राप्तीमा डुंगा सञ्चालन टेण्डर प्रक्रिया विवादमा
रत्ननगर । सौराहा स्थित राप्ती नदीमा डुंगा सञ्चालनको लागि निकुञ्जले ठेक्का सम्झौताका लागि आह्वान गरेको टेण्डर प्रक्रिया विवादमा तानिएको छ । निकुञ्जले आह्वान गरेको आठ वटा ठेक्का सम्झौता मध्ये राप्ती नदीको सौराहाघाट देखि दुधौराघाट सम्मको ठेक्का सम्झौताको विषय विवादमा तानिएको हो । निकुञ्जले साउन २१ गते दिउसो १२ बजे सम्मको अन्तिम म्याद राखी निकालेको सुचनाको समयाबधिमा पेश भएका तीन वटा संस्थाले शिलबन्दी दरभाउपत्र पेश गरेका थिए । त्यो ठक्का नखोली निकुञ्जले एक दिनको म्याद थप गरी अर्को सुचना जारी भएपछि शिलबन्दी दरभाउपत्र पेश गरेको चौथो संस्थासंग ठेक्का सम्झौता गरेको बुझिएको छ । सौराहाका व्यवसायी त्रैलोक्य चित्रकार अध्यक्ष रहेका राप्ती जलयात्रा…