सौराहा बचतको साधारण सभा : तीन प्रतिवेदन पारित
रत्ननगर । सौराहा बचत तथा ऋण सहकारी संस्था लि.को मंगलबार २५औं बार्षिक साधारण सभा गरिएको छ । रत्ननगर नगरपालिका वडा नं ६ का वडाध्यक्ष किरण महतो प्रमुख अतिथि रहेको सो कार्यक्रममा संस्थाका अध्यक्ष गंगा गिरीले भावि योजना तथा संस्थाका सचिव पूर्णप्रसाद रिजालले प्रगति प्रतिवेदन, कोषाध्यक्ष छुना रेग्मीले आर्थिक प्रतिवेदन तथा लेखा समिति संयोजक विनोद खनालले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका अध्यक्ष गंगा गिरीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वअध्यक्ष गणेश खतिवडालाई सम्मान गरिएको थियो । सो अबसरमा प्रमुख अतिथि वडाध्यक्ष महतोले सहकारीले विपन्न समुदायको आर्थिक अबस्थामा सुधार आउने गरी उत्पादनशिल क्षेत्रमा लगानी गर्नुपर्ने बताए । उद्घाटन कार्यक्रममा मृगकुञ्ज…