राजनीतिक व्यक्ति उपकुलपति हुने व्यवस्था अन्त्य गर्नपर्छ : प्रधानमन्त्री कार्की

राजनीतिक व्यक्ति उपकुलपति हुने व्यवस्था अन्त्य गर्नपर्छ : प्रधानमन्त्री कार्की

राजनीतिक व्यक्ति उपकुलपति हुने व्यवस्था अन्त्य गर्नपर्छ : प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले कुलपति पदमा राजनीतिक व्यक्तिहरू रहने व्यवस्थाले विश्वविद्यालयहरूमा राजनीतिक हस्तक्षेप बढ्ने धारणा व्यक्त गर्नुभएको छ । त्रिभुवन विश्वविद्यालयको वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले देशका सबै विश्वविद्यालयको कुलपति प्रधानमन्त्री रहने व्यवस्थालाई हटाएर अनावश्यक राजनीति गर्ने बाटो बन्द गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “असारमा पारित हुनुपर्ने वार्षिक नीति कार्यक्रमका लागि मङ्सिर पर्खनुपर्ने अवस्था आयो, यो राम्रो होइन, विश्वविद्यालयलाई राजनीतिबाट मुक्त बनाउनुपर्छ ।” विश्वविद्यालयहरु पनि शैक्षिक र प्रशासनिक रूपमा मात्रै नभई आर्थिक रूपमा समेत आत्मनिर्भर हुनुपर्नेमा प्रधानमन्त्रीको जोड थियो । “हरेक कुरामा सरकारमाथि भर पर्ने कुराले विश्वविद्यालयलाई स्वायत्त हुन दिँदैन ।”, उहाँले भन्नुभयो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री…
Read More
चितवन सहितका राष्ट्रिय निकुञ्जमा गतवर्ष रोकिएको बाघ गणना आगामी पुस १ गतेदेखि थालिने

चितवन सहितका राष्ट्रिय निकुञ्जमा गतवर्ष रोकिएको बाघ गणना आगामी पुस १ गतेदेखि थालिने

आगामी पुस १ गतेदेखि बाघ गणना थालिने भएको छ । पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना गर्न लागिएको हो । तीन महिना लगाएर बाघ गणना गर्न लागिएको हो । हरेक चार–चार वर्षमा बाघ गणना गरिँदै आएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार पुस, माघ र फागुन गरी तीन महिना लगाएर बाघ गणना गर्न लागिएको हो । उहाँका अनुसार सुरुमा चितवन र पर्सालाई एउटा कम्प्लेक्स बनाएर यहाँबाट गणना थालिने छ । यो कम्प्लेक्समा तीन वटा ब्लक रहने छन् । ती ब्लकभित्र दुई वर्गकिलोमिटर क्षेत्रमा एक जोडी क्यामेरा जडान गरीने छ…
Read More
बौद्धिक अपाङ्गता भएकी किशोरीले ‘विवाह गर्छु’ भनेर हत्ते गरेपछि….

बौद्धिक अपाङ्गता भएकी किशोरीले ‘विवाह गर्छु’ भनेर हत्ते गरेपछि….

सर नमस्कार ! म बोलेको (नाम मर्यादाका लागि गोप्य) । छोरीको पाठेघर निकाली दिनुप¥यो । नेपाल परिवार नियोजन सङ्घ, काठमाडौँ उपत्यका शाखाका वरिष्ठ शाखा प्रबन्धक शरद्कुमार अर्याललाई एक अपरिचित महिलाले फोन गरेर थप सुनाउनुभयो, “छोरीले विवाह गर्छु भनेर हैरान पारिन् । केटा मान्छे देख्नै हुन्न । आकर्षित, लालहित भइहाल्छिन् । लौन पाठेघर नै झिकिदिनुप¥यो । टन्टैसाफ ।” प्रबन्धक अर्यालले ती महिलालाई तत्काल अलि चर्को स्वरमा जवाफ फर्काइदिए, “हुन्न हुन्न म्याम १ म शाखाका साथी शिक्षिकाअर्थात् ‘च्याम्पियन’लाई हजुर कहाँ परामर्शका लागि पठाइदिन्छु, उहाँहरुले के भन्नुहुन्छ, यसपछि के गर्नुपर्छ म सल्लाह दिउँला ।” फरक क्षमता (अपाङ्गता) भएका व्यक्तिलाई यौन तथा प्रजनन स्वास्थ्य…
Read More
सुशासनमार्फत जनतामा आशा जगाउन वर्तमान सरकार केन्द्रित छः मन्त्री घिसिङले

