चितवनमा दुर्गा प्रसाइको अनुमति विपरीत कार्यक्रममा प्रहरी हस्तक्षेप, ३ जना पक्राउ

चितवनमा दुर्गा प्रसाइको अनुमति विपरीत कार्यक्रममा प्रहरी हस्तक्षेप, ३ जना पक्राउ

चितवनमा दुर्गा प्रसाइको अनुमति विपरीत कार्यक्रममा प्रहरी हस्तक्षेप, ३ जना पक्राउ

तोकिएको स्थानमा भन्दा फरक ठाउँमा कार्यक्रम गर्न थालेपछि दुर्गा प्रसाईको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । प्रसाईले भरतपुरको चौविसकोठी चोकमा कार्यक्रम गर्न थालेपछि प्रहरीले हटाउन खोज्दा केहीबेर प्रहरी र प्रसाई पक्षबीच तनावपूर्ण अवस्था सिर्जना भएको थियो । त्यसक्रममा प्रहरीले प्रसाईका ३ जना कार्यकर्तालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्ष रविन्द्र खनालले जानकारी दिए । ‘प्रशासनले स्वीकृति दिएको ठाउँ भन्दा फरक ठाउँमा कार्यक्रम गर्न थालेपछि प्रहरीले हटाउन खोजेको थियो, ३ जनालाई नियन्त्रणमा लिएका छौं’–प्रहरी नायव उपरीक्षक खनालले भने । प्रशासनले दुर्गा प्रसाईलाई केन्द्रीय बस टर्मिनल चोकको एउटा कुनामा कार्यक्रम गर्न अनुमति दिएको थियो । तर प्रसाई पक्षले…
Read More
राष्ट्रिय सभामा प्रधानमन्त्री कार्कीको पहिलो सम्बोधन : तोकिएको समयमा निष्पक्ष निर्वाचन हुन्छ –प्रधानमन्त्री

राष्ट्रिय सभामा प्रधानमन्त्री कार्कीको पहिलो सम्बोधन : तोकिएको समयमा निष्पक्ष निर्वाचन हुन्छ –प्रधानमन्त्री

प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाको बैठकलाई आज पहिलोपटक सम्बोधन गर्दै तोकिएको समयमा स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधि सभाको निर्वाचन हुने विश्वास व्यक्त गर्नुभएको छ । यही माघ ४ गतेदेखि सुरु भएको सभाको १९औँ अधिवेशनअन्तर्गतको पाँचौँ बैठकमा प्रधानमन्त्री कार्कीले सम्बोधन गर्दै सरकारका प्राथमिकताका रूपमा रहेको प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी र सुशासनका क्षेत्रमा भइरहेका कामबारे सदस्यहरूलाई जानकारी गराउनुभयो । उहाँले आफू कुनै शासकीय आकाङ्क्षा बोकेर नभई विषम परिस्थितिमा प्रधानमन्त्री भएकाले तोकिएको सयमा प्रतिनिधि सभाको निर्वाचनबाट बन्ने नयाँ सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्न आफू आतुर रहेको पनि स्पष्ट गर्नुभयो । प्रधानमन्त्री कार्कीले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको अवस्थामा गठित…
Read More
नसर्ने रोगका बिरामी पहिचान गर्न टोलमै पुगेर स्वास्थ्य परीक्षण

नसर्ने रोगका बिरामी पहिचान गर्न टोलमै पुगेर स्वास्थ्य परीक्षण

जिल्लामा नसर्ने रोगका बिरामीको पहिचान गर्न टोलटोलमा पुगेर स्वास्थ्य परीक्षण गर्ने अभियान सञ्चालन गरिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्य शाखाहरूले समन्वय गरेर स्वास्थ्य परीक्षण अभियान सुरु गरेका हुन् । माघमा नसर्ने रोग पहिचान अभियान सञ्चालन गर्ने सङ्घीय सरकारको कार्यक्रमअनुसार जिल्ला र पालिकास्तरमा स्वास्थ्य परीक्षण गर्न थालिएको हो । प्रदेश जनस्वास्थ्य कार्यालयका प्रयोगशाला प्राविधिक तथा नसर्ने रोग सम्पर्क व्यक्ति मीनराज न्यौपानेले बेनी नगरपालिकामा माघ १५ गतेदेखि सुरु भएको अभियान रघुगङ्गा र धवलागिरि गाउँपालिकाले माघ २१ देखि सञ्चालनको तयारी गरेका जानकारी दिनुभयो । “यो अभियानमार्फत ३० वर्षभन्दा बढी उमेर पुगेका हाल कुनै पनि रोगको औषधि सेवन नगरेकाको मधुमेह,…
Read More
राष्ट्रपति पौडेलसँग जापानका विदेश राज्यमन्त्रीको भेटवार्ता

