंघको टोलीलाई स्वागत

रत्ननगर उवासंघमा बाग्लुङ उवासंघको टोलीलाई स्वागत

रत्ननगर । रत्ननगर उद्योग बाणिज्य संघले बाग्लुङ उद्योग बाणिज्य संघको टोलीलाई स्वागत गर्दै व्यवसायिक विकासका बारेमा अन्तर्किया कार्यक्रम गरेको छ । भ्रमणमा निस्किएको बाग्लुङ उवासंघको टोलीलाई स्वागत गर्दै व्यवसाय प्रर्बद्धन र आर्थिक विकासको लागि सहकार्यको प्रस्ताब गरिएको छ । रत्ननगर उबासंघका अध्यक्ष शंकर गिरीले आर्थिक मन्दीका कारण कमजोर बन्दै गएको व्यवसायको विकास र स्थानीय स्तरका आर्थिक विकासको लागि दुई संघ बीचको सहकार्यको प्रस्ताब गरिएको बताए । उनले आर्थिक विकाससंगै व्यवसायिक हक हितका लागि साझा एजेण्डा सहित सहकार्य गर्नुपर्ने, व्यवसायिक संघ संगठनहरुले मात्र मेला महोत्सव गर्न र पर्यटन प्रवद्र्धन गर्नका लागि पर्यटन व्यवसायी बीच समन्वय गरी आकर्षक प्याकेज सहित छुटको व्यवस्था…
Read More
पेवा साकोसको बार्षिकोत्सवमा रक्तदान : ११५ युनिट रगत संकलन

पेवा साकोसको बार्षिकोत्सवमा रक्तदान : ११५ युनिट रगत संकलन

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा बिहीवार आयोजना गरिएको रक्तदान कार्यक्रममा ११५ युनिट रगत संकलन भएको छ । पेवा बचत तथा ऋण सहकारी संस्था लि.को १२औं वार्षिकोत्सवको अवसरमा भएको रक्तदान कार्यक्रममा ३५ जना महिला सहित ११५ जनाले रक्तदान गरेको संस्थाका अध्यक्ष नवराज तिमिल्सिनाले जानकारी दिए । अध्यक्ष तिमिल्सिनाले सहकारीले सामाजिक उत्तरदायित्व बहन गर्दै बार्षिकोत्सवको अबसर पारेर रक्तदान कार्यक्रम आयोजना गरिएको बताए । किराना तथा खाद्य व्यवसायी संघ रत्ननगरको सह आयोजनामा भएको रक्तदान कार्यक्रम वडा नं २ का वडाध्यक्ष राजेन्द्र प्रसाद घिमिरे उद्घाटन गरेका थिए । सो अबसरम उनले विरामीलाई रगत उपलब्धताको विषयमा गुनासोहरु आउने गरेको भन्दै यसमा रक्तसञ्चार केन्द्र सचेत हुनुपर्ने…
Read More
काठमाडौंमा ९६ जनाले पाए हराएका मोटरसाइकल, चोरीमा संलग्न १६ जना पक्राउ

काठमाडौंमा ९६ जनाले पाए हराएका मोटरसाइकल, चोरीमा संलग्न १६ जना पक्राउ

काठमाडौ,२७ भदौ । काठमाडौं उपत्यका भित्रका ९६ जनाले हराएका मोटरसाइकल र स्कुटर फिर्ता पाएका छन्। साउन र भदौको हालसम्म हराएका ९६ वटा मोटरसाइकल फेला पारी धनीलाई फिर्ता दिइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गरेको हो। यस्तै चोरीका १२ वटा दुई पाङ्ग्रे सवारीसाधनसहित चोरीमा सङ्लग्न १६ जनालाई आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाएको कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले जानकारी दिए। उनका अनुसार पाँचमोटरसाइकलमा एउटै नम्बर प्लेट राखेरसमेत चलाइरहेको भेटिएको थियो । चोरीमा सङ्लग्न व्यक्ति पनि पक्राउ परेका छन् । कार्यालयले बुधबार मात्रै २२ वटा हराएका मोटरसाइकल फेला पारी धनीलाई बुझाएको प्रहरी नायब महानिरीक्षक बोहराले…
Read More
गोरखाको सिरानचोकमा दश लाख खर्चेर राधाकृष्ण मन्दिर पुनःनिर्माण