सुशासनमार्फत जनतामा आशा जगाउन वर्तमान सरकार केन्द्रित छः मन्त्री घिसिङले

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले मुलुकमा सुशासनको प्रत्याभूति गराउँदै जनतामा आशा जगाउन वर्तमान सरकार केन्द्रित भएको बताउनुभएको छ । राष्ट्रिय युवा परिषद् र नेपाल विजनेस इन्स्टिच्युटले संयुक्त रुपमा आयोजना गरेको नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०८२ लाई आज सम्बोधन गर्दै उहाँले लामो समयदेखिको आक्रोश र असन्तुष्टि जेनजी आन्दोलनका रूपमा प्रकट भएको बताउनुभयो । “सेवा प्रवाह, सुशासन, विकासमा ‘डेलिभरी’ दिन नसक्दा अहिलेको परिस्थिति सिर्जना भएको हो, राजनीतिक नेतृत्व सही नहुँदासम्म तलसम्म खराब देखिँदो रैछ”, मन्त्री घिसिङले भन्नुभयो । उहाँले मुलुकका राजनीतिक र व्यवस्था परिवर्तन गर्न पुराना राजनीतिक दल र नेता सफल भए पनि परिवर्तनपश्चात समृद्धिको नेतृत्व गर्न चुकेको बताउनुभयो ।…
Read More
चितवनमा मोटरसाइकल दुर्घटना भयावह

चितवनमा मोटरसाइकल दुर्घटना भयावह

चितवनमा भएका जम्मा दुर्घटनाको ६० प्रतिशतभन्दा बढी दुर्घटना मोटरसाइकल भएका छन् । ट्राफिक कार्यालय भरतपुरका अनुसार १०० दुर्घटनामध्ये ६६ वटा दुर्घटना त मोटरसाइकल नै हुने गरेका छन् । मोटरसाइकल बढी दुर्घटना हुनुमा तीव्र स्पीड, ट्राफिक नियमको पालना नहुनु, मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउनुलगायतका कारण देखिन्छन् । चितवनका स्थानीय तहसँग दुर्घटना न्यूनीकरणका कार्यक्रम नै छैनन् । स्थानीय तहले दुर्घटना न्यूनीकरणको सम्पूर्ण जिम्मा ट्राफिक कार्यालयको हो जस्तो गर्छन्, ट्राफिक कार्यालयले सीमित स्रोतसाधनले कति गर्न सकिन्छ त्यति गरिरहेको बताउँछ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार गत साउनदेखि कार्तिकसम्म ३३३ सवारी दुर्घटना भए । तीमध्ये दुई सय एक…
Read More
गीतानगरबाट सुरू भयो तेस्रो चरणको मेयर स्वास्थ्य कार्यक्रम

गीतानगरबाट सुरू भयो तेस्रो चरणको मेयर स्वास्थ्य कार्यक्रम

भरतपुर महानगरपालिकाले मङ्गलबारदेखि तेस्रो चरणको ‘समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम’ भरतपुर–६, गीतानगरबाट सुरू गरेको छ । कार्यक्रमको शुभारम्भ गर्दै महानगर प्रमुख रेनु दाहालले महानगरवासी सामान्य स्वास्थ्य उपचारबाट वञ्चित हुनु नपरोस् भनेर जनताको घरमै पुगेर स्वास्थ्यकर्मी र राज्यका निकायले सेवा दिनुपर्छ भन्ने भावनाका साथ महानगरका सबै वडामा अभियान चलाइएको बताइन् । यस कार्यक्रमअन्तर्गत महानगरभित्रका २९ वटै वडामा ज्येष्ठ नागरिक, अशक्त र अपाङ्गता भएका नागरिकको टोल–टोलमा चिकित्सक र स्वास्थ्यकर्मीको टोली प्रयोगशालासहित घर–घरमै पुगेर जेनरल स्वास्थ्य, प्रजनन स्वास्थ्य र मानसिक तथा पाठेघरको मुखको क्यान्सर परीक्षणलगायतका स्वास्थ्यसेवा उपलब्ध गराउने मेयर दाहालले जानकारी दिइन् । नियमितरुपमा अस्पताल धाउन नसक्ने, व्यस्त जीवनशैलीका कारण स्वास्थ्य जाँचमा पछि परिरहेका…
Read More
छोराको कुटपिटबाट बुवाको मृत्यु