राष्ट्रपति पौडेलसँग जापानका विदेश राज्यमन्त्रीको भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव द्विपक्षीय सम्बन्धको एक कोशेढुङ्गा भएको बताउनुभएको छ । उहाँले नेपालको सामाजिक तथा आर्थिक विकासमा जापान एक महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदार रहेको र नेपालको विकास प्रक्रियामा जापानले महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । जापानको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति पौडेलसँग जापानका विदेश राज्यमन्त्री होरी इवाओले आज यहाँ गर्नुभएको शिष्टाचार भेटका अवसरमा राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गर्नुभएको हो । “जापानले नेपाललाई द्विपक्षीय अनुदान र ऋण, बहुपक्षीय सहायता तथा प्राविधिक सहयोग गर्दै आएको छ जस्ले मानव संसाधन विकास, स्वास्थ्य, कृषि तथा पूर्वाधार विकास, वातावरण संरक्षण, संस्कृति जगेर्नाका क्षेत्रमा उल्लेख्य भूमिका खेलेको…
Read More
पाँच महिनापछि पूर्वगृहमन्त्री जलेको पुर्खौली घरमा

पाँच महिनापछि पूर्वगृहमन्त्री जलेको पुर्खौली घरमा

पूर्वगृहमन्त्री रमेश लेखक जेनजी आन्दोलनको पाँच महिनापछि आज बिहान बेदकोट नगरपालिका–८ मा रहेको पुर्खौली घर पुग्नुभएको छ । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते उहाँको पुर्खौली घर आन्दोलनकारीले आगजनी गरी पूर्णरुपमा नष्ट गरेका थिए । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनका क्रममा पार्टी उम्मेदवारको पक्षमा माहोल बनाउन गृहनगर पुगेका कांग्रेसका नेतासमेत रहनुभएका पूर्वगृहमन्त्री लेखकले जलेको घरको अवस्थाबारे स्थलगत जानकारी लिनुभयो । लेखकको काठमाडौँको नैकापमा रहेको घर, बेदकोट–८ मा रहेको पुर्खौली घर पूर्णरुपमा जलेर नष्ट भएको छ । महेन्द्रनगरस्थित बजारमा रहेको घर मर्मत गरी उहाँ आश्रय लिइरहनुभएको छ । पहिलो पटक पुर्खौली घर पुगेका नेता लेखकले स्थानीयसित साक्षात्कार गर्नुभएको छ । स्थानीयवासीले…
Read More
राष्ट्रपति पौडेलद्वारा जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी गर्न आह्वान

राष्ट्रपति पौडेलद्वारा जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी गर्न आह्वान

राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा व्यापारिक अवसरको खोजीका लागि आह्वान गर्नुभएको छ । उहाँले जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी र व्यापारका लागि हरसम्भव सहयोग प्रदान गर्न नेपाल सरकार कटिबद्ध रहेको विश्वास व्यक्त गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा जापानको टोकियोमा आज आयोजित जापानका व्यापारिक समुदायका सदस्यहरूसँगको अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो आह्वान गर्नुभएको हो । उहाँले नेपाल जापानी निजी क्षेत्रसँग घनिष्ट साझेदारी निर्माण गर्न चाहन्छ भन्नुभयो । “हामीले लगानीमा आकर्षक प्रतिफलका साथै नाफा र पुँजी फिर्तीका लागि सहज प्रक्रियासहितको स्थिर समष्टिगत आर्थिक वातावरण तयार गरेका…
Read More
कञ्चनपुरका सीमसार तथा ताल तलैयाको अस्तित्व सङ्कटमा