गोरखाको सिरानचोकमा दश लाख खर्चेर राधाकृष्ण मन्दिर पुनःनिर्माण

गोरखा,२७ भदौ । सिरानचोक गाउँपालिका–५, छोप्राकस्थित फौदर गाउँको राधाकृष्ण मन्दिर पुनःनिर्माण भएको छ । गाउँपालिकाको आर्थिक सहयोग र स्थानीयको श्रमदानमा मन्दिरको पुनर्निर्माण सम्पन्न भएको हो । मन्दिर व्यवस्थापन समितिका संयोजक शिवचन्द्र पोखरेलका अनुसार गाउँपालिकाबाट प्राप्त रु १० लाख तथा दुई लाख ५० हजार चन्दाका साथै जनश्रमबाट मन्दिर निर्माण भएको हो । सोही रकममध्येबाट राधाकृष्णको मूर्ति पनि खरिद गरिनेछ । “पुनःनिर्माण गरिएको मन्दिर यस क्षेत्रको सबैभन्दा पुरानो हो,” उहाँले भन्नुभयो, “भूकम्पले क्षतिग्रस्त मन्दिर पुनःनिर्माण नहुँदा धार्मिक अनुष्ठानका लागि हामीलाई समस्या थियो ।”रासस
Read More
भरतपुरको मुख्य बजार क्षेत्रमा पार्किङः जग्गा भाडामा दिन चाहनेलाई सम्पर्कमा आउन आग्रह

भरतपुरको मुख्य बजार क्षेत्रमा पार्किङः जग्गा भाडामा दिन चाहनेलाई सम्पर्कमा आउन आग्रह

चितवन,२७ भदौ । भरतपुर महानगरपालिकाले सेवा प्रदायक संस्थालाई सेवाग्राहीका सवारी साधनको लागि पार्किङको व्यवस्था आफै मिलाउन आग्रह गरेको छ । महानगरले एक सूचना प्रकाशन गरी सरकारी तथा गैरसरकारी कार्यालय, वित्तिय संस्था, अस्पताल तथा व्यवसायीहरुलाई पार्किङको व्यवस्थापन मिलाउन आह्वान गरेको हो । त्यस्तै, मुख्य बजार क्षेत्रमा सशुल्क पार्किङको लागि जग्गा भाडामा दिन चाहनेलाई सम्पर्कमा आउन पनि महानगरले आग्रह गरेको छ । महानगरले आज (बिहीवार) सूचना जारी गरी सशुल्क पार्किङ व्यवस्थापनका लागि जग्गा उपलब्ध गराउन इच्छुक व्यक्ति, फर्म वा संघसंस्थालाई ७ दिनभित्र सम्पर्कमा आउन भनेको हो । आफुले भाडामा दिन चाहेको जग्गाको स्थान, क्षेत्रफल तोकी जग्गाधनी प्रमाणपुर्जा, तिरो तिरेको रसिद, नेपाली नागरिकताको…
Read More
सकियाे रेडक्रसकाे महिला गाेष्ठी

सकियाे रेडक्रसकाे महिला गाेष्ठी

रत्ननगर । नेपाल रेडक्रस सोसाइटी चितवन जिल्ला शाखाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी रत्ननगर उपशाखाको आतिथ्यमा रत्ननगरमा दुई दिने जिल्लास्तरीय महिला गोष्ठी सकिएकाे छ। समापन समारोहको सभाध्यक्ष नेपाली रेडक्रस सोसाइटी रत्ननगर उपशाखाको कार्यवाहक सभापति अनु गौतमले गरेकी थिइन । समापन कार्यक्रमको प्रमुख आतिथ्य जिल्ला शाखाका सभापति हरि प्रसाद पौडेल र विशिष्ट आतिथ्य रतनगर वडा नं ९ का वडा अध्यक्ष अनन्त अधिकारीले गरेका हुन । समापन कार्यक्रममा जिल्ला शाखा चितवनका निवर्तमान सभापती ज्ञानशाली न्यौपाने, जिल्ला उपसभापती सिर्जना अधिकारी, जिल्ला उपसभापति रत्नप्रसाद सापकोटा, जिल्ला सदस्य दिपक खड्का, जिल्ला सदस्य आसन गुरुङ, रेडक्रस सोसाइटी रत्ननगर उपशाखा पूर्व सचिव तथा प्रशिक्षक निता ढकाल, चितवन…
Read More