काठमाडौंमा ९६ जनाले पाए हराएका मोटरसाइकल, चोरीमा संलग्न १६ जना पक्राउ
काठमाडौ,२७ भदौ । काठमाडौं उपत्यका भित्रका ९६ जनाले हराएका मोटरसाइकल र स्कुटर फिर्ता पाएका छन्। साउन र भदौको हालसम्म हराएका ९६ वटा मोटरसाइकल फेला पारी धनीलाई फिर्ता दिइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गरेको हो। यस्तै चोरीका १२ वटा दुई पाङ्ग्रे सवारीसाधनसहित चोरीमा सङ्लग्न १६ जनालाई आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाएको कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले जानकारी दिए। उनका अनुसार पाँचमोटरसाइकलमा एउटै नम्बर प्लेट राखेरसमेत चलाइरहेको भेटिएको थियो । चोरीमा सङ्लग्न व्यक्ति पनि पक्राउ परेका छन् । कार्यालयले बुधबार मात्रै २२ वटा हराएका मोटरसाइकल फेला पारी धनीलाई बुझाएको प्रहरी नायब महानिरीक्षक बोहराले…