कञ्चनपुरका सीमसार तथा ताल तलैयाको अस्तित्व सङ्कटमा

जलवायु परिवर्तन, बढ्दो प्रदूषण र मानवीय अतिक्रमणका कारण कञ्चनपुरका सीमसार क्षेत्र तथा ताल–तलैयाको अस्तित्व सङ्कटमा परेको छ । जैविक विविधताको संरक्षण, जलसन्तुलन र पर्यावरणीय स्थायित्वका आधारस्तम्भका रूपमा रहेका सीमसार क्षेत्र संरक्षण तथा सम्वर्द्धनको अभावमा सङ्कटमा पर्दै गएका हुन् । सीमसार क्षेत्र प्राकृतिक पानी सञ्चित गर्ने थलो मात्र नभई दुर्लभ जलचर, जलपक्षी, माछा, गोही, कछुवा, अजिङ्गर तथा विविध वनस्पतिका लागि सुरक्षित बासस्थानका रूपमा रहेका छन् । यस्ता क्षेत्रले बाढी नियन्त्रण, भू–जल पुनर्भरण, स्थानीय तापक्रम सन्तुलन र जलवायु परिवर्तनको असर न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने गर्छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत विनयकुमार झाले सीमसार क्षेत्रलाई जैविक विविधता सन्तुलनको सूचकका रूपमा ब्याख्या गर्दै…
Read More
कम्बोडिया पठाउने भन्दै रकम ठगी गर्ने लामा पक्राउ

कम्बोडिया पठाउने भन्दै रकम ठगी गर्ने लामा पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कम्बोडिया पठाउने भन्दै लाखौँ रकम ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा पर्सा ठोरी गाउँपालिका–४ का ४१ वर्षीय बविलाल लामा रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “रोजगारीका लागि कम्बोडिया लैजाने भन्दै रु चार लाख ३५ हजार रकम लिई लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाइ सम्पर्कविहीन भएको भन्ने पीडितले दिएको उजुरीका आधारमा पक्राउ गरिएको हो ।” निजलाई काठमाडौँ महानगरपालिका–३ बाट पक्राउ गरी आजै थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, पठाइएको प्रवक्ता कार्कीले बताउनुभयो ।…
Read More
सुनको मूल्य दुई लाख ८६ हजार ६०० रुपैयाँमा झर्यो

सुनको मूल्य दुई लाख ८६ हजार ६०० रुपैयाँमा झर्यो

नेपाली बजारमा सुनको मूल्यमा गिरावट जारी छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार (माघ १९) तोलामा १३ हजार ४०० रुपैयाँले घटेको छ । आज सुनको मूल्य प्रतितोला दुई लाख ८६ हजार ६०० रुपैयाँ कायम भएको छ । आइतबार (माघ १८) सुनको मूल्य तीन लाख रुपैयाँ थियो ।
Read More
चितवनका एकाघरका दाजुभाइले पहिलोपटक पाए आमाको नामबाट नागरिकता

चितवनका एकाघरका दाजुभाइले पहिलोपटक पाए आमाको नामबाट नागरिकता

चितवनका दुई युवाले आमाको नामबाट नागरिकता पाएका छन् । खैरहनी नगरपालिका–५ का निश्चल चौधरी र शङ्कर चौधरीले आमाको नामबाट नागरिकता पाएका हुन् । आमा निशा महतो (चौधरी) को नामबाट दुई युवाले नागरिकता प्राप्त गरेका हुन । उहाँहरुलाई प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नागरिकता प्रदान गर्नुभएको हो । नागरिकता ऐन र नियमावलीमा पछिल्लो संशोधनपछि जिल्लामा पहिलो पटक आमाको नामबाट नागरिकता प्रदान गरिएको हो । उहाँले भन्नुभयो “महतो आँखा नदेख्ने भएकाले कर्मचारीको सक्रियतामा दाजुभाइलाई नागरिकता दिइएको हो ।” बाबुको सम्पर्क नभएकाले आमाले रेखदेख गर्दै आएका छोराछोरीलाई पहिलो पटक नागरिकता दिन पाउँदा आफू र आफ्ना कर्मचारीको टोली हर्षित भएको उहाँले बताउनुभयो । नागरिकता…
Read More