छोराको कुटपिटबाट बुवाको मृत्यु

नवलपरासी पूर्वमा छोराको कुटपिटबाट बुवाको मृत्यु भएको छ। मंगलबार राति पौने १२ बजे नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिका-१ जुगेपानीका ६० वर्षीय रामबहादुर विकलाई उनकै छोरा ३० वर्षीय सन्तकुमार विकले कुटपिट गरेका थिए। जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार घरायसी विवाद र झै-झगडा हुँदा सन्तकुमारले आफ्ना बुवा रामबहादुरलाई मुक्का प्रहार गरी गम्भीर घाइते बनाएका थिए। उनलाई उपचारका लागि मध्यबिन्दु अस्पताल डण्डा लगिएको थियो। अस्पतालका डाक्टरले रामबहादुरलाई गएराति सवा १२ बजे मृत घोषणा गरेको हो। कुटपिट गर्ने सन्तकुमारलाई प्रहरीले नियन्त्रणमा लिइ घटनाको अनुसन्धान गरिरहेको छ।
Read More
शेख हसीनाको अवामी लीगले देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा

शेख हसीनाको अवामी लीगले देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा

बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसीनाको अवामी लीग पार्टीले नोभेम्बर ३० सम्म देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ। गत नोभेम्बर १७ मा इन्टरनेशनल क्राइम्स ट्राइब्युनलले ७८ वर्षीया पूर्व प्रधानमन्त्री शेख हसीना र तत्कालीन गृह मन्त्री असदुज्जमान खान कमाललाई मृत्युदण्ड सजाय सुनाएको थियो। अवामी लीगले आफ्नो अफिसियल ‘एक्स’(पूर्व ट्विटर) ह्यान्डलमार्फत जारी वक्तव्यमा आरोप लगाएको छ कि ट्राइब्युनलको फैसला मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारले रचेको राजनीतिक ‘षड्यन्त्र’ को हिस्सा हो, जसको उद्देश्य हसीना र उनको दललाई आगामी फेब्रुअरीमा हुने आम निर्वाचनबाट ‘बाहिर’ राख्नु हो। पार्टीले ट्राइब्युनललाई ‘अवैध’ भन्दै यसको फैसला अस्वीकार गरेको छ र मोहम्मद युनुसको राजीनामाको माग गरेको छ। अवामी लीगले…
Read More
सुनको मुल्य प्रति तोला ९०० रुपैयाँले वृद्धि

सुनको मुल्य प्रति तोला ९०० रुपैयाँले वृद्धि

स्थानिय बजारमा सुनको मुल्य प्रति तोला ९०० रुपैयाँले वृद्धि भएको छ । छापावाल सुनको मूल्य बुधबार तोलामा २ लाख ४८ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार तोलामा २ लाख ४७ हजार ९०० रुपैयाँ कायम भएको थियो भने सोमबार छापावाल सुनको मूल्य तोलामा २ लाख ४२ हजार ७०० रुपैयाँ कायम भएको थियो । यसैबिच बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा ३ हजार २०० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर ३ हजार २२० रुपैयाँ कायम भएको हो ।
Read More
एनपीएलमा आज चितवन र विराटनगर खेल्दै ? कस्तो होला सन्दीप र कुशलको भिडन्त ?

एनपीएलमा आज चितवन र विराटनगर खेल्दै ? कस्तो होला सन्दीप र कुशलको भिडन्त ?

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार विराटनगर किंग्स र चितवन राइनोज भिड्दैछन्। विराटनगर सन्दीप लामिछाने कप्तान रहेको टिम हो भने चितवनका कप्तान कुशल मल्ल हुन्। यो खेल मंगलबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुँदैछ। तीन खेल खेलिसकेको विराटनगरले लगातार जित निकाल्दै ६ अंक जोडिसकेको छ। दुई खेल मात्र खेलेको चितवनको दुई अंक मात्र छ। यो खेलमा सन्दीप लामिछानेको बलिङ र चितवनका रवि बोपाराको ब्याटिङ हेर्नलायक हुनेछ। यो सिजन दुई खेलमा रवि बोपाराले दुई अर्धशतक हिर्काइसकेका छन् । सन्दीप लामिछाने सर्वाधिक विकेट टेकरको रुपमा शीर्ष स्थानमा छन्। उनले दुई खेल खेल्दा सात विकेट हात पारेका छन्।…
Read More