प्रचण्डले नेतृत्व छाड्नुपर्छ: जनार्दन शर्मा
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण पार्टी कमजोर भएको भन्दै उपमहासचिव जनार्दन शर्माले नेतृत्व हस्तान्तरण गर्न प्रस्ताव गरेका छन् । माओवादी केन्द्रको स्थायी कमिटीको बैठकमा उपमहासचिव शर्माले १४ पृष्ठ लामो प्रस्ताव पेश गर्दै प्रचण्डले पार्टीलाई सही ढङ्गले चलाउन नसकेको आरोप लगाएका हुन् । शर्माले अध्यक्ष प्रचण्डको अहिलेसम्मको योगदानलाई स्थापित गर्न वैचारिक काम, सत्ताको नेतृत्व प्रचण्डले नै गर्ने र सङ्गठनको नेतृत्व उहाँले चाहेको व्यक्ति वा पुस्ता हस्तान्तरण गरेर युवालाई दिन माग गरेका छन् । अहिलेको केन्द्रीय कमिटी भङ्ग गरेर प्रचण्डको नेतृत्वमा महाधिवेशन आयोजक समिति बनाएर महाधिवेशनबाटै प्रत्यक्ष चुनावमार्फत नयाँ नेतृत्व चयन गर्न पनि शर्माको माग छ ।…